चन्द्र शर्मा र सीता राना मगरको स्वरमा “कलेजीको माया बरिलै” सार्वजनिक

काठमाडौं / नेपाल

महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै गर्दा तीज विशेष गीतहरु बजारमा आउने क्रम जारी छन् । सोही क्रममा लोकदोहोरी गायिका सिता राना मगरको तीज विशेष गीत “कलेजीको माया बरिलै” सार्वजनिक भएको छ । यस गीतमा सीता राना मगर र चर्चित गायक गायक चन्द्र शर्माको स्वर रहेको छ ।

उनीहरुको युगल आवाज रहेको उक्त गीतको भिडियो केही दिन अघि गायिका रानाकै नामको युट्युब च्यानल मार्फत सार्वजनिक भएको छ । नेत्र अर्यालको शब्द रचना रहेको गीतमा गायक चन्द्र शर्मा र जय देवकोटाले संगीत भरेका छन् ।

उक्त गीतको भिडियोमा शेखर घर्ती मगरको निर्देशन तथा कोरियोग्राफी रहेको छ भने उनी आफैं र नृत्यंगाना आरुशी मगरले नृत्य गरेका छन् । दुर्गा पौडेलको छायांकन रहेको भिडियोलाई नविन घर्ती मगरले सम्पादन गरेका हुन् ।

नजिकै आउँदै गरेको महान् पर्व तीजको छेको पारेर गीत ल्याएको गायिका रानाले बताइन् । राष्ट्रिय लो तथा दोहोरी गीत प्रतिष्ठान नेपालको केन्द्रीय सदस्य रहेकी गायिका सिताले यसभन्दा अगाडि पनि विभिन्न तीज तथा लोकदोहोरी गीत बजारमा ल्याउँदै आएकी छन् । गायक चन्द्र शर्मा प्रतिष्ठानका पूर्व केन्द्रिय अध्यक्ष समेत हुन् ।

सोही गीतको भिडियो हेर्न तलको लिन्क क्लिक गर्नुहोला ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

“९ औँ राष्ट्रिय लोकदोहोरी अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न, को को भए त अवार्ड बिजेता र सम्मानित ?

“९ औँ राष्ट्रिय लोकदोहोरी अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न, को को भए त अवार्ड बिजेता र सम्मानित ?

वि.सं.२०८३ भदौ ७ आइतवार ०७:५६

काठमाडौं। “अग्रजलाई सम्मान, नव प्रतिभालाई प्रोत्साहन” भन्ने मुल नारा सहित...

चर्चित मोडल टिका जैसीको नयाँ गीत “गुस्सा किन” सार्वजनिक

चर्चित मोडल टिका जैसीको नयाँ गीत “गुस्सा किन” सार्वजनिक

वि.सं.२०८३ भदौ ३ बुधवार १३:१७

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

तीज नजिकिदै गर्दा शंकर बिसीको भाबुक स्टाटसः यसपाली म नेपाल नहुँदा खल्लो लागेको छ।

तीज नजिकिदै गर्दा शंकर बिसीको भाबुक स्टाटसः यसपाली म नेपाल नहुँदा खल्लो लागेको छ।

वि.सं.२०८३ भदौ २ मंगलवार १२:५५

काठमाडौं। लोकप्रिय मोडल एबं निर्देशक शंकर बिसी लोक दोहोरी क्षेत्रको...

चर्चित गायक राजु आर.डी. र सन्तोषी सुनारको स्वरमा “पोईला हिन्दिम होला” सार्वजनिक

चर्चित गायक राजु आर.डी. र सन्तोषी सुनारको स्वरमा “पोईला हिन्दिम होला” सार्वजनिक

वि.सं.२०८३ भदौ २ मंगलवार १२:००

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

७ करोड लगानीमा “टप दरबार रोधी क्लब” सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

७ करोड लगानीमा “टप दरबार रोधी क्लब” सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

वि.सं.२०८३ भदौ २ मंगलवार ११:३४

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७...

चर्चित गायिका निशा सुनारको नयाँ गीत “झ्याप छौ की साईलो दाई” सार्वजनिक

चर्चित गायिका निशा सुनारको नयाँ गीत “झ्याप छौ की साईलो दाई” सार्वजनिक

वि.सं.२०८३ साउन ३१ आइतवार १३:१३

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...