भ्रममा नपर्न परियार सेवा समाजद्धारा अपिल

काठमाडौँ, २४ कात्तिकः परियार सेवा समाजले संस्थाको बारेमा अनावश्यक प्रचार प्रसार गरिएको भन्दै कहि कतै भ्रममा नपर्न परियार बन्धुहरुमा अपिल गरेको छ ।

 

समाजका अध्यक्ष पूर्वमेजर बलबहादुर सुन्दास र महासचिव अन्जान परियाले आज विज्ञप्ती जारी गरी पाँचौ राष्ट्रिय सम्मेलन भइसके पश्चात पनि केही अराजक व्यक्तिहरुले मिडियाबाजी गर्ने सामाजिक सञ्जालमा समेत संस्थाको बारेमा अनावश्यक प्रचार-प्रसार गर्ने लेटर प्याड र छापको दूरुपयोग गरी परियार समुदायमा भ्रम सिर्जना गर्ने कार्य गरिएको भन्दै भ्रममा नपर्न देशैभरीका सम्पूणर् परियार बन्धुहरुमा अपिल गर्नुभएको हो ।

 

‘संस्थालाई हानी नोक्सानी पुर्याउने सामाजिक सद्भाव भड्काउने संस्थाको हित र विद्यान विपरित कार्य गर्दै हिड्ने र मङ्सिर १ र २ गते राष्ट्रिय सम्मेलन भन्दै अनावश्यक रुपमा अफवाह फैलाई भ्रमित गरिएको प्रति हामी खेत प्रकट गर्दछौँ, सम्पूणर् परियार बन्धुहरुमा कहि कतै भ्रममा नपर्न परियार सेवा समाज हार्दिक अपिल गर्दछ’-विज्ञप्तीमा भनिएको छ ।

 

परियार सेवा समाज केन्द्रित तदर्थ समितिद्धारा आयोजित पाँचौ राष्ट्रिय सम्मेलन यही असोज ५ र ६ गते काठमाडौँको गौशालास्थित ‘सगुन श्री व्याड्क्वेट’ मा समाजका संस्थापक अध्यक्ष ऋषिबाबु परियार संस्थापक पदाधिकारीहरु पूर्व अध्यक्ष हरिशंकर परियार, शम्भु खाती पूर्व पदाधिकारी पूर्वमन्त्री, पूर्व सांसद, पूर्व प्रदेश मन्त्री, सल्लाहकार, समाजका प्रतिष्ठित व्यक्तित्वको सहभागितामा सम्पन्न भइसकेको समेत समाजले प्रष्ट पारेको छ ।

 

सम्मेलनबाट ४२ जिल्ला ७ प्रदेश र केन्द्रिय प्रतिनिधीको उपस्थितीमा राष्ट्रिय सम्मेलन भव्य रुपमा सम्पन्न गरी पूर्वमेजर बलबहादुर सुन्दासको अध्यक्षतामा ७७ सदस्यीय कार्य समिती चयन गरिएको बिज्ञप्तीमा उल्लेख छ ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

रामकृष्ण ढकाल, तृप्ती खड्का गुरुङ्गको युगल स्वरमा “छ माया छपक्कै” सार्वजनिक

रामकृष्ण ढकाल, तृप्ती खड्का गुरुङ्गको युगल स्वरमा “छ माया छपक्कै” सार्वजनिक

वि.सं.२०८२ जेठ ५ सोमवार ०६:५४

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको सूचना अधिकारीमा गणेश विक

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको सूचना अधिकारीमा गणेश विक

वि.सं.२०८२ जेठ ४ आइतवार १२:५५

काठमाडौं, ४ जेठ । पत्रकार गणेश विक नेपाल पत्रकार महासंघ...

लोक दोहोरी ब्यवसायी संघ केन्द्रिय समितीको आयोजनामा “स्वागत तथा भेटघाट कार्यक्रम” सम्पन्न

लोक दोहोरी ब्यवसायी संघ केन्द्रिय समितीको आयोजनामा “स्वागत तथा भेटघाट कार्यक्रम” सम्पन्न

वि.सं.२०८२ जेठ ४ आइतवार ०५:५४

काठमाडौं। जेठ ३ गतेका दिन "लोक दोहोरी ब्यवसायीहरुको एक्यबद्धता, कला...

गायक एबं संगीतकार गोबिन्द मधुर आचार्यको नयाँ गीत “केलाई हतार” सार्वजनिक

गायक एबं संगीतकार गोबिन्द मधुर आचार्यको नयाँ गीत “केलाई हतार” सार्वजनिक

वि.सं.२०८२ जेठ २ शुक्रवार ०९:३५

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

दशक पत्रकारिता सम्मानद्धारा सबिता पोखरेल नगद रु ११,१११/- सहित सम्मानित

दशक पत्रकारिता सम्मानद्धारा सबिता पोखरेल नगद रु ११,१११/- सहित सम्मानित

वि.सं.२०८२ जेठ १ बिहीवार ०५:४३

काठमाडौं । तेस्रो संस्करणको राष्ट्रिय संगीत अवार्ड २०८२ भव्य रुपमा...

रमेश रोकाको नयाँ गीत “स्वर्ग” सार्वजनिक

रमेश रोकाको नयाँ गीत “स्वर्ग” सार्वजनिक

वि.सं.२०८२ जेठ १ बिहीवार ०५:२६

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...