माओवादी र कांग्रेसबीच विस्तृत शान्ति सम्झोता देखि गठबन्धन सुरु भएको हो : प्रचण्ड

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी र कांग्रेसबीच विस्तृत शान्ति सम्झोता देखि गठबन्धन सुरु भएको बताएका छन् । गोरखा क्षेत्र नम्बर २ अन्तर्गत रहेको पालुङटार बजारमा सोमबार सत्ता गठबन्धन दलले गरेको चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले विस्तृत शान्ति सम्झौता गरेकै दिन आफूले रुखमा छाप लगाएको र तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले हँसिया हथौडामा छाप लगाएको उल्लेख गरे ।

 

उनले सो ऐतिहासिक आधारमा दुई दलको गठबन्धन रहेको बताउँदै अहिले कांग्रेस मतदाताले हसिँया हथौडामा छाप लगाउने कि नलगाउने भन्दै प्रश्न गरे । उनले राष्ट्रको ऐतिहासिक आवश्यकता र महत्वलाई ध्यान दिएर अहिलेको गठबन्धन बनेको बताए ।

प्रचण्डले भने, ‘यो देशमा जहिलेसम्म संविधानमाथि खतरा हुन्छ,जहिलेसम्म अराजकता रहन्छ त्यो बेलासम्म यो गठबन्धन रहन्छ । यो गठबन्धन प्रतिगमनको खतरा रहँदासम्म यो गठबन्धन रहन्छ । त्यो दश पन्ध्र वर्षसम्म पनि कायम रहन सक्छ । यो गठबन्धनलाई दृढतापूर्वक समर्थन गर्न आग्रह गर्छु ।’

उनले गोरखाका आफ्नो उम्मेदवारी अवसर र चुनौतीको रुपमा रहेको बताउँदै शान्ति,आर्थिक विकास र समृद्धिको अभियान गोरखाबाट सुरु गर्न आफ्नो उम्मेदवारी रहेको बताए । त्यसका लागि कांग्रेसले आफूलाई सहयोग गर्ने उनले विश्वास व्यक्त गरे । प्रचण्डले गोरखाबाट गरिएको विकास र समृद्धिको यात्रा देशभरीनै देखिनेगरी काम गर्न आफू गोरखा आएको बताए । उनले फेरी प्रतिगमन माथि नउठाउन गठबन्धन दललाई निर्वाचित गर्न आग्रह गरे ।

हिजो युद्धका क्रममा राज्य पक्षबाट र विद्रोही माओवादीको तर्फबाट पूरै जित्ने अवस्था नरहेको,युद्ध लम्ब्याउँदै गर्दा ५० हजारबढीको मृत्यु हुने अवस्था समेत रहने र विदेशी सेना आएर हस्तक्षेप गर्ने अवस्थामा माओवादी र कांग्रेस मिलेर शान्ति प्रक्रिया सुरु गरेको बताए ।

त्यो परिस्थितिलाई शान्तिपूर्ण अवस्था ल्याउन विस्तृत शान्ति सम्झौता नगरेको भए देश गम्भीर दुर्घटनामा जाने अवस्था आउने र त्यस्तो परिस्थितिबाट देशलाई शान्तिको युगतर्फ ल्याउन कांग्रेस तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला र आफूले भूमिका खेलेको बताए । उनले कोइराला शान्तिको नायक रहेको बताउँदै कांग्रेस नेता पौडेलले आफूलाई शान्ति र क्रान्तिका नायक भनेकोमा खुसी व्यक्त गरे ।

कार्यक्रममा प्रचण्डले गोरखामा गेमचेन्जर आयोजनको रुपमा बुढीगण्डकी जलबिद्युत आयोजना रहेको उल्लेख त्यसलाई पूरा गर्ने प्रतिबद्धता जनाए । गोरखामा सडक सञ्जालबाट गोरखालाई समृृद्ध बनाउने,यहाँका टारहरुमा सिंचाईको सुविधा पुर्याएर आर्थिक विकास गर्ने,हिमालीय पर्यटनको विकास,जडिबुटी प्रशोधनबाट यहाँका जनताको आर्थिक विकास गर्न सकिने,गोरखकाली रबर उद्योगलाई सञ्चालन गरेर यहाँको युवाहरुलाई रोजगारी दिन पहल गर्ने बताए ।

