“प्रथम स्टार म्युजिक एण्ड फिल्मस अवार्ड – २०७८” को फर्म खुल्ला

काठमाडौँ । रिबिसु मिडियाले स्टार म्युजिक एण्ड फिल्मस अवार्ड २०७८ आयोजना गर्ने भएको भएको छ । भदौ २३ गतेका दिन पत्रकार सम्मेलन गरी सो अवार्ड कार्यक्रम हुने घोषणा गरिएको हो ।

अवार्ड ८४ बिधामा गर्न लागिएको र अवार्डको लागि भाद्र २४ देखी असोज ५ गतेसम्म फारम खुल्ला रहने छ । आयोजक टिमका अनुसार फिल्मका निर्देशक, कलाकार, प्राविधिक साथै सांगीतिक र चलचित्र क्षेत्रमा विशिष्ट योगदान दिनेहरुलाई प्रोत्साहन र सम्मान गरिनेछ ।

अवार्डमा दुई दशक भन्दा लामो समय बिताएका एक श्रष्टालाई नगद सहित लाइफटाइम एचिभमेन्ट अवार्ड द्धारा सम्मान गरिने आयोजक पक्षले जनाएको छ । कोरोनाको महामारीले सुस्ताएको गीत संगीत र त्यस सँग सम्बन्धित सबै पक्षलाई समिटेर यस अवार्ड गर्न लागिएको गर्न लागिएको र यस क्षेत्रमा योगदान पुर्याउनुहुने सबैलाई सम्मान, हौसला, प्रेरणा साथै अवार्ड समेत प्रदान गरिने रिबिसु मिडियाका अध्यक्ष विवेक लोप्चनले बताए । अध्यक्ष लोप्चनले समाजमा विशेष योगदान दिदै आएका व्यक्तीहरुलाई सम्मान गरिने बताए ।

अवार्डमा २०७७ / ०७८ भित्रका गीत संगीतलाई समावेश गरिने छ भने चलचित्रको हकमा २०७३ देखी हालः सम्म बनेका चलचित्रलाई समावेश गरिनेछ । फारक दर्ता शुल्क एक हजार रुपैया लाग्ने र एस. एम. एस. भोटिङ्बाट आएको अंकलाई ५० % र जुरिको निर्णय ५० % हुने आयोजक टिमले बताएको छ ।

कार्यक्रममा मिडिया संयोजकको भुमिका पत्रकार प्रकाश बराईलि “अभिव्यक्ती” ले निर्वाह गरेका थिए । आवेदनको लागि ९८५११४७३८६, ९८४१६१७९९७६ र ९८६९२०७५१८ मा सम्पर्क गर्न सकिने आयोजक पक्षले बताएको छ ।

अवार्ड कार्यक्रम भने २०७८ असोज १६ गते समापन गरिने आयोजक टिमले बताए । कार्यक्रममा प्रमुख आतिथ्यताको रुपमा सम्बोधन गर्दै निर्देशक सोम कुस्कुमाझीले चलचित्र र सांगीतिक क्षेत्रलाई प्रोत्साहन गर्न अवार्ड आयोजना गर्नु राम्रो कार्य रहेको बताए । कार्यक्रममा कलाकार, पत्रकार एबं विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उल्लेखनीय उपस्थिति रहेको थियो । 

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

रामकृष्ण ढकाल, तृप्ती खड्का गुरुङ्गको युगल स्वरमा “छ माया छपक्कै” सार्वजनिक

रामकृष्ण ढकाल, तृप्ती खड्का गुरुङ्गको युगल स्वरमा “छ माया छपक्कै” सार्वजनिक

वि.सं.२०८२ जेठ ५ सोमवार ०६:५४

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको सूचना अधिकारीमा गणेश विक

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको सूचना अधिकारीमा गणेश विक

वि.सं.२०८२ जेठ ४ आइतवार १२:५५

काठमाडौं, ४ जेठ । पत्रकार गणेश विक नेपाल पत्रकार महासंघ...

लोक दोहोरी ब्यवसायी संघ केन्द्रिय समितीको आयोजनामा “स्वागत तथा भेटघाट कार्यक्रम” सम्पन्न

लोक दोहोरी ब्यवसायी संघ केन्द्रिय समितीको आयोजनामा “स्वागत तथा भेटघाट कार्यक्रम” सम्पन्न

वि.सं.२०८२ जेठ ४ आइतवार ०५:५४

काठमाडौं। जेठ ३ गतेका दिन "लोक दोहोरी ब्यवसायीहरुको एक्यबद्धता, कला...

गायक एबं संगीतकार गोबिन्द मधुर आचार्यको नयाँ गीत “केलाई हतार” सार्वजनिक

गायक एबं संगीतकार गोबिन्द मधुर आचार्यको नयाँ गीत “केलाई हतार” सार्वजनिक

वि.सं.२०८२ जेठ २ शुक्रवार ०९:३५

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

दशक पत्रकारिता सम्मानद्धारा सबिता पोखरेल नगद रु ११,१११/- सहित सम्मानित

दशक पत्रकारिता सम्मानद्धारा सबिता पोखरेल नगद रु ११,१११/- सहित सम्मानित

वि.सं.२०८२ जेठ १ बिहीवार ०५:४३

काठमाडौं । तेस्रो संस्करणको राष्ट्रिय संगीत अवार्ड २०८२ भव्य रुपमा...

रमेश रोकाको नयाँ गीत “स्वर्ग” सार्वजनिक

रमेश रोकाको नयाँ गीत “स्वर्ग” सार्वजनिक

वि.सं.२०८२ जेठ १ बिहीवार ०५:२६

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...