अमेरिकामा जन्मिएर, हुर्किएर पनि नेपाली गीत संगीत प्रति लगाब, माया मोह देखाउने बाल प्रतिभा अभिक अधिकारीको “कृष्ण कन्हैया” नामक भजन गीत सार्वजनिक
वि.सं.२०८३ भदौ २० शनिवार ०९:१३
काठमाडौं। भदौ १० गतेका दिन तिब्बतबाट रसुवा तर्फ आएको भोटेकोसीको बाढीले धनजनको क्षती हुनुका साथै मानबिय क्षती पनि भायो। कतिपयले ज्यान गुमााए त कति अझै बेपत्ता भएका छन्। जिवित ब्यक्तिहरु बाढीबाट प्रभाबित भएका छन्। बाढीबाट प्रभाबितहरुको लागी नेपाल सरकार तथा प्रधानमन्त्री दैबी प्रकोप उद्धार कोषमा देश तथा बिदेशबाट आर्थिक सहयोग संगै राहतहरु प्रदान पनि भएका छन्।
अमेरिकामा बसोबास गर्दै आईरहेका समाजसेबी तथा कलाकार किरण अधिकारीका सुपुत्र अभिक अधिकारीको “कृष्ण कन्हैया” नामक भजन गीत सार्वजनिक भएको छ। यस गीतमा अभिक अधिकारीको स्वर रहेको छ भने राजु परियारको शब्द, संगीत, नारायण दंगालको एरेञ्ज, मनोज परियारको मिक्सिङ रहेको छ। गीतको भिडियोमा मिलन श्रेष्ठको निर्देशन, दिनेश खनालको छायांकन, रोशन धितालको समपादन रहेको छ।
उक्त गीतको भिडियोमा अभिक अधिकारी, अञ्जु अधिकारी, आरिका अधिकारी, बिशेष रोका, त्रियान श्रेष्ठ, प्रजिब श्रेष्ठ, कर्म कुमारी श्रेष्ठ, ईशिका दयाल, श्रीया दंगाल आदीको अभिनय रहेको छ। यस गीतलाई किरण अधिकारीको युटुब च्यानलबाट सार्वजनिक गरिएको हो।
रसुवाको बिपत्तीलाई सम्झेर भाबुक हुँदै किरण अधिकारीले आफ्नो छोरा अभिक अधिकारीको बारेमा आफ्नो फेसबुक वालमा यस्तो भाबुक स्टाटस लेखेका छन्ः “मेरो जन्मभूमीमा परेको विपत्तिले मन अत्यन्तै दुःखी भएको छ। यस्तो दुःखद् परिस्थितीमा गीत सार्वजनिक गर्नु हाम्रो रहर वा उत्सव मनाउने चाहना कदापी होइन। यो गीत सार्वजनिक गर्ने तयारी गरेकै दिन नेपालमा विपत्ती आइपरेपछि हामीले तत्काल गीत सार्वजनिक गर्ने निर्णय रोक्यौँ। तर यो गीत श्रीकृष्ण जन्माष्टमीको महिमा र भगवान् श्रीकृष्णप्रतिको आस्थासँग सम्बन्धित भएकाले, साथै अमेरिकामा जन्मिएर हुर्किएको हाम्रो छोराले नेपाली गीत–संगीत प्रती देखाएको गहिरो मोह, प्रेम र निरन्तर आग्रहका कारण अन्ततः यो गीत सार्वजनिक गर्ने निर्णय गरेका छौँ।
प्रदेशमा जन्मिएर हुर्किए पनि आफ्नो मातृभूमि, भाषा, संस्कृति र नेपाली गीत–संगीत प्रति छोराले देखाएको यो लगाव हाम्रा लागि खुसी र गर्वको विषय हो। यही प्रेमलाई सम्मान गर्दै, छोराको आग्रह र श्रीकृष्ण जन्माष्टमीको पावन अवसरलाई ध्यानमा राखेर यो सानो प्रयास गरेका हौँ। यसका साथै, यो गीतबाट भविष्यमा कुनै आम्दानी हुन सकेमा त्यसबाट प्राप्त रकम नेपालमा परेको विपत्तिका प्रभावितहरूलाई सहयोग गर्ने जानकारी गराउन चाहन्छौँ। गीतबाट प्राप्त आम्दानीलाई सकेसम्म मानवीय सहयोगमा प्रयोग गर्ने हाम्रो प्रतिबद्धता रहनेछ।
तर आजको यो खुसी भन्दा हाम्रो मन जन्मभूमिमा परेको विपत्ती प्रति नै केन्द्रित छ। विपत्तीमा परी ज्यान गुमाउनुहुने सम्पूर्णप्रति हार्दिक श्रद्धाञ्जली तथा शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौँ। घाइते तथा प्रभावित सम्पूर्णमा शीघ्र स्वास्थ्यलाभ र सुरक्षित जीवनको कामना गर्दछौँ। यो गीतलाई केवल मनोरञ्जनका रूपमा नभई हाम्रो भाषा, संस्कृति, पुस्तौँपुस्तासम्म नेपालीपन जोगाउने एउटा सानो प्रयास र सम्भव भएसम्म विपत्तीमा परेका नेपाली दाजुभाइ तथा दिदी बहिनीहरू प्रति सहयोगको माध्यमका रूपमा ग्रहण गरिदिनुहुन सबैमा विनम्र अनुरोध गर्दछौँ।”
भिडियो हेर्न तलको लिंक किलक गर्नुहोला।
वि.सं.२०८३ भदौ २० शनिवार ०९:१३















