शन्दिप बिश्वकर्माको शब्द, केशब बिश्वकर्माको लयमा “माईतीको आगनी” सार्वजनिक
वि.सं.२०७९ साउन ११ बुधवार ०९:०४
काठमाडौं / नेपाल
महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै गर्दा तीज विशेष गीतहरु बजारमा आउने क्रम जारी छन् । सोही क्रममा तीज विशेष गीत “माइतीको आँगनी” सार्वजनिक भएको छ । यस गीतमा शोनी श्रेष्ठको स्वर रहेको छ भने शन्दिप बिश्वकर्माको शब्द, केशब बिश्वकर्माको लय रहेको छ ।
एकान्त मगरको निर्देशन रहेको गीतमा अमर म्याक्सको कोरियोग्राफी, केशब बिश्वकर्माको छायांकन, बिष्णु खड्काको सम्पादन रहेको छ ।
उक्त गीतको भिडियोमा अस्मिता रनपाल, सुस्मिता प्याकुरेलको अभिनय रहेको छ । यस गीतलाई मेलोडी नेपालको युटुब च्यानलबाट सार्वजनिक गरिएको हो । सोही गीतको भिडियो हेर्न तलको लिन्क क्लिक गर्नुहोला ।
वि.सं.२०७९ साउन ११ बुधवार ०९:०४