अब बसमै वासरूम, रुद्रशक्ति ट्राभल्सको सुविधा सम्पन्न सेवा सञ्चालनमा

काठमाडौँ । लामो दूरीका यात्रुलाई लक्षित गर्दै रुद्रशक्ति ट्राभल्स ले पूर्वी भेगमै पहिलोपटक वासरूम सुविधासहितको आधुनिक बस सेवा सञ्चालनमा ल्याएको छ। कम्पनीले काठमाडौँ–विराटनगर–काठमाडौँ तथा काठमाडौँ–काकडभिट्टा–काठमाडौँ रुटमा हरेक दिन दुईतर्फी बस सञ्चालन गर्ने जनाएको छ।

यात्रुको सहजता र आरामलाई प्राथमिकतामा राखेर सञ्चालनमा ल्याइएको उक्त बसमा वासरूम (दिशा–पिसाब गर्ने) सुविधा उपलब्ध रहेको छ। विशेषगरी महिला, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा लामो दूरीका यात्रुका लागि यो सेवा निकै उपयोगी हुने कम्पनीको विश्वास छ। बसमा यात्रुलाई स्वागतस्वरूप रसुवा पानी र वेलकम स्न्याक्स प्रदान गरिनेछ। साथै निःशुल्क वाइफाइ, एसी, मोबाइल चार्जिङ सुविधा, दुई बाई दुई सोफा सिट तथा ब्ल्याङ्केटको समेत व्यवस्था गरिएको छ।

रुद्रशक्ति ट्राभल्सका काठमाडौँ व्यवस्थापक उमेशराज भण्डारीले यात्रुलाई सुरक्षित, सहज र सुविधासम्पन्न यात्रा अनुभव प्रदान गर्नु कम्पनीको मुख्य उद्देश्य रहेको बताए। त्यस्तै कम्पनीका अर्का व्यवस्थापक श्याम थापाले आधुनिक सुविधा र गुणस्तरीय सेवामार्फत यात्रुको विश्वास जित्ने लक्ष्यका साथ सेवा विस्तार गरिएको जानकारी दिए। रुद्रशक्ति ट्राभल्सले यात्रुको आवश्यकता र सुविधालाई केन्द्रमा राख्दै नेपाली यातायात क्षेत्रमा नयाँ अभ्यासको सुरुवात गरेको जनाएको छ।

वासरूमसहितको बस सेवाले विशेषगरी लामो दूरीका यात्रुहरूलाई थप सहज र आरामदायी यात्रा अनुभव दिलाउने अपेक्षा गरिएको छ। बसको टिकट बुकिङ जोरपाटी, गौशाला, कोटेश्वर, कलङ्की लगायत रुद्रशक्ति यातायात प्रा. लि. का आधिकारिक टिकट काउन्टरहरूबाट गर्न सकिने कम्पनीले जनाएको छ। थप जानकारी तथा टिकट बुकिङका लागि 01-4910038, 9709166877 र 9851058487 नम्बरमा सम्पर्क गर्न सकिनेछ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

तीज विशेष मौलिक गीत “नाच्ने आजै हो” लोकार्पण समारोह बिच सार्वजनिक

तीज विशेष मौलिक गीत “नाच्ने आजै हो” लोकार्पण समारोह बिच सार्वजनिक

वि.सं.२०८३ साउन ९ शनिवार १४:३५

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

“९ औँ राष्ट्रिय लोकदोहोरी अवार्ड – २०८३” को उत्कृष्ट पाँच मनोनयन सार्वजनिक कार्यक्रम भब्य रुपमा सम्पन्न

“९ औँ राष्ट्रिय लोकदोहोरी अवार्ड – २०८३” को उत्कृष्ट पाँच मनोनयन सार्वजनिक कार्यक्रम भब्य रुपमा सम्पन्न

वि.सं.२०८३ साउन ४ सोमवार ०९:१८

काठमाडौं। “अग्रजलाई सम्मान, नव प्रतिभालाई प्रोत्साहन” भन्ने मुल नारा सहित...

लोकप्रिय गायक एबं सर्जक बिष्णु खत्रीको नयाँ गीत “अस्ट्रेलिया सिड्नी” सार्वजनिक

लोकप्रिय गायक एबं सर्जक बिष्णु खत्रीको नयाँ गीत “अस्ट्रेलिया सिड्नी” सार्वजनिक

वि.सं.२०८३ साउन २ शनिवार १३:३२

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

राम कुमार कार्की र देबी घर्तीको स्वरमा मार्मिक गीत “डुब्नै लाग्या घामको” सार्वजनिक (भिडियो सहित)

राम कुमार कार्की र देबी घर्तीको स्वरमा मार्मिक गीत “डुब्नै लाग्या घामको” सार्वजनिक (भिडियो सहित)

वि.सं.२०८३ असार २७ शनिवार १२:०२

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

गायिका पार्वती बिश्वकर्माको आफ्नै जिवन कथामा आधारित गीत “तिम्रो याद” सार्वजनिक

गायिका पार्वती बिश्वकर्माको आफ्नै जिवन कथामा आधारित गीत “तिम्रो याद” सार्वजनिक

वि.सं.२०८३ असार २७ शनिवार ०९:२३

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

भारतको बिहार राज्यस्थित सहरसामा आयोजित “रक्तदाता महाकुम्भ–२” कार्यक्रममा नेपाली साहित्यकार, समाजसेवी तथा राजनीतिक व्यक्तित्व इन्दिरा निरौला सम्मानित

भारतको बिहार राज्यस्थित सहरसामा आयोजित “रक्तदाता महाकुम्भ–२” कार्यक्रममा नेपाली साहित्यकार, समाजसेवी तथा राजनीतिक व्यक्तित्व इन्दिरा निरौला सम्मानित

वि.सं.२०८३ असार २५ बिहीवार १३:३९

सहरसा (बिहार)। भारतको बिहार राज्यस्थित सहरसामा आयोजित "रक्तदाता महाकुम्भ–२" कार्यक्रममा...