शंकर बिसीको निर्देशनमा मर्मस्पर्शी गीत “भन साईंला” सार्वजनिक (भिडियो सहित)

अधिकांश नेपालीको साझा समस्या भनौं या बाध्यता विदेशीनु निर्बिकल्प नै बनेको छ । ४० कटेसी रमाउने सुखद भविष्यको कल्पना गर्दै, विदेशीएका परदेशीहरुको जिवन भने आफैंमा दुःखद बितिरहेको हुन्छ । एकातिर मातृभुमी र परिवारबाटा टाढा अर्कोतिर बिरानो मुलुक, चिनारु कोही हुँदैन । यता स्वदेशमा रहेका परिवारमा पनि उतिकै पीडा र कुण्ठा । अझ श्रीमान परदेशीएपछि एउटी श्रीमतीले कतिसम्म भोग्नु र सुन्नुपर्छ अरु कसैले कहाँ लेख्न, सुन्न र भन्न सक्ला र ? यहि यथार्थ मनोभावलाई उन्दै लोकप्रिय गायक रमेशराज भट्टराईले मर्मश्पर्शी गीत “भन साईंला” सार्वजनिक गरेका छन् ।

पछिल्लो पुस्ताकी लोकप्रिय गायिका रचना रिमालले भट्टराईलाई स्वरमा साथ दिएकी छिन् । रमेशराजकै रचना र संगीत रहेको गीतलाई विश्वास नेपालले संगीत संयोजन गरेका हुन् । गीतलाई रमेशराज भट्टराई युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

शंकर बिसीको निर्देशनमा तयार भएको गीतको भिडियोमा परदेशी श्रीमान र स्वदेशमा रहेकी श्रीमतीको मनोभावलाई दुरुस्त देखाइएको छ । निर्देशक बिसीले सुखद भविष्यको कल्पनामा परदेशीएका श्रीमान र उनकी श्रीमतीको मनको भावनालाई टपक्क टिपेर भिडियोमा देखाउन सफल भएका छन् ।

भिडियोमा जिवन भट्टराई, लक्ष्मी बर्देवा, संगम भण्डारी र सन्तोष पन्तले अभिनय गरेका छन् । दुर्गा पौडेलले छायांकन गरेको म्यूजिक भिडियोलाई नविन घर्ति मगरले सम्पादन गरेका हुन् ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

दोहोरी साँझहरुमा देखाइने अपाच्य श्रव्य दृश्य सामाग्री प्रति “राष्ट्रिय लोकदोहोरी व्यवसायी संघ” द्धारा ध्यानाकर्षण (बिज्ञप्ती सहित)

दोहोरी साँझहरुमा देखाइने अपाच्य श्रव्य दृश्य सामाग्री प्रति “राष्ट्रिय लोकदोहोरी व्यवसायी संघ” द्धारा ध्यानाकर्षण (बिज्ञप्ती सहित)

वि.सं.२०८० असोज १६ मंगलवार १६:३४

काठमाडौं, असोज १५ । पछिल्लो समय व्यवसायिक रुपमा सञ्चालित विभिन्न...

सिडी विजय अधिकारीको स्वरमा “जीवनको रेल” सार्वजनिक

सिडी विजय अधिकारीको स्वरमा “जीवनको रेल” सार्वजनिक

वि.सं.२०८० असोज १६ मंगलवार ०२:३७

दुई हप्ता अगाडि गायिका समीक्षा अधिकारीको स्वरमा बजारमा आईसकेको "जीवनको...

किरणबाबु पुनको आवाजमा “पिपल बोट मुनी” बोलको गीत सार्वजनिक

किरणबाबु पुनको आवाजमा “पिपल बोट मुनी” बोलको गीत सार्वजनिक

वि.सं.२०८० असोज १५ सोमवार ११:४६

काठमाडौं । लोकप्रिय भारतिय गायिका सञ्जीवनी र गायक तथा संगीतकार...

लोकप्रिय सञ्चारकर्मी, गायक राज कुमार रायमाझी “लोक पत्रकारिता सम्मान” द्धारा ११,१११/- नगद पुरस्कार सहित सम्मानित

लोकप्रिय सञ्चारकर्मी, गायक राज कुमार रायमाझी “लोक पत्रकारिता सम्मान” द्धारा ११,१११/- नगद पुरस्कार सहित सम्मानित

वि.सं.२०८० असोज १५ सोमवार ११:३४

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका...

चर्चित मोडल एबं डान्सर रुबिना अधिकारीले “सर्बाेत्कृष्ट नायिका नृत्य” बिधाबाट अवार्ड पाउन सफल

चर्चित मोडल एबं डान्सर रुबिना अधिकारीले “सर्बाेत्कृष्ट नायिका नृत्य” बिधाबाट अवार्ड पाउन सफल

वि.सं.२०८० असोज १५ सोमवार १०:५५

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका...

अभिनेता अनमोल केसी ठगीको आरोपमा पक्राउ

अभिनेता अनमोल केसी ठगीको आरोपमा पक्राउ

वि.सं.२०८० असोज १२ शुक्रवार १५:२३

काठमाडौँ । अभिनेता अनमोल केसी पक्राउ परेका छन् । ठगीको...