म्याद गुज्रिएको बटर विक्री वितरण गरेको भन्दै अहिले डीडीसीको सबैतिर आलोचना

सरकारको स्वामित्वमा रहेको दुग्ध विकास संस्थानले म्याद गुज्रिएको बटरबाट बनेको तीन हजार मेट्रिकटन घिउ जापान पठाएको छ । उक्त घिउ पोखराको सुजल डेरीबाट ल्याई डीडीसीको गोदाममा राखिएको थियो । कोरोना महामारीको कारण विक्री नहुँदा धेरै दिनसम्म होल्ड भएका कारण उपभोग्य मिति सकिएको बताइन्छ । तर डीडीसीले सो बटरलाई घिउ बनाएर जापानलाई बेचेको छ ।

डिडिसीले जापानलाई मात्र होइन, त्यही बटर नेपाली उपभोक्तालाई समेत बेचेको छ । डीडीसीले करिब दुई लाख केजी म्याद सकिएको बटर आम उपभोक्तालाई बेचेको हो । सुजल डेरीबाट ल्याइएको बटरको प्याकमा कुनैमा आठ महिना अघि प्रयोगमा ल्याइ सक्नुपर्ने लेखिएको थियो भने कुनैमा १२ महिना अघि प्रयोगमा ल्याइ सक्नुपर्ने लेखिएको थियो । आठ महिना र १२ महिना म्याद सकिए पनि उपभोक्तालाई सो बटर बेचेर सकाएको छ ।

काठमाडौं महानगरपालिका अन्तर्गतको उपभोक्ता हित संरक्षण समितिले २०७७ असोजमा गरेको अनुगमनका क्रममा सो बटरको म्याद सकिएको भन्दै त्यसलाई विक्री वितरण नगर्न निर्देशन दिएको थियो । महानगरपालिकाले अनुगमन गरिसकेपछि कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत रहेको गुणस्तर नियामक संस्था खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पनि अनुगमन गर्दा बटरमा गुणस्तर न्युन पाइएको थियो ।

गोदाममा बटर प्याकेजिङ र भण्डारण अव्यवस्थित देखिएको थियो । त्यसपछि त्यसलाई विक्री वितरण नगर्न विभागले पनि भनेको थियो । साथै कृषि मन्त्रालयले पनि त्यसको अनुगमन गरेको थियो र यसको गुणस्तर के कस्तो भनि त्यसको यथार्थ जानकारी गराउन भनेको थियो ।

त्यसपछि प्रतिनिधिसभा अन्तर्गतको संसदीय समितिको उपभोक्ता हित संरक्षण समितिले पनि अनुगमन गरेको थियो । अनुगमनको क्रममा म्याद सकिएको बटर तथा घिउ विक्री भएको पाइएपछि विक्री वितरण रोक्न सो समितिले पनि भनेको थियो । तर डीडीसीले यी सबैलाई बेवास्ता गर्दै झण्डै दुई लाख केजी बटर विक्री वितरण गरिसकेको छ ।

डीडीसीले विक्री वितरण नरोकेपछि गत असारमा गुणस्तर विभागले जिल्ला अदालतमा डीडीसीविरुद्ध मुद्दा दायर गरेको थियो । विभागका महानिर्देशक उपेन्द्र रायले आफूहरुले अनुगमन गर्दा गोदाममा राखिएको बटरको प्याकेजिङ तथा स्टेरिङ्ग अव्यवस्थित रहेको र गुणस्तरको मापदण्ड अनुसार पनि नपाइएपछि त्यसको विरुद्ध अदालतमा मुद्दासमेत दायर गरेको बताए ।

यसका बाबजुद डीडीसीले बटर बिक्री गरिरह्यो । डीडीसीले सुजल डेरीबाट ल्याएको सबै बटर बिक्री वितरण गरिसकेको छ । डीडीसीका सूचना अधिकारी राजेन्द्र आर्याल भन्छन्, ‘हामीले बेचेको बटरमा म्याद सकिएको थिएन, बजारमा अफवाह फैलाइएको छ । अन्तर्राष्ट्रिय मापदण्डअनुसार बटरको म्याद १८ महिनाको हुन्छ, तर यसमा आठ महिना र १२ महिना लेखिएको थियो ।’

उनले उपभोगका लागि निर्धारित समय पनि नगुज्रेको दावी गरे । बटरमा हुनुपर्ने सबै गुणस्तर रहेको अवस्थामा आफूहरुले बिक्री वितरण गरेको उनले बताए । यो बटरको यथार्थ जानकारी आफूहरुले मन्त्रालयलाई गराईसकेको र त्यहाँब आउने निर्देशनअनुसार आफूहरु अगाडि बढ्ने उनले बताए ।

कोरोनाको कारण गरिएको लकडाउनमा दुग्धजन्य पदार्थ भण्डारमा होल्ड भएपछि डीडीसीले सरकारलाई पटक पटक ध्यानाकर्षण गराएको थियो । त्यसको बारेमा मन्त्रालयमा पटक पटक छलफल पनि भएको थियो । म्याद गुज्रिएको बटर विक्री वितरण गरेको भन्दै अहिले डीडीसीको सबैतिर आलोचना भइरहेको छ ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

“लोक दोहोरी च्याम्पियन” पत्रकार भेटघाट कार्यक्रम सम्पन्न, असोज ३ गतेदेखि दर्शक माझ आउने

“लोक दोहोरी च्याम्पियन” पत्रकार भेटघाट कार्यक्रम सम्पन्न, असोज ३ गतेदेखि दर्शक माझ आउने

वि.सं.२०८३ साउन २६ मंगलवार १३:५२

काठमाडौं । रगोन स्टुडियो प्रा.लि.को ब्यानरमा निर्माण भइरहेको चर्चित लोकदोहोरी...

लघु चलचित्र “आश्रम” र मर्मस्पर्शी गीत “कति बस्छौ माइतीघर” को म्युजिक भिडियोको प्रिमियर शो सम्पन्न

लघु चलचित्र “आश्रम” र मर्मस्पर्शी गीत “कति बस्छौ माइतीघर” को म्युजिक भिडियोको प्रिमियर शो सम्पन्न

वि.सं.२०८३ साउन २४ आइतवार ०६:५०

काठमाडौं । लघु चलचित्र "आश्रम" र मर्मस्पर्शी गीत "कति बस्छौ माइतीघर"...

रमेश बिक्रम रत्नको पृथक तीज कोसेली “नाचिदेउ गौथली” सार्वजनिक

रमेश बिक्रम रत्नको पृथक तीज कोसेली “नाचिदेउ गौथली” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार १२:४०

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

आशा बिश्वकर्मा लगायत अन्य कलाकारहरुको अभिनयमा मौलिक तीज गीत “मै प्यारी छोरी” सार्वजनिक

आशा बिश्वकर्मा लगायत अन्य कलाकारहरुको अभिनयमा मौलिक तीज गीत “मै प्यारी छोरी” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार १२:०७

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

प्रबिन खड्काको नयाँ गीत “मानपुर रामेछाप” सार्वजनिक

प्रबिन खड्काको नयाँ गीत “मानपुर रामेछाप” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार ११:२६

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

प्याब्सन लिटिल आइडलको नयाँ संस्करण सुरु

प्याब्सन लिटिल आइडलको नयाँ संस्करण सुरु

वि.सं.२०८३ साउन १९ मंगलवार १०:४७

काठमाडौं। शैक्षिक कोर्समा नसमेटिएका तर समयअनुसार विद्यार्थीका लागि आवश्यक विषयबारे...