“लोक दोहोरी च्याम्पियन” पत्रकार भेटघाट कार्यक्रम सम्पन्न, असोज ३ गतेदेखि दर्शक माझ आउने

काठमाडौं । रगोन स्टुडियो प्रा.लि.को ब्यानरमा निर्माण भइरहेको चर्चित लोकदोहोरी कार्यक्रम “लोक दोहोरी च्याम्पियन” को पत्रकार भेटघाट कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा “लोक दोहोरी च्याम्पियन” को उद्देश्य, निर्माण टोली, निर्णायक मण्डल तथा प्रसारणसम्बन्धी जानकारी सार्वजनिक गरिएको हो।

नेपाली मौलिक लोकदोहोरीको संरक्षण, प्रवर्द्धन गर्दै नयाँ प्रतिभालाई अवसर दिने उद्देश्यले कार्यक्रम निर्माण गरिएको कार्यक्रम प्रमुख अनुपम गौतमले जानकारी दिए। कार्यक्रमको निर्देशन माधव राज खरेलले गर्नेछन भने निर्णायक मण्डलमा पुरुषोत्तम न्यौपाने, रीता थापा मगर, पशुपति शर्मा र अमृत खाती रहेका छन्। कार्यक्रमको सञ्चालन दिनेश काफ्ले र इप्सल सञ्ज्यालले गर्नेछन्।

त्यस्तै, कार्यक्रम व्यवस्थापन रामप्रसाद अवस्थीले सम्हाल्नेछन् भने, प्रतियोगी सम्योजकमा दिपक खड्का, सङ्गीत निर्देशकमा राजु ढकाल, मेन्टर/ कोचमा शिव हमाल, प्रोडक्सनमा गिरिराज ढकालले हेर्नेछन्। उक्त “लोक दोहोरी च्याम्पियन” छायांकन निर्देशनमा हेमन्त कटुवालले सम्हाल्ने छन भने ब्राण्ड एम्बेस्डरमा शिरिश देवकोटा र कार्यक्रम परामर्श दाताको रुपमा सुवास केसीलाई अनुबन्धित गरिएको छ।

“लोक दोहोरी च्याम्पियन” को टेलिभिजन पार्टनर इमेज टेलिभिजन HD, डिजिटल पार्टनर म्युजिक नेपाल ,भोटिङ पार्टनर खल्ति बाइ आइ एम ई , हस्पिटालिटी पार्टनर प्यासिफिक हस्पिटालिटी र ओपल ग्लोबल रहेको छ भने,फुड पार्टनरमा साप फाल्चा जोडिएको छ। आयोजकका अनुसार कार्यक्रमलाई आगामी असोज ३ गतेदेखि दर्शकमाझ ल्याउने तयारी भइरहेको छ। रगोन स्टुडियोको ब्यानरमा निर्माण भइरहेको यस कार्यक्रमले नेपाली लोकदोहोरी क्षेत्रमा रहेका प्रतिभालाई खोजी गर्दै उनीहरूलाई ठूलो मञ्च प्रदान गर्ने लक्ष्य लिएको छ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बाढीबाट प्रभावित कलाकार तथा उनीहरूका परिवारलाई राहत तथा सहयोग उपलब्ध गराउने

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बाढीबाट प्रभावित कलाकार तथा उनीहरूका परिवारलाई राहत तथा सहयोग उपलब्ध गराउने

वि.सं.२०८३ भदौ १९ शुक्रवार ११:११

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बाढीबाट...

गायिका सपना रोकाको नयाँ गीत “त्यो केटाले हेर्‍यो” चर्चामा

गायिका सपना रोकाको नयाँ गीत “त्यो केटाले हेर्‍यो” चर्चामा

वि.सं.२०८३ भदौ १९ शुक्रवार १०:४०

काठमाडौं। प्रतियोगितात्मक दोहोरी गायिका तथा ‘इन्द्रेणी दोहोरी तारा’ सपना रोकाको...

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै रमेश बिक्रम रत्नको गीत “रसुवामा भेल” सार्वजनिक

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै रमेश बिक्रम रत्नको गीत “रसुवामा भेल” सार्वजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार ११:३५

काठमाडौं। भदौ १० गतेका दिन तिब्बतबाट रसुवा तर्फ आएको भोटेकोसीको...

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै सुजन बराईलीको “रसुवाको बाढी र पहिरो” नामक गीत सार्वजनिक

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै सुजन बराईलीको “रसुवाको बाढी र पहिरो” नामक गीत सार्वजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार ११:०९

काठमाडौं। भदौ १० गतेका दिन तिब्बतबाट रसुवा तर्फ आएको भोटेकोसीको...

चर्चित गायिका टीका पुनको स्वरमा “धनले के गर्‍यो” बोलको मर्मस्पर्शी तीज गीत सार्वजनिक

चर्चित गायिका टीका पुनको स्वरमा “धनले के गर्‍यो” बोलको मर्मस्पर्शी तीज गीत सार्वजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार १०:२०

काठमाडौं । हरितालिका तीज नजिकिँदै गर्दा नेपाली सांगीतिक बजारमा नयाँ–नयाँ...

राम प्रसाद पाठक र राधिका हमालको स्वरमा “अब त लाहुरे आउँछ भनेर” गीत सार्बजनिक

राम प्रसाद पाठक र राधिका हमालको स्वरमा “अब त लाहुरे आउँछ भनेर” गीत सार्बजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार १०:१४

काठमाडौ। गायक तथा पत्रकार रामप्रसाद पाठक र गायिका राधिका हमालको...