चिरायु नेशनल हस्पिटलद्वारा कलाकार र पत्रकारहरु सम्मानित

चिरायु नेशनल हस्पिटल बसुन्धारा,काठमाडौंको आयोजनामा चिरायु फार्मेसीको समुद्घाटन तथा हिन्दुहरुको महान चाड बिजया दशमीको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

बिजया दशमीको अवसर पारेर चिरायु फार्मेसीको समुद्घाटन गरिएको कुरा चिरायु हस्पिटल परिवारले बताएको छ । यस कार्यक्रममा मेडिकल डिरेक्टर उत्तम कुमार शर्माको सभापतित्व रहेको थियो भने टोखा नगरपालिका वडा नं.३ का अध्यक्ष दिपक केसीको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा वरिष्ठ लोक गायिका बिमा कुमारी दुरा, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रिय अध्यक्ष रमेश बिजि, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका पुर्व अध्यक्ष चन्द्र शर्मा, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका निवर्तमान अध्यक्ष बद्री पंगेनी, पशुपति शर्मा, सुवास केसी, प्रकाश भट्ट, दिपक खड्का, पुर्णकला बिसि, सुजन लम्साल, नीर आले, पुजा पुरी लगायत अन्य कलाकार र पत्रकारहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा हिमाल रानाले संयोजन गरेका थिए भने मिडिया संयोजकको रुपमा पत्रकार प्रकाश बराईली “अभिव्यक्ति” रहेका थिए । सो कार्यक्रममा नवराज भुजेलले कार्यक्रम सञ्चालन गरेका थिए भने चण्डेश्वर नन्द राज बैधले स्वागत मन्तब्य राखेका थिए ।

उक्त कार्यक्रममा कलाकार र पत्रकारहरुलाई सम्मान गरिएको थियो । चिरायु फार्मेसी समुद्घाटन तथा बिजया दशमीको शुभकामना आदानप्रदान कार्यक्रममा बिमा कुमारी दुरा र रमेश बिजिले दिप प्रज्वलन गरेका थिए ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

“मधु बनैमा” र “अंगुर अमिलो” गीत पछि बिमलराज क्षत्री र कस्तुप पन्तको सहकार्यमा “कसो गरम म” सार्वजनिक

“मधु बनैमा” र “अंगुर अमिलो” गीत पछि बिमलराज क्षत्री र कस्तुप पन्तको सहकार्यमा “कसो गरम म” सार्वजनिक

वि.सं.२०८० असोज ६ शनिवार १७:०१

काठमाडौं। नेपाली सांगितिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो...

“ईन्डो नेपाल सुजन म्युजिक अवार्ड – २०२३” को मनोनयन फारम खुल्ला

“ईन्डो नेपाल सुजन म्युजिक अवार्ड – २०२३” को मनोनयन फारम खुल्ला

वि.सं.२०८० असोज ४ बिहीवार ०७:५६

काठमाडौं । नेपाली गीत संगीतलाई उत्थान गर्ने उदेश्यले "ईन्डो नेपाल...

प्रसिद्ध गायिका साधना सरगमले गाएको गीत “शान्ति” को भिडियो सार्वजनिक

प्रसिद्ध गायिका साधना सरगमले गाएको गीत “शान्ति” को भिडियो सार्वजनिक

वि.सं.२०८० असोज ४ बिहीवार ०५:२०

काठमाडाैं । प्रसिद्ध गायिका साधना सरगमले गाएको गीत "शान्ति" को...

चौथो संस्करणको जिनियस म्युजिक अवार्ड सम्पन्न

चौथो संस्करणको जिनियस म्युजिक अवार्ड सम्पन्न

वि.सं.२०८० असोज ४ बिहीवार ०५:०९

काठमाडौं । चौथो संस्करणको जिनियस म्युजिक अवार्ड सम्पन्न भएको छ...

भकुन्डे सामुदायिक क्लव, बेनी न.पा. २, म्याग्दीको आयोजनामा “हरितालिका तीज मेला – २०८०” भब्य रुपले सम्पन्न

भकुन्डे सामुदायिक क्लव, बेनी न.पा. २, म्याग्दीको आयोजनामा “हरितालिका तीज मेला – २०८०” भब्य रुपले सम्पन्न

वि.सं.२०८० असोज ३ बुधवार १६:४७

म्याग्दी । महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा भकुन्डे सामुदायिक...

धिताल फिल्मस् एण्ड म्युजिक प्रा.लि.को आयोजनामा “तीज म्युजिक अवार्ड – २०८०” भब्य रुपले सम्पन्न

धिताल फिल्मस् एण्ड म्युजिक प्रा.लि.को आयोजनामा “तीज म्युजिक अवार्ड – २०८०” भब्य रुपले सम्पन्न

वि.सं.२०८० भदौ ३० शनिवार १८:०१

काठमाडौं । धिताल फिल्मस् एण्ड म्युजिक प्रा.लि.को आयोजनामा "तीज म्युजिक...