उनले पालुङटारमा एयरपोर्ट बनाएर पाइलट तालिम केन्द्र बनाउने सपना समेत सुनाए । उनले आफूले गोरखामा घरदैलो गर्दा यहाँका जनताको चाहना सबै बाटो कालोपत्रे होस भन्ने चाहना रहेको बताउँदै आफूले पहिलो काम गर्ने प्रतिज्ञा गरे । उनले प्रत्येक वडामा कालोपत्रे बाटो लगेर पालुङटारलाई स्मार्ट सिटीको रुपमा विकास गर्ने उल्लेख गरे ।

उनले युद्धका क्रममा मारिएका कांग्रेसका नेता कार्यकर्ताको नाममा स्मारक बनाउने बारेमा विधेयक अघि बढाइएको उल्लेख गर्दै ओलीले संसद विघटन नगरेको भए सो विधेयक पास भइसक्ने उल्लेख गरे । उनले माओवादी युद्धका क्रममा माओवादीका कारण ज्यान गुमाउन बाध्य भएकाहरूको परिवारलाई भेटेर कुरा गर्न चाहेको उल्लेख गरे । उनले गठबन्धनलाई कमजोर बनाउने स्वतन्त्र उम्मेदवारको कुरा नसुन्न समेत आग्रह गरेका छन् ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

राम कुमार कार्की र देबी घर्तीको स्वरमा मार्मिक गीत “डुब्नै लाग्या घामको” सार्वजनिक (भिडियो सहित)

राम कुमार कार्की र देबी घर्तीको स्वरमा मार्मिक गीत “डुब्नै लाग्या घामको” सार्वजनिक (भिडियो सहित)

वि.सं.२०८३ असार २७ शनिवार १२:०२

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

गायिका पार्वती बिश्वकर्माको आफ्नै जिवन कथामा आधारित गीत “तिम्रो याद” सार्वजनिक

गायिका पार्वती बिश्वकर्माको आफ्नै जिवन कथामा आधारित गीत “तिम्रो याद” सार्वजनिक

वि.सं.२०८३ असार २७ शनिवार ०९:२३

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

भारतको बिहार राज्यस्थित सहरसामा आयोजित “रक्तदाता महाकुम्भ–२” कार्यक्रममा नेपाली साहित्यकार, समाजसेवी तथा राजनीतिक व्यक्तित्व इन्दिरा निरौला सम्मानित

भारतको बिहार राज्यस्थित सहरसामा आयोजित “रक्तदाता महाकुम्भ–२” कार्यक्रममा नेपाली साहित्यकार, समाजसेवी तथा राजनीतिक व्यक्तित्व इन्दिरा निरौला सम्मानित

वि.सं.२०८३ असार २५ बिहीवार १३:३९

सहरसा (बिहार)। भारतको बिहार राज्यस्थित सहरसामा आयोजित "रक्तदाता महाकुम्भ–२" कार्यक्रममा...

नेपाली सङ्गीतमा छुट्टै पहिचान बनाएका यम बराललाई मल्टिपल माइलोमा (रक्त क्यान्सर) भएको पुष्टि

नेपाली सङ्गीतमा छुट्टै पहिचान बनाएका यम बराललाई मल्टिपल माइलोमा (रक्त क्यान्सर) भएको पुष्टि

वि.सं.२०८३ असार २५ बिहीवार ०९:१४

काठमाडौं। नेपाली सङ्गीत क्षेत्रमा आफ्नो सुमधुर स्वरले लाखौँ श्रोताको मन...

आर. आर. एण्ड भालेश्वर ट्रेड कम्पनीको चरम लापरबाही, यसरी भएको छ कर्मचारीको मिलेमतोमा करोडौंको भ्याट तथा कर छली

आर. आर. एण्ड भालेश्वर ट्रेड कम्पनीको चरम लापरबाही, यसरी भएको छ कर्मचारीको मिलेमतोमा करोडौंको भ्याट तथा कर छली

वि.सं.२०८३ असार २१ आइतवार ०७:०६

काठमाडौं। धुनीबेशी नगरपालिकामा आर. आर. एण्ड भालेश्वर ट्रेड कम्पनीलाई परेको...

साँस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् नेपालद्धारा आयोजित “संगीत र प्रबिधी बिषयक अन्तरक्रिया कार्यक्रम” सम्पन्न

साँस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् नेपालद्धारा आयोजित “संगीत र प्रबिधी बिषयक अन्तरक्रिया कार्यक्रम” सम्पन्न

वि.सं.२०८३ असार २० शनिवार १२:४७

काठमडौं। साँस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् नेपालद्धारा आयोजित "संगीत र...