विघटित भूमिसम्बन्धी समस्या समाधान आयोगबाट ११ लाख ८० हजार ७ सय ६१ परिवारको लगत सङ्कलन

विघटित भूमिसम्बन्धी समस्या समाधान आयोगले असार मसान्त सम्ममा देशभर भूमिहीन दलित र भूमिहीन सुकुमबासी २ लाख ४७ हजार ९६० र अव्यवस्थित बसोवासी ९ लाख ३२ हजार ८०१ समेत ११ लाख ८० हजार ७ सय ६१ परिवारको लगत सङ्कलन भएको जनाएको छ ।

विघटित आयोगका तर्फबाट विज्ञप्ति मार्फत दिइएको जानकारी अनुसार भूमिहीन दलित, भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोबासीको पहिचान, सत्यापन र प्रमाणीकरणका लागि ७४७ स्थानीय तहसँग समझदारी भइ कार्य अघि बढाइएको थियो । समझदारी गरिएकामध्ये लगत संकलनका लागि ५१३ स्थानीय तहको ३५ दिने सूचना प्रकाशन भइ बढी समस्या भएका ३१९ स्थानीय तहको लगत संकलन कार्य सम्पन्न भएको जनाइएको छ । संकलित लगतलाई स्थानीय तहले सत्यापन गरिरहेको पनि जनाइएको छ ।

आयोगले भूमिसम्बन्धी ऐन, नियम अनुरूप संघ, प्रदेश र स्थानीय सरकार एवं नागरिक संघरसमूह समेतको समन्वयमा तोकिएको उद्देश्य हासिल हुने गरी व्यवस्थित रूपले कार्य गर्दै आइरहेको अवस्थामा गठन आदेशमा तोकिएको ३ वर्षे समयावधि अगावै सरकारले आयोग विघटन गरेको छ ।

स्थानीय तहबाट प्राप्त तथ्यांकको प्रविष्टि, अव्यवस्थित बसोबासीहरूको वर्गीकरण, मूल्य निर्धारण, वडागत र पालिकास्तरको प्रतिवेदन, फिल्डबुक, श्रेस्ता, पुर्जा आदि तयार गर्न मिल्ने प्रणाली विकास गरिएको जनाइएको छ । हालसम्म २२२ स्थानीय तहबाट १ लाख ८२ निवेदन प्रणालीमा प्रविष्टि गरिएको विघटित आयोगका तर्फबाट जानकारी दिइएको छ ।

विगतका आयोग, समिति वा कार्यदलले वितरण गरेका जग्गाको स्वामित्व, दर्ता श्रेस्ता वा नक्सा प्रमाणितसम्बन्धी ३५ दिने सूचना प्रकाशन भइ प्राप्त भएका ४३ हजार ८ सय ५५ निवेदनको छानविन प्रक्रिया सुरु गरी निर्णय गर्ने अवस्थामा पुगेको जनाइएको छ ।

विघटित आयोगका तर्फबाट दिइएको जानकारी अनुसार ११४ स्थानीय तहमा जग्गा नाप नक्साको कार्य सुरु भइ पहिलो चरणमा भूमिहीन दलित र भूमिहीन सुकुमबासी परिवारका लागि जग्गा वितरण कार्यको तयारी अन्तिम अवस्थामा पुगेको छ । यस कार्यमा आयोगको ३७२ र स्थानीय तहबाट २४६ गरी ६१८ जना प्राविधिक जनशक्ति परिचालित भएका र कुल ८ हजार ३५४ बिघा जग्गाको नापनक्सा सम्पन्न भएको जनाइएको छ ।

भदौ मसान्तभित्र लगत संकलनको कार्य सम्पन्न गरी नापनक्सा भएका स्थानीय तहबाट क्रमशः जग्गा धनी पुर्जा वितरण कार्य सुरु गर्ने गरी कामलाई तीव्र बनाएको अवस्थामै आयोग विघटन भएको जिकिर पनि गरिएको छ । विघटित आयोगका अनुसार तेह्रथुम र झापामा पुर्जा वितरणको निर्णय भईसकेको छ भने पाल्पाको रामपुर, रसुवाको कालिका, दाङको बबही, झापाको कन्काई, नवलपरासीको कावासोती लगायतको स्थानीय तहमा पुर्जा वितरण पूर्व दावी विरोधको सूचना प्रकाशन भएको छ । यही अवस्थामा वर्तमान सरकारले विनाकारण आयोग विघटन गर्नाले सदियौंदेखि अन्यायमा पारिएका करिब १७ लाख परिवार भूमिहीन दलित, भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोबासीको आवास र भूमि प्राप्त गर्ने सपना अधुरो रहने स्थिति आएको हो ।

