अशिम कुमार कटुवालको लोक दोहोरी गीत “कसम बिध्यानास” सार्वजनिक

काठमाण्डौ । गायक तथा सर्जक दोलखाली युवा जसले नेपाली लोक संगीतको श्रीवृद्धिका निमित्त अतुलनीय भूमिका निर्वाह गरिसकेका छन् । उनि हुन्, अशिम कुमार कटुवाल ।

उनै अशिमले आफ्नो पछिल्लो प्रस्तुतिको रुपमा लोक दोहोरी गीत “कसम बिध्यानास” भर्खरै सार्वजनिक गरेका छन् । उनले यस भन्दा पहिले पनि दर्जनौं गीत बजारमा ल्याइसकेका छन् । अहिले विभिन्न जिल्लाहरुमा हुने महोत्सवहरुमा पनि व्यस्त अशिम आफ्नो पछिल्लो प्रस्तुतिलाई पनि न्याय दिन सबै समक्ष अनुरोध गर्दछन् ।

उनको माथि उल्लेखित गीतमा अशिम कुमार कटुवाल र कल्पना पराजुलीको सुमधुर स्वर सुन्न सकिन्छ । बिष्णु तामाङ्ग द्वारा संगीत संयोजन भएको गीतलाई लय कल्पना पराजुलीले भरेकी हुन् भने शब्द गायक स्वयम् को रहेको छ । रोमान्चक स्वादमा तयार भएको गीतको म्युजिक भिडियोमा कुमार सुनेल र निहारिका थापाको अभिनय देख्न सकिन्छ ।

मोडल कुमार पनि नेपाली गीत संगीतको क्षेत्रमा परिचित नाम हो । उनले कयौं गीतहरुमा अभिनय गरिसकेका छन् । अशिम कुमार कटुवाल युट्युब च्यानल मार्फत सार्वजनिक भएको “कसम बिध्यानास” बोलको गीतको म्युजिक भिडियोलाई निर्देशन निरेन श्रेष्ठले गरेका हुन् भने छायांकन चक्र बहादुर बराल र सम्पादन बिष्णु खड्काले गरेका छन् ।

हेर्नुहोस् भिडियो।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

लघु चलचित्र “आश्रम” र मर्मस्पर्शी गीत “कति बस्छौ माइतीघर” को म्युजिक भिडियोको प्रिमियर शो सम्पन्न

लघु चलचित्र “आश्रम” र मर्मस्पर्शी गीत “कति बस्छौ माइतीघर” को म्युजिक भिडियोको प्रिमियर शो सम्पन्न

वि.सं.२०८३ साउन २४ आइतवार ०६:५०

काठमाडौं । लघु चलचित्र "आश्रम" र मर्मस्पर्शी गीत "कति बस्छौ माइतीघर"...

रमेश बिक्रम रत्नको पृथक तीज कोसेली “नाचिदेउ गौथली” सार्वजनिक

रमेश बिक्रम रत्नको पृथक तीज कोसेली “नाचिदेउ गौथली” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार १२:४०

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

आशा बिश्वकर्मा लगायत अन्य कलाकारहरुको अभिनयमा मौलिक तीज गीत “मै प्यारी छोरी” सार्वजनिक

आशा बिश्वकर्मा लगायत अन्य कलाकारहरुको अभिनयमा मौलिक तीज गीत “मै प्यारी छोरी” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार १२:०७

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

प्रबिन खड्काको नयाँ गीत “मानपुर रामेछाप” सार्वजनिक

प्रबिन खड्काको नयाँ गीत “मानपुर रामेछाप” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार ११:२६

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

प्याब्सन लिटिल आइडलको नयाँ संस्करण सुरु

प्याब्सन लिटिल आइडलको नयाँ संस्करण सुरु

वि.सं.२०८३ साउन १९ मंगलवार १०:४७

काठमाडौं। शैक्षिक कोर्समा नसमेटिएका तर समयअनुसार विद्यार्थीका लागि आवश्यक विषयबारे...

लोकप्रिय मोडल सम्झना बुढाथोकीको तीज गीत “अत्तिनै गाह्रो भो” सार्वजनिक

लोकप्रिय मोडल सम्झना बुढाथोकीको तीज गीत “अत्तिनै गाह्रो भो” सार्वजनिक

वि.सं.२०८३ साउन १८ सोमवार १२:५१

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...