गीतकार डा. चन्द्र गिरीको “तिमी नजिक आयौ” सार्वजनिक

तुलसी गिरी ‘भावुक’

गीतकार डा.चन्द्र गिरीद्वारा रचित गीत ‘तिमी नजिक आयौ’ को भिडिओ सार्वजनिक भएको छ। गीतकार कै आधिकारिक युट्युब च्यानल Rupantara Music बाट एकदिन अघि यस गीतको भिडिओ डिजिटल बजारमा आएको हो लोकप्रिय सङ्गीतकार अर्जुन पोखरेलको सङ्गीत रहेको यस गीतमा पुरुषोत्तम सुवेदीले सङ्गीत संयोजन गरेका छन् भने किरण भुजेल र ममता गुरुङले स्वर दिएका छन् गीतमा साजन साहको मिक्सिङर माष्टरिङ रहेको छ ।

गीतको भिडिओ माइकल चन्दको निर्देशनमा छायाङ्कन हो जसमा उषा उप्रेती र कुन्साङ बोमजनले अभिनय गरेका छन् भिडिओमा हरि हुमागाईंको सिनेम्याटोग्राफी र सिलन लम्सालको सम्पादन रहेको छ केही कथात्मक ढङ्गमा निर्माण गरिएको यस भिडिओमा आफूले दिलमा राखेको मान्छेसँग जीवन बिताउने वातावरण बनेपछिको असीमित खुशी व्यक्त गरिएको छ अर्थात् गीत तथा भिडिओले सफल प्रेमकथा प्रस्तुत गरेको छ।

गिरीका यसअघि विविध भावका १ दर्जनभन्दा बढी म्युजिक भिडिओ Rupantara Music बाट रिलिज भैसकेका छन् जसमध्ये ‘नाचें फिरिरी’ ले ३/२ मिलियन र ‘कन्फ्युज छु’ ले १/२ मिलियन भ्युज पाएका छन् । डा. चन्द्र गिरी वि.सं. २०१८ वैशाख २९ गते चिमचिमा, खोटाङ, नेपालमा जन्मेका हुन् । उनले बी.एस्सी. (साइन्स) र बी.एस्सी. (फरेस्ट्री) नेपालबाट अनि एम.एस. र पीएच.डी. थाइल्यान्डबाट गरेका छन् ।

हाल: अमेरिकी सरकारको वातावरण मन्त्रालयमा वरिष्ठ सल्लाहकार र ड्यूक विश्वविद्यालयमा एड्जन्क्ट प्रोफेसरका रुपमा कार्यरत गीतकार डा। गिरीले यसअघि थाइल्यान्डस्थित एशियन इन्स्टिच्युट अफ टेक्नोलोजी, राष्ट्रसङ्घीय वातावरण कार्यक्रम (युनेप), कोलम्बिया युनिभर्सिटी, ड्यूक युनिभर्सिटी, नर्थ क्यारोलाइना स्टेट युनिभर्सिटी, साउथ डकोटा स्टेट युनिभर्सिटी र युनाइटेड स्टेट्स जिओलोजिकल सर्भे जस्ता विश्वप्रसिद्ध संस्थामा काम गरिसकेका छन् ।

औपचारिक र अनौपचारिक गरेर विश्वका १२५ देशको भ्रमण गरिसकेका उनले ती देशका राजनेता र विशिष्ट व्यक्तिहरुसँग सहकार्य गरिसकेका छन् भने एक दर्जनभन्दा बढी राष्ट्रिय र अन्तर्राष्ट्रिय सम्मान र पुरस्कार समेत पाएका छन् । विश्वमै ‘मेन्ग्रोबको नक्साङ्कन र अनुगमन गुरु’ (Father of Mangrove Mapping and Monitoring) भनेर चिनिने उनी सफल लेखक र सम्पादक पनि हुन् । हालसम्म उनका दुइटा सम्पादित पुस्तक र १२० भन्दा बढी लेख प्रकाशित छन् ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

दोहोरी साँझहरुमा देखाइने अपाच्य श्रव्य दृश्य सामाग्री प्रति “राष्ट्रिय लोकदोहोरी व्यवसायी संघ” द्धारा ध्यानाकर्षण (बिज्ञप्ती सहित)

दोहोरी साँझहरुमा देखाइने अपाच्य श्रव्य दृश्य सामाग्री प्रति “राष्ट्रिय लोकदोहोरी व्यवसायी संघ” द्धारा ध्यानाकर्षण (बिज्ञप्ती सहित)

वि.सं.२०८० असोज १६ मंगलवार १६:३४

काठमाडौं, असोज १५ । पछिल्लो समय व्यवसायिक रुपमा सञ्चालित विभिन्न...

सिडी विजय अधिकारीको स्वरमा “जीवनको रेल” सार्वजनिक

सिडी विजय अधिकारीको स्वरमा “जीवनको रेल” सार्वजनिक

वि.सं.२०८० असोज १६ मंगलवार ०२:३७

दुई हप्ता अगाडि गायिका समीक्षा अधिकारीको स्वरमा बजारमा आईसकेको "जीवनको...

किरणबाबु पुनको आवाजमा “पिपल बोट मुनी” बोलको गीत सार्वजनिक

किरणबाबु पुनको आवाजमा “पिपल बोट मुनी” बोलको गीत सार्वजनिक

वि.सं.२०८० असोज १५ सोमवार ११:४६

काठमाडौं । लोकप्रिय भारतिय गायिका सञ्जीवनी र गायक तथा संगीतकार...

लोकप्रिय सञ्चारकर्मी, गायक राज कुमार रायमाझी “लोक पत्रकारिता सम्मान” द्धारा ११,१११/- नगद पुरस्कार सहित सम्मानित

लोकप्रिय सञ्चारकर्मी, गायक राज कुमार रायमाझी “लोक पत्रकारिता सम्मान” द्धारा ११,१११/- नगद पुरस्कार सहित सम्मानित

वि.सं.२०८० असोज १५ सोमवार ११:३४

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका...

चर्चित मोडल एबं डान्सर रुबिना अधिकारीले “सर्बाेत्कृष्ट नायिका नृत्य” बिधाबाट अवार्ड पाउन सफल

चर्चित मोडल एबं डान्सर रुबिना अधिकारीले “सर्बाेत्कृष्ट नायिका नृत्य” बिधाबाट अवार्ड पाउन सफल

वि.सं.२०८० असोज १५ सोमवार १०:५५

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका...

अभिनेता अनमोल केसी ठगीको आरोपमा पक्राउ

अभिनेता अनमोल केसी ठगीको आरोपमा पक्राउ

वि.सं.२०८० असोज १२ शुक्रवार १५:२३

काठमाडौँ । अभिनेता अनमोल केसी पक्राउ परेका छन् । ठगीको...