गायक भिम चापागाईको नयाँ गीत “मायाको हाँसो” सार्वजनिक

वि.सं.२०८२ वैशाख १४ आइतवार १०:३०

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय एकपछि अर्को गरेर नयाँ नयाँ गीतहरु सार्वजनिक भईरहेका छन्। सोही क्रममा गायक भिम चापागाईको नयाँ गीत “मायाको हाँसो” सार्वजनिक भएको छ।
यस गीतमा भिम चापागाईको स्वर रहेको छ भने लोकप्रिय गीतकार नेत्र अर्यालको शब्द, चर्चित संगीतकार एबं एरेञ्जर लक्षु प्रकाश मल्लको संगीत तथा एरेञ्ज रहेको छ। यस गीतको भिडियोमा अशोक बिकको निर्देशन रहेको छ भने नवराज उप्रेतीको छायांकन, मिलन बिश्वकर्माको सम्पादन रहेको छ।
उक्त गीतको भिडियोमा चर्चित नायक पुष्पा खड्का र आयुषा क्षत्रीको अभिनय रहेको छ। यस गीतलाई भिम चापागाईको युटुब च्यानलबाट सार्वजनिक गरिएको हो।
गीतको भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला।

वि.सं.२०८२ वैशाख १४ आइतवार १०:३०