सुनिता अधिकारीको नयाँ गीत “युकेको लाहुरे” सार्वजनिक
वि.सं.२०७९ पुस १८ सोमवार ०५:५५
काठमाडौं, नेपाल । पछिल्लो नेपाली सांगीतिक बजार संगितमय बन्दै गएको छ । सांगीतिक क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गीतहरु सार्वजनिक गरिरहेका छन् । सोही क्रममा सुनिता अधिकारीको नयाँ गीत “युकेको लाहुरे” सार्वजनिक भएको छ ।
यस गीतमा ईश्वर सिंह र सुनिता अधिकारीको स्वर रहेको छ भने रमेश परियारको शब्द, संगीत रहेको छ । काजिश श्रेष्ठको निर्देशन रहेको गीतमा राजेश घिमिरेको छायांकन, दिपक बिस्टको सम्पादन रहेको छ ।
उक्त गीतको भिडियोमा रमेश बाबु थापा र सुनिता अधिकारीको अभिनय रहेको छ । यस गीतलाई रमेश परियार युटुब च्यानलबाट सार्वजनिक गरिएको हो । सोही गीतको भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला ।
वि.सं.२०७९ पुस १८ सोमवार ०५:५५