बिक्रम जंग शाहको “झ्याप्पै मायाँ” सार्वजनिक (भिडियो सहित)

काठमाण्डौ । निकै लामो समयदेखि नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा क्रियासिल बिक्रम जङ्ग शाहले आफ्ना पछिल्लो समयका खोला खाल्छी हे माया, हेर्छौ तन्की तन्की, गर्ल फ्रेन्ड छोडे मैले लगायतका गीतहरुको चौतर्फी सफलतापछी “झ्याप्पै माया” बोलको गीत लिएर आएका छन् ।

उनि चलचित्र निर्माता समेत हुन् । बिक्रमले नेपाली चलचित्रमा मौलिक लोक दोहोरीका स्वाद सामेत गर्न पनि निकै राम्रो भूमिका निर्वाह गरेका छन् । बिक्रम राष्ट्रिय संगीतकर्मी संघका निवर्तमान अध्यक्ष समेत हुन् ।

उनको पछिल्लो गीत “झ्याप्पै मायाँ” मा बिक्रम जङ्ग शाह र स्मृति गौतमको सुमधुर स्वर सुन्न सकिन्छ । बिक्रम क्षणिक चर्चा भन्दा पनि लोकप्रिय हुन रुचाउँछन् । यसकै कारण उनले बिकृतिजन्य गीतलाई सधै ओझेलमा पारेका छन् ।

उनका कयौं गीतले नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा छुट्टै इतिहाँस रच्न सफल भएका छन् । बिक्रम जङ्ग शाह कै लय तथा शब्द सृजनामा तयार भएको “झ्याप्पै मायाँ” बोलको गीतको म्युजिक भिडियो पनि निकै आकर्षक बनेको छ ।

भिडियोमा शिब थापा आयुष्मा कार्की र कुमार श्रेष्ठको अभिनय देख्न सकिन्छ । शिशिर बुढाथोकीद्वारा निर्देशित भिडियोलाई छायांकन दिपक गिरी र सम्पादन कल्पेश बिस्वकर्माले गरेका हुन् ।

कलाकार बिक्रमले आफ्ना पहिलेका गीतलाई झैं यस गीतलाई पनि अशंख्य श्रोता तथा दर्शकहरुले मन पराइदिनु हुनेमा बिश्वास व्यक्त गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

रमा पोख्रेलको शब्द र चर्चित संगीतकार कमल अधिकारीको संगीतमा तीज बिशेष गीत “सम्झी सम्झी घर” सार्वजनिक

रमा पोख्रेलको शब्द र चर्चित संगीतकार कमल अधिकारीको संगीतमा तीज बिशेष गीत “सम्झी सम्झी घर” सार्वजनिक

वि.सं.२०८३ साउन ३० शनिवार १०:५७

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

“लोक दोहोरी च्याम्पियन” पत्रकार भेटघाट कार्यक्रम सम्पन्न, असोज ३ गतेदेखि दर्शक माझ आउने

“लोक दोहोरी च्याम्पियन” पत्रकार भेटघाट कार्यक्रम सम्पन्न, असोज ३ गतेदेखि दर्शक माझ आउने

वि.सं.२०८३ साउन २६ मंगलवार १३:५२

काठमाडौं । रगोन स्टुडियो प्रा.लि.को ब्यानरमा निर्माण भइरहेको चर्चित लोकदोहोरी...

लघु चलचित्र “आश्रम” र मर्मस्पर्शी गीत “कति बस्छौ माइतीघर” को म्युजिक भिडियोको प्रिमियर शो सम्पन्न

लघु चलचित्र “आश्रम” र मर्मस्पर्शी गीत “कति बस्छौ माइतीघर” को म्युजिक भिडियोको प्रिमियर शो सम्पन्न

वि.सं.२०८३ साउन २४ आइतवार ०६:५०

काठमाडौं । लघु चलचित्र "आश्रम" र मर्मस्पर्शी गीत "कति बस्छौ माइतीघर"...

रमेश बिक्रम रत्नको पृथक तीज कोसेली “नाचिदेउ गौथली” सार्वजनिक

रमेश बिक्रम रत्नको पृथक तीज कोसेली “नाचिदेउ गौथली” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार १२:४०

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

आशा बिश्वकर्मा लगायत अन्य कलाकारहरुको अभिनयमा मौलिक तीज गीत “मै प्यारी छोरी” सार्वजनिक

आशा बिश्वकर्मा लगायत अन्य कलाकारहरुको अभिनयमा मौलिक तीज गीत “मै प्यारी छोरी” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार १२:०७

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

प्रबिन खड्काको नयाँ गीत “मानपुर रामेछाप” सार्वजनिक

प्रबिन खड्काको नयाँ गीत “मानपुर रामेछाप” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार ११:२६

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...