शुभ अधिकारी ट्राभल्सले काठमाडौँ साँखु देखि पोखरा सम्मको सुविधा सम्पन्न बस सेवा सुरु गर्दै

काठमाडौं, २९ पुस ।  शुभ अधिकारी ट्राभल्सले काठमाडौँ साँखु देखि पोखरा सम्मको सुविधा सम्पन्न बस सेवा सुरु गर्दै छ । विशेष गरी धार्मिक आस्थाको केन्द्र बनेको साखुमा पौष सुक्ल पुर्णिामा देखि एक महिना सम्म लाग्ने माधव नारायण मेलालाई मध्य नजर गर्दै सहज रूपमा स्वस्थानी माता र लावण्य देश ( हाल साखु ) को बस सेवा सञ्चालन गर्न लागेको शुभ अधिकारी ट्राभल्सले जनाएको छ ।

 

विशेष गरी पर्यटकीय राजधानी पोखरालाई सङ्घीय राजधानी काठमाडौँसम्म जोड्ने गरी प्रालिले सुविधा सम्पन्न बस सञ्चलन गरिरहेको छ । यसैक्रममा प्रालिले काठमाडौँको साँखुदेखि पोखरासम्म ’लक्जरियस बस सेवा, आरामदायी सोफा, खाजाको सुविधा सहित बसमा ब्लाङ्केट तथा एसी सहित चार्ज गर्ने व्यवस्था सहितको सुविधा सम्पन्न बस सञ्चालन गर्न लागेको छ । साथै एसी तथा हिटरको सुविधा रहेको बसमा यात्रुलाई ब्लाङकेट, वेलकम स्न्याक्स, वाइफाइ लगायतको सुविधा पनि उपलब्ध छन् ।

सार्वजनिक यातायातको क्षेत्रमा लामो समयदेखि काम गर्दै आइरहेको शुभ अधिकारी ट्राभल्स प्रालिले अत्याधुनिक सुविधा सम्पन्न बसमा लगानी विस्तार गरिरहेको छ । मात्र १२ सय रुपैयाँ भाडादरमा ‘भिआइपी’ बसमा यात्रु गर्ने अवसर ग्राहकले प्राप्त गर्ने जानकारी सन्चालक सज्जन अधिकारीले जानकारी दिए ।

 

‘हामीले यात्रुको सुविधालाई ध्यानमा राख्दै अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक सुविधा सम्पन्न बसमा लगानी विस्तार गरेका छौँ,’ उनले भने ।

 

पोखराको जिरो किमीबाट छुट्ने बस लेकसाइड, मुस्ताङचोक, पृथ्वीचोक हुँदै काठमाडौंका लागि प्रस्थान गर्नेछ । यात्रुले ई सेवा लगायत अनलाइनबाट पनि बसको टिकट बुकिङ गर्न सक्ने जनाइएको छ । प्रा.लि.ले पोखरा काठमाडौंका लागि दैनिक र रात्रिकालीन सेवामा बस सञ्चालन गरिरहेको अधिकारीले जानकारी दिए । बिहान ६सन्३० बजे र साँझ ६ : ३० बजे काठमाडौँको साखु बाट बस पोखराको लागि छुट्ने छ।

 

टिकट बुकिङका लागि काठमाडौँको लागि ०१ ४९१३८८८,०१४९१००३८ मोबाइल ९८२५१४०५८३ र पोखरा को लागि ०६१ ५४३६४९ ,०६१ ५७३५२४ तथा ९८४६०२२९३३ मा कल गरी बुकिङ समेत गर्न सकिने जानकारी सुभ अधिकारी ट्राभल्स का उमेश खडका ले जानकारी दिए।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

“बिश्वब्यापी आवधिक समिक्षा – २०२५” को संयुक्त प्रतिबेदन तयारी राष्ट्रिय परामर्श गोष्ठी कार्यक्रम सम्पन्न

“बिश्वब्यापी आवधिक समिक्षा – २०२५” को संयुक्त प्रतिबेदन तयारी राष्ट्रिय परामर्श गोष्ठी कार्यक्रम सम्पन्न

वि.सं.२०८२ असार ३१ मंगलवार ०९:२३

काठमाडौं। नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ (NNDSWO) को समन्वयमा...

सोंपाल समाज यूकेको “गृष्मकालिन भेटघाट कार्यक्रम” सम्पन्न

सोंपाल समाज यूकेको “गृष्मकालिन भेटघाट कार्यक्रम” सम्पन्न

वि.सं.२०८२ असार ३० सोमवार १५:४०

लन्डन । सोंपाल समाज यूकेको "गृष्मकालिन भेटघाट कार्यक्रम" सम्पन्न भएको...

“ईन्द्रेणी दोहोरी तारा २०८२” मा सपना रोका प्रथम

“ईन्द्रेणी दोहोरी तारा २०८२” मा सपना रोका प्रथम

वि.सं.२०८२ असार २९ आइतवार १३:४०

काठमाडौं।  सुष्मा ठकुरी फाउन्डेशन नेपालद्वारा असार २७ र २८ गते...

नक्कली होटल बुकिङमार्फत मानव तस्करी बढ्दो, युवतीहरू मुख्य निशाना

नक्कली होटल बुकिङमार्फत मानव तस्करी बढ्दो, युवतीहरू मुख्य निशाना

वि.सं.२०८२ असार २७ शुक्रवार १३:३५

काठमाडौं, भिजिट भिषामा कठाई सगैं नक्कली होटल बुकिङमार्फत हुने मानव...

बबिना भट्टराई र नारद पोखरेलको भजन “साम्ब सदाशिव”  सार्वजनिक (भिडियो सहित)

बबिना भट्टराई र नारद पोखरेलको भजन “साम्ब सदाशिव”  सार्वजनिक (भिडियो सहित)

वि.सं.२०८२ असार २७ शुक्रवार १३:३०

काठमाडौंः ‘साम्व सदाशिव ॐ’ भजन भगवान शिव प्रतिको भक्तिभावले ओतप्रोत...

गायिका रिता बुढाथोकीको तीज बिशेष गीत “आमा मेरी आमा” सार्वजनिक

गायिका रिता बुढाथोकीको तीज बिशेष गीत “आमा मेरी आमा” सार्वजनिक

वि.सं.२०८२ असार २५ बुधवार १०:४६

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...