बिक्रम जंग शाहको “झ्याप्पै मायाँ” सार्वजनिक (भिडियो सहित)

काठमाण्डौ । निकै लामो समयदेखि नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा क्रियासिल बिक्रम जङ्ग शाहले आफ्ना पछिल्लो समयका खोला खाल्छी हे माया, हेर्छौ तन्की तन्की, गर्ल फ्रेन्ड छोडे मैले लगायतका गीतहरुको चौतर्फी सफलतापछी “झ्याप्पै माया” बोलको गीत लिएर आएका छन् ।

 

उनि चलचित्र निर्माता समेत हुन् । बिक्रमले नेपाली चलचित्रमा मौलिक लोक दोहोरीका स्वाद सामेत गर्न पनि निकै राम्रो भूमिका निर्वाह गरेका छन् । बिक्रम राष्ट्रिय संगीतकर्मी संघका निवर्तमान अध्यक्ष समेत हुन् ।

 

उनको पछिल्लो गीत “झ्याप्पै मायाँ” मा बिक्रम जङ्ग शाह र स्मृति गौतमको सुमधुर स्वर सुन्न सकिन्छ । बिक्रम क्षणिक चर्चा भन्दा पनि लोकप्रिय हुन रुचाउँछन् । यसकै कारण उनले बिकृतिजन्य गीतलाई सधै ओझेलमा पारेका छन् ।

 

उनका कयौं गीतले नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा छुट्टै इतिहाँस रच्न सफल भएका छन् । बिक्रम जङ्ग शाह कै लय तथा शब्द सृजनामा तयार भएको “झ्याप्पै मायाँ” बोलको गीतको म्युजिक भिडियो पनि निकै आकर्षक बनेको छ ।

 

भिडियोमा शिब थापा आयुष्मा कार्की र कुमार श्रेष्ठको अभिनय देख्न सकिन्छ । शिशिर बुढाथोकीद्वारा निर्देशित भिडियोलाई छायांकन दिपक गिरी र सम्पादन कल्पेश बिस्वकर्माले गरेका हुन् ।

 

कलाकार बिक्रमले आफ्ना पहिलेका गीतलाई झैं यस गीतलाई पनि अशंख्य श्रोता तथा दर्शकहरुले मन पराइदिनु हुनेमा बिश्वास व्यक्त गरेका छन् ।

 

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

सन्देशमुलक गीत “भुलको बाटो” सार्वजनिक (भिडियो सहित)

सन्देशमुलक गीत “भुलको बाटो” सार्वजनिक (भिडियो सहित)

वि.सं.२०८२ वैशाख ५ शुक्रवार ०१:३७

काठमाडौं । बुधबार राजधानीमा एउटा निकै राम्रो संदेश मुलक गीतको...

देउडा सम्राट नन्दकृष्ण जोशीकी छोरी श्रृंखला जोशीको नयाँ गीत “छैन हो छैन” सार्वजनिक

देउडा सम्राट नन्दकृष्ण जोशीकी छोरी श्रृंखला जोशीको नयाँ गीत “छैन हो छैन” सार्वजनिक

वि.सं.२०८२ वैशाख १ सोमवार ०४:३८

गायिका श्रृंखला जोशीको नयाँ गीत छैन हो छैन सार्बजनिक भएको...

चर्चित नायिका एलिजा गौतमलाई इण्डोनेसियामा ‘बेष्ट योङ अन्टरप्रन्यूर’ अवार्ड

चर्चित नायिका एलिजा गौतमलाई इण्डोनेसियामा ‘बेष्ट योङ अन्टरप्रन्यूर’ अवार्ड

वि.सं.२०८२ वैशाख १ सोमवार ०४:३४

काठमाडौं । चर्चित नायिका एवम् प्राइम टिभीकी निर्देशक एलिजा गौतम...

“जुनकिरी दोहोरी धमाका एबं सम्मान कार्यक्रम – २०८२” हुने, सो अवसरमा ग्राहकहरुलाई २० प्रतिशत छुट हुने

“जुनकिरी दोहोरी धमाका एबं सम्मान कार्यक्रम – २०८२” हुने, सो अवसरमा ग्राहकहरुलाई २० प्रतिशत छुट हुने

वि.सं.२०८१ चैत २६ मंगलवार १६:५८

काठमाडौं। नेपालीहरुको नयाँ बर्ष २०८२ को सुरुवात हुन लागेको बेला...

काठमाडौँ फोटोग्राफर संघद्वारा नयाँ वर्ष २०८२ को शुभकामना आदान–प्रदान, चियापान तथा क्यालेन्डर विमोचन कार्यक्रम भव्य रूपमा सम्पन्न

काठमाडौँ फोटोग्राफर संघद्वारा नयाँ वर्ष २०८२ को शुभकामना आदान–प्रदान, चियापान तथा क्यालेन्डर विमोचन कार्यक्रम भव्य रूपमा सम्पन्न

वि.सं.२०८१ चैत २४ आइतवार १२:२६

काठमाडौँ, चैत्र २३ - काठमाडौँ फोटोग्राफर संघको आयोजनामा नयाँ वर्ष...

“पुरूषोत्तम न्यौपाने सांगीतिक साँझ २०८१” पोखरामा भब्य रुपले सम्पन्न

“पुरूषोत्तम न्यौपाने सांगीतिक साँझ २०८१” पोखरामा भब्य रुपले सम्पन्न

वि.सं.२०८१ चैत २४ आइतवार ०८:१९

काठमाडौँ । बि.संं २०४६ सालमा ‘बलाम देवीथान’ बोलको गीत रेकर्ड...