अशिम कुमार कटुवालको लोक दोहोरी गीत “कसम बिध्यानास” सार्वजनिक

काठमाण्डौ । गायक तथा सर्जक दोलखाली युवा जसले नेपाली लोक संगीतको श्रीवृद्धिका निमित्त अतुलनीय भूमिका निर्वाह गरिसकेका छन् । उनि हुन्, अशिम कुमार कटुवाल ।

 

उनै अशिमले आफ्नो पछिल्लो प्रस्तुतिको रुपमा लोक दोहोरी गीत “कसम बिध्यानास” भर्खरै सार्वजनिक गरेका छन् । उनले यस भन्दा पहिले पनि दर्जनौं गीत बजारमा ल्याइसकेका छन् । अहिले विभिन्न जिल्लाहरुमा हुने महोत्सवहरुमा पनि व्यस्त अशिम आफ्नो पछिल्लो प्रस्तुतिलाई पनि न्याय दिन सबै समक्ष अनुरोध गर्दछन् ।

 

उनको माथि उल्लेखित गीतमा अशिम कुमार कटुवाल र कल्पना पराजुलीको सुमधुर स्वर सुन्न सकिन्छ । बिष्णु तामाङ्ग द्वारा संगीत संयोजन भएको गीतलाई लय कल्पना पराजुलीले भरेकी हुन् भने शब्द गायक स्वयम् को रहेको छ । रोमान्चक स्वादमा तयार भएको गीतको म्युजिक भिडियोमा कुमार सुनेल र निहारिका थापाको अभिनय देख्न सकिन्छ ।

 

मोडल कुमार पनि नेपाली गीत संगीतको क्षेत्रमा परिचित नाम हो । उनले कयौं गीतहरुमा अभिनय गरिसकेका छन् । अशिम कुमार कटुवाल युट्युब च्यानल मार्फत सार्वजनिक भएको “कसम बिध्यानास” बोलको गीतको म्युजिक भिडियोलाई निर्देशन निरेन श्रेष्ठले गरेका हुन् भने छायांकन चक्र बहादुर बराल र सम्पादन बिष्णु खड्काले गरेका छन् ।

 

हेर्नुहोस् भिडियो।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

सन्देशमुलक गीत “भुलको बाटो” सार्वजनिक (भिडियो सहित)

सन्देशमुलक गीत “भुलको बाटो” सार्वजनिक (भिडियो सहित)

वि.सं.२०८२ वैशाख ५ शुक्रवार ०१:३७

काठमाडौं । बुधबार राजधानीमा एउटा निकै राम्रो संदेश मुलक गीतको...

देउडा सम्राट नन्दकृष्ण जोशीकी छोरी श्रृंखला जोशीको नयाँ गीत “छैन हो छैन” सार्वजनिक

देउडा सम्राट नन्दकृष्ण जोशीकी छोरी श्रृंखला जोशीको नयाँ गीत “छैन हो छैन” सार्वजनिक

वि.सं.२०८२ वैशाख १ सोमवार ०४:३८

गायिका श्रृंखला जोशीको नयाँ गीत छैन हो छैन सार्बजनिक भएको...

चर्चित नायिका एलिजा गौतमलाई इण्डोनेसियामा ‘बेष्ट योङ अन्टरप्रन्यूर’ अवार्ड

चर्चित नायिका एलिजा गौतमलाई इण्डोनेसियामा ‘बेष्ट योङ अन्टरप्रन्यूर’ अवार्ड

वि.सं.२०८२ वैशाख १ सोमवार ०४:३४

काठमाडौं । चर्चित नायिका एवम् प्राइम टिभीकी निर्देशक एलिजा गौतम...

“जुनकिरी दोहोरी धमाका एबं सम्मान कार्यक्रम – २०८२” हुने, सो अवसरमा ग्राहकहरुलाई २० प्रतिशत छुट हुने

“जुनकिरी दोहोरी धमाका एबं सम्मान कार्यक्रम – २०८२” हुने, सो अवसरमा ग्राहकहरुलाई २० प्रतिशत छुट हुने

वि.सं.२०८१ चैत २६ मंगलवार १६:५८

काठमाडौं। नेपालीहरुको नयाँ बर्ष २०८२ को सुरुवात हुन लागेको बेला...

काठमाडौँ फोटोग्राफर संघद्वारा नयाँ वर्ष २०८२ को शुभकामना आदान–प्रदान, चियापान तथा क्यालेन्डर विमोचन कार्यक्रम भव्य रूपमा सम्पन्न

काठमाडौँ फोटोग्राफर संघद्वारा नयाँ वर्ष २०८२ को शुभकामना आदान–प्रदान, चियापान तथा क्यालेन्डर विमोचन कार्यक्रम भव्य रूपमा सम्पन्न

वि.सं.२०८१ चैत २४ आइतवार १२:२६

काठमाडौँ, चैत्र २३ - काठमाडौँ फोटोग्राफर संघको आयोजनामा नयाँ वर्ष...

“पुरूषोत्तम न्यौपाने सांगीतिक साँझ २०८१” पोखरामा भब्य रुपले सम्पन्न

“पुरूषोत्तम न्यौपाने सांगीतिक साँझ २०८१” पोखरामा भब्य रुपले सम्पन्न

वि.सं.२०८१ चैत २४ आइतवार ०८:१९

काठमाडौँ । बि.संं २०४६ सालमा ‘बलाम देवीथान’ बोलको गीत रेकर्ड...