“९ औं राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३” नुवाकोटको विदुर नगरपालिका स्थित इलम प्रशिक्षण केन्द्रमा जेठ २९, ३० र ३१ गते सञ्चालन हुने

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको आयोजनामा “९ औं राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३” नुवाकोटको विदुर नगरपालिका स्थित इलम प्रशिक्षण केन्द्रमा जेठ २९, ३० र ३१ गते सञ्चालन हुने भएको छ।

बिहीबार आयोजित पत्रकार सम्मेलनमार्फत प्रतिष्ठानले नेपाली लोकसंस्कृतिको संरक्षण, स्रष्टाको सम्मान तथा नवप्रतिभाको प्रोत्साहन गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिएको हो।

प्रतियोगितामा देशभरिबाट छनोट भएका १८ उत्कृष्ट समूहले सहभागिता जनाउनेछन्। प्रतिष्ठानका अनुसार सातै प्रदेशबाट छनोट भएका १४ समूह, उपत्यका समन्वय समितिका २ समूह तथा विदेश शाखाका २ समूह गरी कुल १८ समूह रनिङ शिल्डको उपाधिका लागि प्रतिस्पर्धामा उत्रनेछन्।

प्रतियोगिताका विजेताले ३ लाख रुपैयाँ, उपविजेताले २ लाख रुपैयाँ, तृतीय स्थान हासिल गर्ने समूहले १ लाख रुपैयाँ तथा सान्त्वना पुरस्कारस्वरूप ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्। यसबाहेक उत्कृष्ट गायक, गायिका, नवगायक, नवगायिका, अनुशासित कलाकार तथा उत्कृष्ट भेषभूषामा प्रस्तुत हुने कलाकारलाई समेत विशेष पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

प्रतिष्ठानकी केन्द्रीय अध्यक्ष रिता थापा मगरको नेतृत्वमा आयोजना हुन लागेको प्रतियोगिताको अनुमानित बजेट ६८ लाख ४० हजार रुपैयाँ रहेको छ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

डिजिटल कन्टेन्ट मार्फत अन्तर्राष्ट्रिय पहिचान विस्तार गर्दै हृदय शर्मा

डिजिटल कन्टेन्ट मार्फत अन्तर्राष्ट्रिय पहिचान विस्तार गर्दै हृदय शर्मा

वि.सं.२०८३ साउन १० आइतवार १२:३९

मेलबर्न (अष्ट्रेलिया) — अष्ट्रेलियाको मेलबर्नमा बसोबास गर्दै आएका नेपाली मूलका...

तीज विशेष मौलिक गीत “नाच्ने आजै हो” लोकार्पण समारोह बिच सार्वजनिक

तीज विशेष मौलिक गीत “नाच्ने आजै हो” लोकार्पण समारोह बिच सार्वजनिक

वि.सं.२०८३ साउन ९ शनिवार १४:३५

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

“९ औँ राष्ट्रिय लोकदोहोरी अवार्ड – २०८३” को उत्कृष्ट पाँच मनोनयन सार्वजनिक कार्यक्रम भब्य रुपमा सम्पन्न

“९ औँ राष्ट्रिय लोकदोहोरी अवार्ड – २०८३” को उत्कृष्ट पाँच मनोनयन सार्वजनिक कार्यक्रम भब्य रुपमा सम्पन्न

वि.सं.२०८३ साउन ४ सोमवार ०९:१८

काठमाडौं। “अग्रजलाई सम्मान, नव प्रतिभालाई प्रोत्साहन” भन्ने मुल नारा सहित...

लोकप्रिय गायक एबं सर्जक बिष्णु खत्रीको नयाँ गीत “अस्ट्रेलिया सिड्नी” सार्वजनिक

लोकप्रिय गायक एबं सर्जक बिष्णु खत्रीको नयाँ गीत “अस्ट्रेलिया सिड्नी” सार्वजनिक

वि.सं.२०८३ साउन २ शनिवार १३:३२

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

राम कुमार कार्की र देबी घर्तीको स्वरमा मार्मिक गीत “डुब्नै लाग्या घामको” सार्वजनिक (भिडियो सहित)

राम कुमार कार्की र देबी घर्तीको स्वरमा मार्मिक गीत “डुब्नै लाग्या घामको” सार्वजनिक (भिडियो सहित)

वि.सं.२०८३ असार २७ शनिवार १२:०२

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

गायिका पार्वती बिश्वकर्माको आफ्नै जिवन कथामा आधारित गीत “तिम्रो याद” सार्वजनिक

गायिका पार्वती बिश्वकर्माको आफ्नै जिवन कथामा आधारित गीत “तिम्रो याद” सार्वजनिक

वि.सं.२०८३ असार २७ शनिवार ०९:२३

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...