गायक प्रमोद खरेलको आवाजमा रहेको गीत “म परदेश जादा” सार्वजनिक
वि.सं.२०८० साउन २६ शुक्रवार ०४:५९
काठमाडौं । नेपाली सांगितिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गीतहरु सार्वजनिक गरिरहेका छन्
। सोही क्रममा गायक प्रमोद खरेलको आवाजमा रहेको “म परदेश जादा” बोलको गीत सार्वजनिक भएको छ ।
अनुप बोहरा,अनु पराजुली,बाबुराम सत्याल र सितादेवी सत्यालको अभिनय रहेको यस गीत Sierra Neo Official youtube channel बाट सार्वजनिक गरिएको छ । यस गीतमा Sierra Acharya को शब्दरचना, बिपिन घिमिरेको संगीत र पुरुषोत्तम सुबेदीको एरेन्ज रहेको छ ।
निर्देशक पुजा ठकुरीले भिडियोलाई निर्देशन गरेकी हुन् । भिडियोमा मुकेश हुमागाईंको सिनेमाटोग्राफी, बिनोद बामको सम्पादन साथै सरगम गहको मेकअप रहेको छ ।
वि.सं.२०८० साउन २६ शुक्रवार ०४:५९