विघटित आयोगका तर्फबाट जारी विज्ञिप्तमा भनिएको छ,‘भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोबासीको लगत पहिचान, सत्यापन र प्रमाणीकरण कार्यको अधिकार स्थानीय सरकारलाई रहेको हुँदा यस कार्यलाई निरन्तरता दिन स्थानीय सरकारसमक्ष अनुरोध पनि गर्दछौँ ।’

भूमिहीन दलित, भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोवासीहरूलाई भूमिको व्यवस्था गर्ने बिषय संविधानमा उल्लेखित खाद्य सम्बन्धी हक ९धारा ३६०, आवासको हक ९धारा ३७०, दलितलाई आवास र कृषि जमिन ९धारा ४०० लगायतको कार्यान्वयनसँग सम्बन्धित छ । यसका लागि भूमिसम्बन्धी ऐन, २०२१ मा आवश्यक प्रावधान सहित दफा ५२ ९ख० को उपदफा ९६० मा आयोग गठन गर्ने व्यवस्था गरिएको छ । सोही अनुरूप भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने तथा अव्यवस्थित बसोबासीलाई व्यवस्थापन गर्ने प्रयोजनका लागि नेपाल सरकारबाट २०७७ वैशाख १ गते नेपाल राजपत्रमा सूचना प्रकाशन गरी भूमिसम्बन्धी समस्या समाधान आयोग गठन भएको थियो ।

आयोगले प्राप्त गरेको जिम्मेवारी सम्पादनका लागि भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोबासीको पहिचान र प्रमाणीकरणका आधार र मापदण्ड, भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोबासीको स्थानीय तहवाट लगत संकलन, विगतका आयोग, समिति र कार्यदलका अधुरा काम सम्पादन, अनुगमन, गुनासो सुनुवाइ र जग्गा वितरणसम्बन्धी ६ वटा कार्यविधि तर्जुमा गरी लागु भएको छ ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

“लोक दोहोरी च्याम्पियन” पत्रकार भेटघाट कार्यक्रम सम्पन्न, असोज ३ गतेदेखि दर्शक माझ आउने

“लोक दोहोरी च्याम्पियन” पत्रकार भेटघाट कार्यक्रम सम्पन्न, असोज ३ गतेदेखि दर्शक माझ आउने

वि.सं.२०८३ साउन २६ मंगलवार १३:५२

काठमाडौं । रगोन स्टुडियो प्रा.लि.को ब्यानरमा निर्माण भइरहेको चर्चित लोकदोहोरी...

लघु चलचित्र “आश्रम” र मर्मस्पर्शी गीत “कति बस्छौ माइतीघर” को म्युजिक भिडियोको प्रिमियर शो सम्पन्न

लघु चलचित्र “आश्रम” र मर्मस्पर्शी गीत “कति बस्छौ माइतीघर” को म्युजिक भिडियोको प्रिमियर शो सम्पन्न

वि.सं.२०८३ साउन २४ आइतवार ०६:५०

काठमाडौं । लघु चलचित्र "आश्रम" र मर्मस्पर्शी गीत "कति बस्छौ माइतीघर"...

रमेश बिक्रम रत्नको पृथक तीज कोसेली “नाचिदेउ गौथली” सार्वजनिक

रमेश बिक्रम रत्नको पृथक तीज कोसेली “नाचिदेउ गौथली” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार १२:४०

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

आशा बिश्वकर्मा लगायत अन्य कलाकारहरुको अभिनयमा मौलिक तीज गीत “मै प्यारी छोरी” सार्वजनिक

आशा बिश्वकर्मा लगायत अन्य कलाकारहरुको अभिनयमा मौलिक तीज गीत “मै प्यारी छोरी” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार १२:०७

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

प्रबिन खड्काको नयाँ गीत “मानपुर रामेछाप” सार्वजनिक

प्रबिन खड्काको नयाँ गीत “मानपुर रामेछाप” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार ११:२६

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

प्याब्सन लिटिल आइडलको नयाँ संस्करण सुरु

प्याब्सन लिटिल आइडलको नयाँ संस्करण सुरु

वि.सं.२०८३ साउन १९ मंगलवार १०:४७

काठमाडौं। शैक्षिक कोर्समा नसमेटिएका तर समयअनुसार विद्यार्थीका लागि आवश्यक विषयबारे...