चर्चित गायिका चन्दा अर्यालको तीज विशेष गीत “जान्न बाबा जान्न जुका लाग्ने ठाउँमा” सार्वजनिक
वि.सं.२०७९ साउन ११ बुधवार ०८:३३
काठमाडौं / नेपाल
महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै गर्दा तीज विशेष गीतहरु बजारमा आउने क्रम जारी छन् । सोही क्रममा चर्चित गायिका चन्दा अर्यालको तीज विशेष गीत “जान्न बाबा जान्न जुका लाग्ने ठाउँमा” सार्वजनिक भएको छ ।
यस गीतमा चन्दा अर्याल र प्रकाश कटुवालको स्वर रहेको छ भने बिनोद ढकालको शब्द, प्रकाश कटुवालको संगीत रहेको छ । दिपेन्द्र तिमल्सिनाको निर्देशन रहेको गीतमा नवराज उप्रेतीको छायांकन, मनोज कार्कीको सम्पादन रहेको छ ।
उक्त गीतको भिडियोमा रबि गिरि, सरिता ढुंगाना (जुनकिरी) मुकुन्द मैनाली, लक्ष्मी श्रेष्ठ, जीवन ज्ञवाली, खेम बा, बिष्णु जिसि आदिको अभिनय रहेको छ ।
यस गीतलाई बल्छी ध्रुबे युटुब च्यानलबाट सार्वजनिक गरिएको हो । सोही गीतको भिडियो हेर्न तलको लिन्क क्लिक गर्नुहोला ।
वि.सं.२०७९ साउन ११ बुधवार ०८:३३