बहुचर्चित गीतकार लिलु गुरुङको नयाँ गीत “नौलो चिनजानी” सार्वजनिक

वि.सं.२०७९ मंसिर १ बिहीवार ०४:२३

नेपाली सांगीतिक क्षेत्रमा एक पछि अर्को गर्दै नयाँ नयाँ गीतहरु बजारमा आउने क्रम जारी नै छ । सोही क्रममा बहुचर्चित गीतकार लिलु गुरुङको नयाँ गीत “नौलो चिनजानी” सार्वजनिक भएको छ ।
यस गीतमा राजु परियार र शान्ती श्री परियारको स्वर रहेको छ भने लिलु गुरुङकै शब्द, संगीत रहेको छ । यस गीतको भिडियोलाई उदिराम खड्काले निर्देशन गरेका हुन् ।
मिराज अर्याल र दिनेश बिस्टको छायांकन रहेको सो गीतको भिडियोलाई बिबेक खड्काले सम्पादन गरेका हुन् । उक्त गीतको भिडियोमा सुदिर श्रेष्ठ र शशिकला राईको अभिनय रहेको छ ।
यस गीतलाई लिलु गुरुङ कै युटुब च्यानलबाट सार्वजनिक गरिएको हो । सोही गीतको भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला ।

वि.सं.२०७९ मंसिर १ बिहीवार ०४:२३