रायमाझी परिवारको “नक्कले भिनाजु ७” तीज गीत चर्चामा (भिडियो सहित)
वि.सं.२०८० भदौ २८ बिहीवार १४:०७
काठमाडौँ,
पछिल्लो समय नेपाली सांगीतिक बजारमा एकपछी अर्को गरि लगातार तीजका गीतहरु आइरहेका छन। यसैक्रममा रायमाझी परिवारको “नक्कले भिनाजु ७ कालो चस्मा खै” बोलको तीज गीत सार्वजनिक भएको छ। उक्त गीत केहि दिन अघि मात्र बजारमा आएको हो।
बिशाल रायमाझीको शब्द/संगीत रहेको “नक्कले भिनाजु ७” बोलको तीज गीतको यति बेला ब्यापक चर्चा छ। गीतमा चर्चित गायक बिशाल रायमाझी, हरिमाया रायमाझी र शर्मिला रायमाझीको सुमधुर आवाज रहेको छ भने सुरबीर पण्डित (दारी बा, बिशाल रायमाझी,एलिना रायमाझी र सन्ध्या छेत्री फिचरमा छन।
राजकुमार मगरको निर्देशन बिजय बुढा मगरको कोरियोग्राफी प्रकाश खड्काको छायांकन र राजकुमार मगरको सम्पादन रहेको छ। बिशाल रायमाझीको अफिसियल युटुव च्यानलबाट सार्वजनिक भएको उक्त म्युजिक भिडियो हेर्नुस्।
वि.सं.२०८० भदौ २८ बिहीवार १४:०७