कोरोना संक्रमित व्यक्तिको आँसुबाट पनि भाइरसको संक्रमण फैलने खतरा

कोरोना संक्रमित व्यक्तिको आँसुबाट पनि भाइरसको संक्रमण फैलने खतरा छ । यस्तोमा आँखाका डाक्टरलाई थप सावधान रहन सल्लाह दिइएको छ । भारतको अमृतसरको सरकारी मेडिकल कलेजले एक अनुसन्धानमा यस्तो दाबी गरेको छ । यो शोधका लागि बिरामीको आरटी–पीसीआर रिपोर्ट आउनु ४८ घण्टा भित्र आँसुको नमूना लिइएको थियो ।

अनुसन्धानका अनुसार अक्युलर मेनिफेस्टेशन भएका रोगीको आँसु कोरोना संक्रमणको सम्भावित कारण हुनसक्छ । अक्युलर मेनिफेस्टेशन त्यो लक्षण हो जसले शरीरमा देखिएको कुनै रोगका कारण आँखामा असर पार्छ ।

१२० बिरामीमा गरियो अनुसन्धानः

अमृतसरको सरकारी मेडिकल कलेजले कोरोनाका १२० बिरामीमा यो अनुसन्धान गरेको हो । रिपोर्टमा पत्ता लागे अनुसार ६० बिरामीमा आँसुमार्फत् भाइरस शरीरको अन्य हिस्सामा पुग्यो, जबकी ६० बिरामीमा यस्तो भएन ।

४१ बिरामीमा कन्जक्टिवल हाइपरमिया, ३८ मा फोलिक्युलर रियाक्सन, ३५ मा केमोसिस, २० बिरामीमा म्युकोइड डिस्चार्ज र ११ लाई चिलाउने समस्या देखिएको थियो । यस्तै अक्युलर मेनिफेस्टेशन भएका लगभग ३७ प्रतिशत बिरामीमा कोरोना भाइरसको आंशिक लक्षण देखियो । अन्य ६३ प्रतिशतमा संक्रमणको गम्भीर लक्षण देखियो ।

मेडिकल कर्मचारी र डाक्टर सतर्क रहुन्ः

यो अनुसन्धान डा। प्रेमपाल कौर, डा। गौरांग सहगल, डा। शैलप्रित, केडी सिंह र भावकरण सिंहले गरेका हुन् । शोध रिपोर्टका अनुसार कोरोनाद्वारा संक्रमित बिरामीको आँसु उनीहरुको हेरविचारमा लागेका स्वास्थ्यकर्मीका लागि संक्रमणको स्रोत हुनसक्छ ।

यस्तोमा स्वास्थ्यकर्मी र आँखाका डाक्टरका लागि अत्यधिक सावधानी अपनाउन सल्लाह दिइएको छ । उनीहरुलाई विशेषगरी आँखा, नाक र मुखको परीक्षण गर्ने बेला सावधानी अपनाउन भनिएको छ ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

लघु चलचित्र “आश्रम” र मर्मस्पर्शी गीत “कति बस्छौ माइतीघर” को म्युजिक भिडियोको प्रिमियर शो सम्पन्न

लघु चलचित्र “आश्रम” र मर्मस्पर्शी गीत “कति बस्छौ माइतीघर” को म्युजिक भिडियोको प्रिमियर शो सम्पन्न

वि.सं.२०८३ साउन २४ आइतवार ०६:५०

काठमाडौं । लघु चलचित्र "आश्रम" र मर्मस्पर्शी गीत "कति बस्छौ माइतीघर"...

रमेश बिक्रम रत्नको पृथक तीज कोसेली “नाचिदेउ गौथली” सार्वजनिक

रमेश बिक्रम रत्नको पृथक तीज कोसेली “नाचिदेउ गौथली” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार १२:४०

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

आशा बिश्वकर्मा लगायत अन्य कलाकारहरुको अभिनयमा मौलिक तीज गीत “मै प्यारी छोरी” सार्वजनिक

आशा बिश्वकर्मा लगायत अन्य कलाकारहरुको अभिनयमा मौलिक तीज गीत “मै प्यारी छोरी” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार १२:०७

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

प्रबिन खड्काको नयाँ गीत “मानपुर रामेछाप” सार्वजनिक

प्रबिन खड्काको नयाँ गीत “मानपुर रामेछाप” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार ११:२६

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

प्याब्सन लिटिल आइडलको नयाँ संस्करण सुरु

प्याब्सन लिटिल आइडलको नयाँ संस्करण सुरु

वि.सं.२०८३ साउन १९ मंगलवार १०:४७

काठमाडौं। शैक्षिक कोर्समा नसमेटिएका तर समयअनुसार विद्यार्थीका लागि आवश्यक विषयबारे...

लोकप्रिय मोडल सम्झना बुढाथोकीको तीज गीत “अत्तिनै गाह्रो भो” सार्वजनिक

लोकप्रिय मोडल सम्झना बुढाथोकीको तीज गीत “अत्तिनै गाह्रो भो” सार्वजनिक

वि.सं.२०८३ साउन १८ सोमवार १२:५१

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...