शंकर बिसीको निर्देशनमा पछिल्लो गीत “परदेश” सार्वजनिक (भिडियो सहित)
वि.सं.२०७८ असोज १९ मंगलवार १४:५६
चर्चित गायक बिरही कार्कीको नयाँ गीत “परदेश” सार्वजनिक भएको छ । यस गीतमा बिरही कार्की र शान्ती श्री परियारको स्वर रहेको छ भने बिरही कार्कीको शब्द, संगीत रहेको छ ।
चर्चित मोडल तथा निर्देशक शंकर बिसीको निर्देशन रहेको गीतमा राजेश घिमिरेको छायांकन, नविन घर्ती मगरको सम्पादन रहेको छ ।
उक्त गीतको भिडियोमा जिवन भट्टराई र लक्ष्मी बर्देवाको अभिनय रहेको छ । यस गीतलाई बिरही कार्कीको युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।
सोही गीतको भिडियो हेर्नका लागी तलको लिंक क्लिक गर्नुहोला ।
वि.सं.२०७८ असोज १९ मंगलवार १४:५६