कोरोना संक्रमित व्यक्तिको आँसुबाट पनि भाइरसको संक्रमण फैलने खतरा

कोरोना संक्रमित व्यक्तिको आँसुबाट पनि भाइरसको संक्रमण फैलने खतरा छ । यस्तोमा आँखाका डाक्टरलाई थप सावधान रहन सल्लाह दिइएको छ । भारतको अमृतसरको सरकारी मेडिकल कलेजले एक अनुसन्धानमा यस्तो दाबी गरेको छ । यो शोधका लागि बिरामीको आरटी–पीसीआर रिपोर्ट आउनु ४८ घण्टा भित्र आँसुको नमूना लिइएको थियो ।

अनुसन्धानका अनुसार अक्युलर मेनिफेस्टेशन भएका रोगीको आँसु कोरोना संक्रमणको सम्भावित कारण हुनसक्छ । अक्युलर मेनिफेस्टेशन त्यो लक्षण हो जसले शरीरमा देखिएको कुनै रोगका कारण आँखामा असर पार्छ ।

१२० बिरामीमा गरियो अनुसन्धानः

अमृतसरको सरकारी मेडिकल कलेजले कोरोनाका १२० बिरामीमा यो अनुसन्धान गरेको हो । रिपोर्टमा पत्ता लागे अनुसार ६० बिरामीमा आँसुमार्फत् भाइरस शरीरको अन्य हिस्सामा पुग्यो, जबकी ६० बिरामीमा यस्तो भएन ।

४१ बिरामीमा कन्जक्टिवल हाइपरमिया, ३८ मा फोलिक्युलर रियाक्सन, ३५ मा केमोसिस, २० बिरामीमा म्युकोइड डिस्चार्ज र ११ लाई चिलाउने समस्या देखिएको थियो । यस्तै अक्युलर मेनिफेस्टेशन भएका लगभग ३७ प्रतिशत बिरामीमा कोरोना भाइरसको आंशिक लक्षण देखियो । अन्य ६३ प्रतिशतमा संक्रमणको गम्भीर लक्षण देखियो ।

मेडिकल कर्मचारी र डाक्टर सतर्क रहुन्ः

यो अनुसन्धान डा। प्रेमपाल कौर, डा। गौरांग सहगल, डा। शैलप्रित, केडी सिंह र भावकरण सिंहले गरेका हुन् । शोध रिपोर्टका अनुसार कोरोनाद्वारा संक्रमित बिरामीको आँसु उनीहरुको हेरविचारमा लागेका स्वास्थ्यकर्मीका लागि संक्रमणको स्रोत हुनसक्छ ।

यस्तोमा स्वास्थ्यकर्मी र आँखाका डाक्टरका लागि अत्यधिक सावधानी अपनाउन सल्लाह दिइएको छ । उनीहरुलाई विशेषगरी आँखा, नाक र मुखको परीक्षण गर्ने बेला सावधानी अपनाउन भनिएको छ ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

रामकृष्ण ढकाल, तृप्ती खड्का गुरुङ्गको युगल स्वरमा “छ माया छपक्कै” सार्वजनिक

रामकृष्ण ढकाल, तृप्ती खड्का गुरुङ्गको युगल स्वरमा “छ माया छपक्कै” सार्वजनिक

वि.सं.२०८२ जेठ ५ सोमवार ०६:५४

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको सूचना अधिकारीमा गणेश विक

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको सूचना अधिकारीमा गणेश विक

वि.सं.२०८२ जेठ ४ आइतवार १२:५५

काठमाडौं, ४ जेठ । पत्रकार गणेश विक नेपाल पत्रकार महासंघ...

लोक दोहोरी ब्यवसायी संघ केन्द्रिय समितीको आयोजनामा “स्वागत तथा भेटघाट कार्यक्रम” सम्पन्न

लोक दोहोरी ब्यवसायी संघ केन्द्रिय समितीको आयोजनामा “स्वागत तथा भेटघाट कार्यक्रम” सम्पन्न

वि.सं.२०८२ जेठ ४ आइतवार ०५:५४

काठमाडौं। जेठ ३ गतेका दिन "लोक दोहोरी ब्यवसायीहरुको एक्यबद्धता, कला...

गायक एबं संगीतकार गोबिन्द मधुर आचार्यको नयाँ गीत “केलाई हतार” सार्वजनिक

गायक एबं संगीतकार गोबिन्द मधुर आचार्यको नयाँ गीत “केलाई हतार” सार्वजनिक

वि.सं.२०८२ जेठ २ शुक्रवार ०९:३५

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

दशक पत्रकारिता सम्मानद्धारा सबिता पोखरेल नगद रु ११,१११/- सहित सम्मानित

दशक पत्रकारिता सम्मानद्धारा सबिता पोखरेल नगद रु ११,१११/- सहित सम्मानित

वि.सं.२०८२ जेठ १ बिहीवार ०५:४३

काठमाडौं । तेस्रो संस्करणको राष्ट्रिय संगीत अवार्ड २०८२ भव्य रुपमा...

रमेश रोकाको नयाँ गीत “स्वर्ग” सार्वजनिक

रमेश रोकाको नयाँ गीत “स्वर्ग” सार्वजनिक

वि.सं.२०८२ जेठ १ बिहीवार ०५:२६

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...