लोक दोहोरी ब्यवसायी संघ केन्द्रिय समितीको आयोजनामा “स्वागत तथा भेटघाट कार्यक्रम” सम्पन्न

काठमाडौं। जेठ ३ गतेका दिन “लोक दोहोरी ब्यवसायीहरुको एक्यबद्धता, कला संस्कृतीको संरक्षण तथा रोजगारीको प्रतिबद्धता” भन्ने मुल नाराले स्थापित लोक दोहोरी ब्यवसायी संघ केन्द्रिय समितीको आयोजनामा प्रहरी बृत्त महाराजगंज नवनियुक्त प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक निरन्जन थापा र प्रहरी प्रभाग नयाँ बसपार्कका नवनियुक्त प्रहरी प्रमुख प्रहरी निरिक्षक शरण बिक्रम शाहको लागी “स्वागत तथा भेटघाट कार्यक्रम” सम्पन्न भएको छ।

 

यस कार्यक्रममा लोक दोहोरी ब्यवसायी संघ केन्द्रिय समितीका अध्यक्ष एबं चर्चित लोक दोहोरी गायक दिप सागर थापाको अध्यक्षता रहेको थियो भने यसै संस्थाका पुर्ब अध्यक्ष चुडा बहदुर कार्कीको प्रमुख आतिथ्यता रहेको थियो। त्यसैगरी प्रहरी बृत्त महाराजगंज नवनियुक्त प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक निरन्जन थापा र प्रहरी प्रभाग नयाँ बसपार्कका नवनियुक्त प्रहरी प्रमुख प्रहरी निरिक्षक शरण बिक्रम शाहको बिशेष आतिथ्यता रहेको थियो।  कार्यक्रमको सञ्चालन सोही संस्थाका महासचिव नन्द घर्ती मगरले गरेका थिए भने कार्यकममा यसै संस्था कि उपाध्यक्ष दिलु सलामी मगरले स्वागत मन्तब्य राखेकी थिइन्। लोक दोहोरी ब्यवसायीहरु, कलाकार, पत्रकार र दोहोरी साँझमा कार्यरत ब्यक्तिहरुको बिशेष उपस्थिती रहेको थियो।

 

सो कार्यक्रममा दोहोरी साँझको बिकृती, ध्वनी प्रदुषण र नयाँ बसपार्क स्थित दोहोरी साँझहरुको क्रियाकलापहरुको बारेमा छलफल गरिएको थियो। साथै प्रहरीले दोहोरी साँझ सञ्चालकहरु र कामदारहरुलाई पटक पटक दुख दिएको कुरा संगै प्रहरी सँग असुरक्षित महसुस गरेको कुरा पनि ब्यक्त भएका थिए।

 

धेरैका गुनासोहरुलाई प्रहरी बृत्त महाराजगंज नवनियुक्त प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक निरन्जन थापाले आगामी दिनहरुमा तपाईका कमि कमजोरीहरुलाई सुधार्नुहोस्। म पनि आफ्नो कमी कमजोरी सुधार्छु। मैले ब्यवसायीहरुलाई दुख दिने नियत होईन बिकृती र ध्वनी प्रदुषणको नियन्त्रणको लागी भुमिका खेलेको हुँ। रातको १० बजेपछि साउन्ड सिस्टम कम गरिदिनुहोला। हाम्रो अनुरोधलाई स्विकारेपछि तपाईहरुले दुख पाउनु पर्दैन। प्रहरीलाई तपाई सघाउनु, प्रहरीले तपाईहरुलाई सघाउने छ भन्दै प्रतिबद्धता जनाएका थिए।

 

लोक दोहोरी ब्यवसायी संघ केन्द्रिय समितीका अध्यक्ष एबं चर्चित लाके दोहोरी गायक दिप सागर थापाले प्रहरी बृत्त महाराजगंज नवनियुक्त प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक निरन्जन थापा र प्रहरी प्रभाग नयाँ बसपार्कका नवनियुक्त प्रहरी प्रमुख प्रहरी निरिक्षक शरण बिक्रम शाहलाई स्वागत गर्न पाउदा खुसी भएको कुरा गर्दै आगामी दिनमा प्रहरी र लोक दोहोरी ब्यवसायीहरु बिच हातेमालो गरेर अगाडी बढ्ने, प्रहरीलाई हाम्ले सघाउने र हाम्लाई प्रहरी सघाउने कुरामा कुनै दुई मत नभएको कुरा जनाएका थिए। साथै प्रहरीको निर्देशन पालना गर्नुका साथै साउन्ड प्रुभवाला हल बनाई आफ्नो ब्यवसायलाई अगाडी बढाउन अनुरोध पनि गरेका थिए।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

रौतहटकी सान प्रतिभाशाली गायिका वर्षा दास

रौतहटकी सान प्रतिभाशाली गायिका वर्षा दास

वि.सं.२०८२ माघ १ बिहीवार ०५:४१

गायिका वर्षा दास यतिबेला चीनको ल्हासामा छिन् । ल्हासा स्थित...

म्याग्देली गायक राजन भुजेल बिश्वकर्माको नयाँ मौलिक गीत “दुई खोली दोभान” सार्वजनिक

म्याग्देली गायक राजन भुजेल बिश्वकर्माको नयाँ मौलिक गीत “दुई खोली दोभान” सार्वजनिक

वि.सं.२०८२ पुस ३० बुधवार ०५:४३

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

“म्युजिक भिडियो कलाकार संघ नेपाल” को आठौं साधारण सभा तथा चौथो अधिबेशन माघ २४ गते सम्पन्न हुने

“म्युजिक भिडियो कलाकार संघ नेपाल” को आठौं साधारण सभा तथा चौथो अधिबेशन माघ २४ गते सम्पन्न हुने

वि.सं.२०८२ पुस २९ मंगलवार १३:०३

काठमाडौं। म्युजिक भिडियो कलाकारहरुको छाता संगठन “म्युजिक भिडियो कलाकार संघ नेपाल”...

लोकप्रिय गायिका टिका पुनको मौलिक कौडा गीत  “आकाशैमा तारा र जुन छन्” सार्वजनिक (भिडियो सहित)

लोकप्रिय गायिका टिका पुनको मौलिक कौडा गीत  “आकाशैमा तारा र जुन छन्” सार्वजनिक (भिडियो सहित)

वि.सं.२०८२ पुस २८ सोमवार १३:१८

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

पाँचौं ललितपुर खुला तेक्वान्दो पुम्से प्रतियोगिता-  २०८२” सम्पन्न

पाँचौं ललितपुर खुला तेक्वान्दो पुम्से प्रतियोगिता-  २०८२” सम्पन्न

वि.सं.२०८२ पुस २३ बुधवार १२:३५

ललितपुर । "पाँचौं ललितपुर खुला तेक्वान्दो पुम्से प्रतियोगिता-  २०८२"  मंसिर...