वार्षिक आय व्यय विवरण नबुझाउने र कानुन पालना नगर्ने ४१ दल खारेज

काठमाडौं । निर्वाचन आयोगले पटकपटक ताकेता गर्दा समेत वार्षिक आय व्यय विवरण नबुझाउने र कानुन पालना नगर्ने ४१ दल खारेज गरिदिएको छ । आयोगको मंगलबार बसेको बैठकले लगातार तीन वर्षसम्म लेखापरीक्षण प्रतिवेदन समयभित्रै आयोगमा नबुझाउने ती दल बुधबारबाट लागू हुनेगरी दर्ता खारेज गरेको हो ।

दर्ता खारेज हुनेमा अखण्ड नेपाल पार्टी, हाम्रो नेपाल पार्टी, राष्ट्रिय चुरेभावर पार्टी, राष्ट्रिय शिवसेना पार्टी, नेपाली कांग्रेस राष्ट्रवादी, चुरेभावर राष्ट्रिय पार्टी, हिन्दू प्रजातान्त्रिक पार्टी लगायत छन् । यी दलको नाम, झण्डा, चिह्न दर्ता एक वर्षसम्म अन्य कुनै दलले प्रयोग गर्न नपाउने निर्णयसमेत गरेको आयोग प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

४१ दल खारेजीपछि आयोगमा १ सय ३६ दल दर्ता रहेकोमा अब ९५ मात्र कायम रहने उनले बताए । आयोगले दर्ता खारेज राजनीतिक दल केन्द्रीय पदाधिकारी र सदस्यको नामनामेसीसहितको छुट्टाछुट्टै विवरण तयार गरी जरिवाना रकम ५० हजार सरकारी बाँकीसरह असुलउपर गर्न कुमारी चोक तथा केन्द्रीय तहसिल कार्यालय बबरमहल काठमाडौंमा लेखी पठाएको छ ।

आयोगको पत्रमा जरिवाना असुलउपर नभएसम्मको अवधिका लागि खारेज भएका दलका केन्द्रीय पदाधिकारी तथा सदस्यले नयाँ दल दर्ता गर्न र आयोगमा दर्ता कायम दलको पदाधिकारी बन्न नपाउनेसमेत बताएको छ । राजनीतिक दलसम्बन्धी ऐन, २०७३ बमोजिम आयोगमा दर्ता दलले आयव्ययको वास्तविक हिसाबकिताब देखिनेगरी लेखा राख्नुपर्ने र आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र कानुनबमोजिम इजाजत प्राप्त लेखा परीक्षकबाट परीक्षण गराई एक महिनाभित्र आयोगमा पेस गर्नुपर्ने व्यवस्था छ ।

अवधि समाप्त भएको ४५ दिनभित्र त्यस्ता दललाई लेखा परीक्षण प्रतिवेदन पेस नगर्नुको कारण खुलाई स्पष्टिकरण आदेश दिन सक्ने र स्पष्टिकरण पेस गर्नुपर्ने भन्ने व्यवस्था ऐनमा छ । राजनीतिक दलसम्बन्धी ऐन, २०७३ बमोजिमको कसूर एकपटकभन्दा बढी गरेमा वा दिएको आदेश एक वर्षभित्र पालना नगरेमा वा तोकिएको जरिवाना नबुझाएमा त्यस्ता दलको दर्ता खारेज गर्नसक्नेसमेत कानुनी व्यवस्था छ ।

