गीतकार डा. चन्द्र गिरीको “तिमी नजिक आयौ” सार्वजनिक

तुलसी गिरी ‘भावुक’

गीतकार डा.चन्द्र गिरीद्वारा रचित गीत ‘तिमी नजिक आयौ’ को भिडिओ सार्वजनिक भएको छ। गीतकार कै आधिकारिक युट्युब च्यानल Rupantara Music बाट एकदिन अघि यस गीतको भिडिओ डिजिटल बजारमा आएको हो लोकप्रिय सङ्गीतकार अर्जुन पोखरेलको सङ्गीत रहेको यस गीतमा पुरुषोत्तम सुवेदीले सङ्गीत संयोजन गरेका छन् भने किरण भुजेल र ममता गुरुङले स्वर दिएका छन् गीतमा साजन साहको मिक्सिङर माष्टरिङ रहेको छ ।

गीतको भिडिओ माइकल चन्दको निर्देशनमा छायाङ्कन हो जसमा उषा उप्रेती र कुन्साङ बोमजनले अभिनय गरेका छन् भिडिओमा हरि हुमागाईंको सिनेम्याटोग्राफी र सिलन लम्सालको सम्पादन रहेको छ केही कथात्मक ढङ्गमा निर्माण गरिएको यस भिडिओमा आफूले दिलमा राखेको मान्छेसँग जीवन बिताउने वातावरण बनेपछिको असीमित खुशी व्यक्त गरिएको छ अर्थात् गीत तथा भिडिओले सफल प्रेमकथा प्रस्तुत गरेको छ।

गिरीका यसअघि विविध भावका १ दर्जनभन्दा बढी म्युजिक भिडिओ Rupantara Music बाट रिलिज भैसकेका छन् जसमध्ये ‘नाचें फिरिरी’ ले ३/२ मिलियन र ‘कन्फ्युज छु’ ले १/२ मिलियन भ्युज पाएका छन् । डा. चन्द्र गिरी वि.सं. २०१८ वैशाख २९ गते चिमचिमा, खोटाङ, नेपालमा जन्मेका हुन् । उनले बी.एस्सी. (साइन्स) र बी.एस्सी. (फरेस्ट्री) नेपालबाट अनि एम.एस. र पीएच.डी. थाइल्यान्डबाट गरेका छन् ।

हाल: अमेरिकी सरकारको वातावरण मन्त्रालयमा वरिष्ठ सल्लाहकार र ड्यूक विश्वविद्यालयमा एड्जन्क्ट प्रोफेसरका रुपमा कार्यरत गीतकार डा। गिरीले यसअघि थाइल्यान्डस्थित एशियन इन्स्टिच्युट अफ टेक्नोलोजी, राष्ट्रसङ्घीय वातावरण कार्यक्रम (युनेप), कोलम्बिया युनिभर्सिटी, ड्यूक युनिभर्सिटी, नर्थ क्यारोलाइना स्टेट युनिभर्सिटी, साउथ डकोटा स्टेट युनिभर्सिटी र युनाइटेड स्टेट्स जिओलोजिकल सर्भे जस्ता विश्वप्रसिद्ध संस्थामा काम गरिसकेका छन् ।

औपचारिक र अनौपचारिक गरेर विश्वका १२५ देशको भ्रमण गरिसकेका उनले ती देशका राजनेता र विशिष्ट व्यक्तिहरुसँग सहकार्य गरिसकेका छन् भने एक दर्जनभन्दा बढी राष्ट्रिय र अन्तर्राष्ट्रिय सम्मान र पुरस्कार समेत पाएका छन् । विश्वमै ‘मेन्ग्रोबको नक्साङ्कन र अनुगमन गुरु’ (Father of Mangrove Mapping and Monitoring) भनेर चिनिने उनी सफल लेखक र सम्पादक पनि हुन् । हालसम्म उनका दुइटा सम्पादित पुस्तक र १२० भन्दा बढी लेख प्रकाशित छन् ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

“९ औँ राष्ट्रिय लोकदोहोरी अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न, को को भए त अवार्ड बिजेता र सम्मानित ?

“९ औँ राष्ट्रिय लोकदोहोरी अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न, को को भए त अवार्ड बिजेता र सम्मानित ?

वि.सं.२०८३ भदौ ७ आइतवार ०७:५६

काठमाडौं। “अग्रजलाई सम्मान, नव प्रतिभालाई प्रोत्साहन” भन्ने मुल नारा सहित...

चर्चित मोडल टिका जैसीको नयाँ गीत “गुस्सा किन” सार्वजनिक

चर्चित मोडल टिका जैसीको नयाँ गीत “गुस्सा किन” सार्वजनिक

वि.सं.२०८३ भदौ ३ बुधवार १३:१७

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

तीज नजिकिदै गर्दा शंकर बिसीको भाबुक स्टाटसः यसपाली म नेपाल नहुँदा खल्लो लागेको छ।

तीज नजिकिदै गर्दा शंकर बिसीको भाबुक स्टाटसः यसपाली म नेपाल नहुँदा खल्लो लागेको छ।

वि.सं.२०८३ भदौ २ मंगलवार १२:५५

काठमाडौं। लोकप्रिय मोडल एबं निर्देशक शंकर बिसी लोक दोहोरी क्षेत्रको...

चर्चित गायक राजु आर.डी. र सन्तोषी सुनारको स्वरमा “पोईला हिन्दिम होला” सार्वजनिक

चर्चित गायक राजु आर.डी. र सन्तोषी सुनारको स्वरमा “पोईला हिन्दिम होला” सार्वजनिक

वि.सं.२०८३ भदौ २ मंगलवार १२:००

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

७ करोड लगानीमा “टप दरबार रोधी क्लब” सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

७ करोड लगानीमा “टप दरबार रोधी क्लब” सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

वि.सं.२०८३ भदौ २ मंगलवार ११:३४

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७...

चर्चित गायिका निशा सुनारको नयाँ गीत “झ्याप छौ की साईलो दाई” सार्वजनिक

चर्चित गायिका निशा सुनारको नयाँ गीत “झ्याप छौ की साईलो दाई” सार्वजनिक

वि.सं.२०८३ साउन ३१ आइतवार १३:१३

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...