मौलिक तीज गीत “माइत किन नगाको” सार्वजनिक (भिडियो सहित)

काठमाडौं। नेपालको संगीत बजारमा पछिल्लो समय तीज गीतहरु प्रसस्त मात्रामा सार्वजनिक भैरहेका छन् । यस भित्र व्यसायिकताको नाममा धेरै गीत विकृतिजन्य स्वरुपमा सार्वजनिक भैरहेका छन् ।

 

यस्ता किसिमका कामहरुले भावी पुस्ताहरुलाई मौलिक तीज गीत कस्तो हुन्छ भन्ने किसिमका जानकारी दिन नसकिएला भन्ने चिन्तन र मननले भर्खरै मात्र काव्य म्युजिक प्रालिले “माइत किन नागको” बोलको गीत सार्वजनिक गरेको छ ।

 

बुष्ट गरेर गीतको चर्चा अत्याधिक भएको छ भन्ने देखाउन धेरै कलाकारहरु अहिले तछाड मछाड गरिरहेका छन् । यस्तो अवस्थामा काव्य म्युजिक प्रालिका निर्देशन रमेश श्रेष्ठले भने यस गीतलाई 0 सब्स्क्राइब् भएको युट्युब च्यानल बाट डिजिटल बजारमा बेच्न सुरु गरेका हुन् । उनि भन्छन्, थोरै मात्रामा भ्युज गएता पनि हामीले सार्वजनिक गरेको गीतले राम्रो सफलता प्राप्त गरेको छ ।

 

किन की एक नयाँ च्यानलबाट यत्तिको भ्युज जानु भनेको हाम्रा लागी खुसीको कुरा हो । त्यसमाथि पनि हामीले गीतलाई तडकभडक नगरी शिष्ट ढङ्गबाट तयार पारेका छौं । प्रस्तुत गीतमा लय बिष्णु तामाङ्गको रहेको छ भने शब्द सुजिता आचार्यको रहेको छ । निकै कर्णप्रिय स्वादमा तयार भएको गीतलाई सुजिता आचार्य, प्रतिमा के सी र सुशिला विष्टले स्वर भरेका छन् ।

 

एक चेलीका पिंडादायिक कथामा तयार भएको “माइत किन नगाको” बोलको गीतको म्युजिक भिडियोमा समिक्षा पौडेल, रामकृष्ण प्रजापति,राजु बोहरा, अन्जु पौडेल तिवारी, देबकी बन्जारा, सबिना दंगाल, बिमला दाहाल, मन्जु, सम्झना र साथीहरुको अभिनय देख्न सकिन्छ ।

 

भिडियोलाई निर्देशन रमेश श्रेष्ठले गरेका हुन् भने छायांकन तथा सम्पादन राजु बोहराले गरेका छन् । भिडियो हेर्न यहाँ क्लिक गर्नु होला ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

“लोक दोहोरी च्याम्पियन” पत्रकार भेटघाट कार्यक्रम सम्पन्न, असोज ३ गतेदेखि दर्शक माझ आउने

“लोक दोहोरी च्याम्पियन” पत्रकार भेटघाट कार्यक्रम सम्पन्न, असोज ३ गतेदेखि दर्शक माझ आउने

वि.सं.२०८३ साउन २६ मंगलवार १३:५२

काठमाडौं । रगोन स्टुडियो प्रा.लि.को ब्यानरमा निर्माण भइरहेको चर्चित लोकदोहोरी...

लघु चलचित्र “आश्रम” र मर्मस्पर्शी गीत “कति बस्छौ माइतीघर” को म्युजिक भिडियोको प्रिमियर शो सम्पन्न

लघु चलचित्र “आश्रम” र मर्मस्पर्शी गीत “कति बस्छौ माइतीघर” को म्युजिक भिडियोको प्रिमियर शो सम्पन्न

वि.सं.२०८३ साउन २४ आइतवार ०६:५०

काठमाडौं । लघु चलचित्र "आश्रम" र मर्मस्पर्शी गीत "कति बस्छौ माइतीघर"...

रमेश बिक्रम रत्नको पृथक तीज कोसेली “नाचिदेउ गौथली” सार्वजनिक

रमेश बिक्रम रत्नको पृथक तीज कोसेली “नाचिदेउ गौथली” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार १२:४०

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

आशा बिश्वकर्मा लगायत अन्य कलाकारहरुको अभिनयमा मौलिक तीज गीत “मै प्यारी छोरी” सार्वजनिक

आशा बिश्वकर्मा लगायत अन्य कलाकारहरुको अभिनयमा मौलिक तीज गीत “मै प्यारी छोरी” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार १२:०७

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

प्रबिन खड्काको नयाँ गीत “मानपुर रामेछाप” सार्वजनिक

प्रबिन खड्काको नयाँ गीत “मानपुर रामेछाप” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार ११:२६

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

प्याब्सन लिटिल आइडलको नयाँ संस्करण सुरु

प्याब्सन लिटिल आइडलको नयाँ संस्करण सुरु

वि.सं.२०८३ साउन १९ मंगलवार १०:४७

काठमाडौं। शैक्षिक कोर्समा नसमेटिएका तर समयअनुसार विद्यार्थीका लागि आवश्यक विषयबारे...