नेत्र भण्डारी र रिता केसीको स्वरमा “के गरेको राम्रो” सार्वजनिक (भिडियो सहित)
वि.सं.२०८० साउन २६ शुक्रवार ०६:२६
काठमाडौं । हिन्दु नारिहरुको महान चाड तीज नजिक आउदै गर्दा तीज गीतहरु पनि बजारमा आउन थालेका छन् । चेलीको बेदना पोख्नेको रुपमा खास गीतहरु कोर्ने गरिन्छ । यहि क्रममा चर्चित गायक नेत्र भण्डारीको तीज गीत “के गरेको राम्रो” सार्वजनिक भएको छ ।
यस गीतमा नेत्र भण्डारी र रिता केसीको स्वर रहेको छ भने डम्बर चन्दको शब्द, ध्रुबराजा धितालको संगीत रहेको छ । स्मृती तिमल्सिना (गुरु आमा) को निर्देशन रहेको यस गीतमा करण चैशिरको छायांकन, मनोज कार्कीको सम्पादन रहेको छ । उक्त गीतको भिडियोमा निक्स शर्मा र सञ्चिता बोलाखेको अभिनय रहेको छ ।
यस गीतलाई नेत्र रिजान नेपाल नामक युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।
हेर्नुहोस् भिडियो ।
वि.सं.२०८० साउन २६ शुक्रवार ०६:२६