टोकियो ओलम्पिकमा २ सय मिटर दौड तर्फको स्वर्ण क्यानडाका आन्द्रे डि ग्रासीले जिते
वि.सं.२०७८ साउन २१ बिहीवार ०५:४८
टोकियो ओलम्पिकमा २ सय मिटर दौड तर्फको स्वर्ण क्यानडाका आन्द्रे डि ग्रासीले जितेका छन् । छोटो दूरीका यी धावकले यसअघि ओलम्पिकमा चार पटक पदक जिते पनि स्वर्ण जित्न सकेका थिएनन् ।
ओलम्पिकमा आफ्नो पहिलो स्वर्ण जित्ने क्रममा उनले दोस्रो स्थानका केन्नी बेडनरेक र विश्व च्याम्पियन नोआ लाईलिसलाई पछि पारे । ग्रेसीले १९ दशमलव ६२ सेकेन्डमा दौड पूरा गरे ।
वि.सं.२०७८ साउन २१ बिहीवार ०५:४८