गोबिन्द भण्डारीको स्वरमा लोक भजन “सज्जन” हो सार्वजनिक (भिडियो सहित)

वि.सं.२०७९ पुस १५ शुक्रवार १६:१७

काठमाडौं, नेपाल । पछिल्लो नेपाली सांगीतिक बजार संगितमय बन्दै गएको छ । सांगीतिक क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गीतहरु सार्वजनिक गरिरहेका छन् । सोही क्रममा आशा भण्डारीको लोक भजन “सज्जन” हो सार्वजनिक भएको छ ।
यस लोक भजनमा मनोज भण्डारीको शब्द, मोतीराम भण्डारीको संगीत र गोबिन्द भण्डारीको स्वर रहेको छ । गोबिन्द भण्डारीको निर्देशन रहेको गीतमा बिरेन्द्र भाट “बिपिन” को छायांकन, सम्पादन रहेको छ ।
उक्त लोक भजनमा सरोज ढकाल, स्वेता खत्री, मनिला तिवारी, प्रज्ना भण्डारी, दिलिप भुटेल, दिपिका बिडारी, आशिष अधिकारी आदीको अभिनय रहेको छ । यस लोक भजन “सज्जन” हो लाई तरंग क्रियशन युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।

वि.सं.२०७९ पुस १५ शुक्रवार १६:१७