रमेश चन्द सोडारी र मिशेल घिमिरेको अभिनयमा “तिमी नै छौ यो मनमा” सार्वजनिक (भिडियो सहित)

काठमाडौं। फरक विषयबस्तु र गुणस्तरीय गीतका कारण छोटो समयमै चर्चामा आएका प्रसिद्ध गीतकार दिपेन्द्र अधिकारीको शब्द रचनामा अञ्जु पन्त र दुर्गा पराजुलीको युगल स्वर रहेको प्रेमगीत “तिमी नै छौ यो मनमा” को भिडियो सार्वजनिक भएको छ।

 

उच्च पहाडी भेगका चौंरी गोठाला युवक र युवती बीचको प्रेमकथामा आधारित यस म्युजिक भिडियोमा रमेश चन्द सोडारी र मिशेल घिमेरेले प्रेमी जोडीको रुपमा बेजोड अभिनय गरेका छन्। आगामी जेठ ९ गते रिलिजको तयारी भईरहेको बहुचर्चित चलचित्र “नरसिंहा” मा पनि दर्शकले रमेश चन्द र मिशेललाई प्रेमी जोडीको रुपमा नभए पनि फरक फरक प्रभावशाली भूमिकामा देख्न सक्ने छन्। गायक दुर्गाकै सङ्गीतमा तयार भएको यस गीतमा राजु कार्कीको म्युजिक एरेन्ज रहेको छ भने किशोर थापाले मिक्सिङ र माष्टरिङ गरेका हुन्।

 

भिडियोका निर्देशक एवं भिडियो सम्पादक वीरेन्द्र भाट ‘विपिन’ का अनुसार कथाको माग अनुसार रसुवा जिल्ला, आमाछोदिङ्मो गाउँपालिकाको चौंरी चरन क्षेत्र, गत्लाङ र पार्वती कुण्ड वरिपरिका रमणीय स्थानहरुमा २ दिन लगाएर भिडियोको शुटिङ गरिएको हो। लोकप्रिय सिनेमाटोग्राफर महेश महराले भिडियोको छायाङ्कन गरेका हुन्। भिडियोमा चौंरी चरनमै प्रेममा परेका दुई गोठालाको एक अर्का प्रतिको समर्पण भाव र उनीहरुको काल्पनिक संसारलाई मनमोहक ढङ्गमा प्रस्तुत गरिएको छ।

 

भिडियो रिलिज भएपछि आफ्नो भावना अनुरुप शव्दले नयाँ जीवन पाएको प्रतिक्रिया गीतकार दिपेन्द्र अधिकारीले दिएका छन्। यसअघि मनमोहक पोखरा, चुलबुल चुलबुल (मामा भाञ्जीको गीत), नेपालकी छोरी, जनताको मर्म, जीवनको रेल, जिन्दगी हो खेल जस्तै, फर्किन्छु यसपाली दसैं तिहार, सपना सजाई आदि शीर्षकका गीत सार्वजनिक गरिसकेका अधिकारी लामो समयदेखि जापानलाई कर्मथलो बनाएर नेपाली गीत सङ्गीत तथा साहित्यमा निरन्तर क्रियाशील रहेका सर्जक हुन्। “तिमी नै छौ यो मनमा” को भिडियो वर्ल्ड कभर मिडियाको पोष्ट प्रोडक्सनमा निर्माण भएको हो।

 

भिडियोका मोडल रमेश चन्द सोडारी म्युजिक भिडियो एवं चलचित्र क्षेत्रका एक लोकप्रिय कलाकार हुन् भने लगभग डेढ वर्ष अघि म्युजिक भिडिओको मोडल हुँदै कला क्षेत्रमा प्रवेश गरेकी मिशेल घिमिरेलाई म्युजिक भिडियो तथा चलचित्रका लागि एक राम्रो सम्भावना भएकी कलाकारको रुपमा हेरिएको छ ।

 

कला क्षेत्रमा औपचारिक प्रवेशको छोटो समयमै लगभग डेढ दर्जन म्युजिक भिडियो, लगभग आधा दर्जन नाटक र केही सिरियल फिल्महरुमा अभिनय गरेर दर्शकको मन जितिसकेकी मिशेलले हालै मात्र नेपाली कथानक चलचित्र नरसिंहा मार्फत चलचित्र क्षेत्रमा समेत डेब्यु गरेकी हुन्। उनले मण्डला थिएटरबाट अभिनय सम्बन्धी ६ महिने तालिम पनि लिएकी छिन्।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

“लोक दोहोरी च्याम्पियन” पत्रकार भेटघाट कार्यक्रम सम्पन्न, असोज ३ गतेदेखि दर्शक माझ आउने

“लोक दोहोरी च्याम्पियन” पत्रकार भेटघाट कार्यक्रम सम्पन्न, असोज ३ गतेदेखि दर्शक माझ आउने

वि.सं.२०८३ साउन २६ मंगलवार १३:५२

काठमाडौं । रगोन स्टुडियो प्रा.लि.को ब्यानरमा निर्माण भइरहेको चर्चित लोकदोहोरी...

लघु चलचित्र “आश्रम” र मर्मस्पर्शी गीत “कति बस्छौ माइतीघर” को म्युजिक भिडियोको प्रिमियर शो सम्पन्न

लघु चलचित्र “आश्रम” र मर्मस्पर्शी गीत “कति बस्छौ माइतीघर” को म्युजिक भिडियोको प्रिमियर शो सम्पन्न

वि.सं.२०८३ साउन २४ आइतवार ०६:५०

काठमाडौं । लघु चलचित्र "आश्रम" र मर्मस्पर्शी गीत "कति बस्छौ माइतीघर"...

रमेश बिक्रम रत्नको पृथक तीज कोसेली “नाचिदेउ गौथली” सार्वजनिक

रमेश बिक्रम रत्नको पृथक तीज कोसेली “नाचिदेउ गौथली” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार १२:४०

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

आशा बिश्वकर्मा लगायत अन्य कलाकारहरुको अभिनयमा मौलिक तीज गीत “मै प्यारी छोरी” सार्वजनिक

आशा बिश्वकर्मा लगायत अन्य कलाकारहरुको अभिनयमा मौलिक तीज गीत “मै प्यारी छोरी” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार १२:०७

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

प्रबिन खड्काको नयाँ गीत “मानपुर रामेछाप” सार्वजनिक

प्रबिन खड्काको नयाँ गीत “मानपुर रामेछाप” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार ११:२६

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

प्याब्सन लिटिल आइडलको नयाँ संस्करण सुरु

प्याब्सन लिटिल आइडलको नयाँ संस्करण सुरु

वि.सं.२०८३ साउन १९ मंगलवार १०:४७

काठमाडौं। शैक्षिक कोर्समा नसमेटिएका तर समयअनुसार विद्यार्थीका लागि आवश्यक विषयबारे...