सुरेश शाही र सरु बोहराको स्वरमा “निरमाया” गीत सार्वजनिक
वि.सं.२०८० साउन ११ बिहीवार ०६:२३
काठमाडौं । नेपाली सांगितिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गीतहरु सार्वजनिक गरिरहेका छन्। सोही क्रममा चर्चित लोक तथा देउडा गायक सुरेश शाही र गायिका सरु बोहराको स्वरमा रहेको “निरमाया” गीत सार्वजनिक भएको छ ।
मंगलबार विहान वल्ड कभर मिडियाको आधिकारिक युट्युब च्यानलबाट उक्त गीत सार्वजनिक गरिएको हो । गीतमा गायक गायिका शाही र बोहराले नै अभिनय गरेका छन् ।
बिरेन्द्र भाट ‘विपिन’ को निर्देशन तथा छायाकंनमा रहेको उक्त गीतलाई लोकेश भाटले सम्पादन गरेका छ । मारुनी डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको निरमाया बोलको गीतको भिडियो निर्माण वल्ड कभर मिडियाले नै तयार पारेको छ । गीतमा गायक सुरेश शाहीकै शब्द, संगीत रहेको छ ।
हेर्नुहोस् भिडियो ।
वि.सं.२०८० साउन ११ बिहीवार ०६:२३