दर्ता खारेज दल
१. राष्ट्रिय त्रिमूल बहुजन समाजवादी पार्टी
२. राष्ट्रिय जनएकता पार्टी
३. हाम्रो पार्टी
४. नयाँ संघीयता जनधारणा पार्टी
५. मातृभूमि नेपाल पार्टी
६. नेपाल नागरिक पार्टी
७. नागरिक समाजवादी पार्टी
८. देशभक्त पर्यावरणीय सामाजिक (देपसा)
९. नेपाल न्यायिक दल
१०. अखण्ड नेपाल पार्टी
११. युवा शक्ति नेपाल पार्टी
१२. हाम्रो नेपाल पार्टी
१३. राष्ट्रिय चुरेभावर पार्टी
१४. राष्ट्रिय शिवसेना पार्टी
१५. श्रमिक जनता पार्टी–नेपाल
१६. नेपाः राष्ट्रिय पार्टी
१७. नेपाल प्रजातान्त्रिक प्रगतिशील पार्टी
१८. मधेस समता पार्टी नेपाल
१९. नेपाली कांग्रेस राष्ट्रवादी
२०. चुरेभावर राष्ट्रिय पार्टी
२१. हिन्दू प्रजातान्त्रिक पार्टी
२२. राष्ट्रिय पुनर्जागरण पार्टी
२३. युवा नेपाल पार्टी
२४. लिबरल डेमोक्रेटिक पार्टी
२५. नयाँ पिपुल्स पार्टी
२६. नेपाल लोकतान्त्रिक जनता कांग्रेस
२७. नेपाल गणतान्त्रिक एकता पार्टी
२८. तराई पहाड हिमाल समाज पार्टी
२९. चुरेभावर राष्ट्रिय एकता पार्टी नेपाल
३०. राष्ट्रिय जनता दल नेपाल
३१. लोक कल्याणकारी जनता पार्टी नेपाल
३२. बौद्धिक जनतान्त्रिक परिषद्, नेपाल
३३. राष्ट्रिय श्रमिक नागरिक पार्टी
३४. मूलबासी मुक्ति पार्टी
३५. देशभक्त लोकतान्त्रिक पार्टी
३६. संघीय लिम्बुवान, नेपाल
३७. नेपाल श्रमिक शक्ति पार्टी
३८. किरात खम्बुवान लोकतान्त्रिक पार्टी
३९. दलित मुस्लिम जनशक्ति पार्टी
४०. जनता पार्टी
४१. आजाद जनता पाटी

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

राम कुमार कार्की र देबी घर्तीको स्वरमा मार्मिक गीत “डुब्नै लाग्या घामको” सार्वजनिक (भिडियो सहित)

राम कुमार कार्की र देबी घर्तीको स्वरमा मार्मिक गीत “डुब्नै लाग्या घामको” सार्वजनिक (भिडियो सहित)

वि.सं.२०८३ असार २७ शनिवार १२:०२

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

गायिका पार्वती बिश्वकर्माको आफ्नै जिवन कथामा आधारित गीत “तिम्रो याद” सार्वजनिक

गायिका पार्वती बिश्वकर्माको आफ्नै जिवन कथामा आधारित गीत “तिम्रो याद” सार्वजनिक

वि.सं.२०८३ असार २७ शनिवार ०९:२३

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

भारतको बिहार राज्यस्थित सहरसामा आयोजित “रक्तदाता महाकुम्भ–२” कार्यक्रममा नेपाली साहित्यकार, समाजसेवी तथा राजनीतिक व्यक्तित्व इन्दिरा निरौला सम्मानित

भारतको बिहार राज्यस्थित सहरसामा आयोजित “रक्तदाता महाकुम्भ–२” कार्यक्रममा नेपाली साहित्यकार, समाजसेवी तथा राजनीतिक व्यक्तित्व इन्दिरा निरौला सम्मानित

वि.सं.२०८३ असार २५ बिहीवार १३:३९

सहरसा (बिहार)। भारतको बिहार राज्यस्थित सहरसामा आयोजित "रक्तदाता महाकुम्भ–२" कार्यक्रममा...

नेपाली सङ्गीतमा छुट्टै पहिचान बनाएका यम बराललाई मल्टिपल माइलोमा (रक्त क्यान्सर) भएको पुष्टि

नेपाली सङ्गीतमा छुट्टै पहिचान बनाएका यम बराललाई मल्टिपल माइलोमा (रक्त क्यान्सर) भएको पुष्टि

वि.सं.२०८३ असार २५ बिहीवार ०९:१४

काठमाडौं। नेपाली सङ्गीत क्षेत्रमा आफ्नो सुमधुर स्वरले लाखौँ श्रोताको मन...

आर. आर. एण्ड भालेश्वर ट्रेड कम्पनीको चरम लापरबाही, यसरी भएको छ कर्मचारीको मिलेमतोमा करोडौंको भ्याट तथा कर छली

आर. आर. एण्ड भालेश्वर ट्रेड कम्पनीको चरम लापरबाही, यसरी भएको छ कर्मचारीको मिलेमतोमा करोडौंको भ्याट तथा कर छली

वि.सं.२०८३ असार २१ आइतवार ०७:०६

काठमाडौं। धुनीबेशी नगरपालिकामा आर. आर. एण्ड भालेश्वर ट्रेड कम्पनीलाई परेको...

साँस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् नेपालद्धारा आयोजित “संगीत र प्रबिधी बिषयक अन्तरक्रिया कार्यक्रम” सम्पन्न

साँस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् नेपालद्धारा आयोजित “संगीत र प्रबिधी बिषयक अन्तरक्रिया कार्यक्रम” सम्पन्न

वि.सं.२०८३ असार २० शनिवार १२:४७

काठमडौं। साँस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् नेपालद्धारा आयोजित "संगीत र...