गुल्मी की पार्वती बिश्वकर्मा र पाल्पाका प्रकाश ज्ञवालीको वास्तविक जिवन कथामा आधारित गीत “छाती चर्किन्छ” ले छोटो समयमा नै चर्चा बटुल्दै

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय एकपछि अर्को गरेर नयाँ नयाँ गीतहरु सार्वजनिक भईरहेका छन्। सोही क्रममा अन्तरजातिय प्रेम जोडी गुल्मी की पार्वती बिश्वकर्मा र पाल्पाका प्रकाश ज्ञवालीको वास्तविक जिवन कथामा आधारित गीत “छाती चर्किन्छ” केही दिन अघी सार्वजनिक भएको छ। यस गीतले छोटो समयमा नै चर्चा कमाउन थालेको छ।

 

यस गीतमा यी जोडी सामाजिक रुपमा बहिस्कार भएको कुरा र प्रकाश ज्ञवाली डिप्रेशनमा जानुको मुख्य कारण खुलाउनुको साथै हालः यी जोडीको अवस्था के कस्तो छ भनेर सम्पुर्ण जानकारी दिन खोजिएको छ। सामाजिक बहिस्कार र जातिय बिभेदले गर्दा समाजमा के कस्तो असर पर्छ भन्ने कुराको चित्रण गर्दै जातिय बिभेदको अन्त्य हुनुपर्छ भन्ने सन्देश दिन खोजिएको छ। गुल्मी की पार्वती बिश्वकर्मा र पाल्पाका प्रकाश ज्ञवालीले करिब ६ बर्ष अघी बिवाह गरेका थिए।

 

अन्तरजातिय बिवाह गरे कै कारण यो जोडी सामाजिक बहिस्कार हुनु परेको थियो। सामाजिक बहिस्कार र घरबाट बहिस्कार भएपछि यही कुरा सोच्दा सोच्दै प्रकाश ज्ञवाली डिप्रेशनको शिकार भएका थिए। उनी डिप्रेशनमा गएको ९ महिना भएको छ। शती प्रथा हट्यो, हली प्रथा हट्यो तर जातिय प्रथा, छुवाछुत प्रथा अझै हट्न सकेको छैन। २१ औं शताब्दीमा मानव जाती एउटै हो, केवल महिला र पुरुष मात्र हो भन्ने गरिन्छ। तर मानव मानव बिच तल्लो जात र माथिल्लो जात भनेर बिभेद गरिन्छ। यही बिभेदका कारण र सामाजिक बहिस्कारको कारणले गुल्मी की पार्वती बिश्वकर्मा र पाल्पाका प्रकाश ज्ञवालीले अनेकौ पिडा भोग्नु परेको छ।

 

पार्वती बिश्वकर्माले दोहोरी साँझमा गीत गाएर जिविकोपार्जन गर्ने र प्रकाश ज्ञवालीको औषधी उपचार गर्ने गर्छिन्। गुल्मी की पार्वती बिश्वकर्मा र पाल्पाका प्रकाश ज्ञवालीको वास्तविक जिवन कथामा आधारित गीत छाती चर्किन्छ मा पिडित स्वयम् पार्वती बिश्वकर्माकोे स्वर रहेको छ भने दिपेन्द्र पौडेल र सुजन बराईलीले स्वरमा साथ दिएका छन्। यस गीतमा पत्रकार प्रकाश बराईली “अभिब्यक्ति” को शब्द, सञ्चारकर्मी राज कुमार रायमाझीको संगीत रहेको छ। सो गीतको एरेञ्ज लक्षु प्रकाश मल्लले गरेका हुन् भने मनोज डंगोलले मिक्सिङ गरेका हुन्।

 

गीतको भिडियोमा पत्रकार प्रकाश बराईली “अभिब्यक्ति” को कथा, निर्देशन, छायांकन रहेको छ भने राजेश कुमारले सम्पादन गरेका हुन्। उक्त गीतको भिडियोमा शुरबिर पण्डित, पार्वती बिश्वकर्मा, प्रकाश ज्ञवाली, दिपेन्द्र पौडेल र सुजन बराईलीको अभिनय रहेको छ।

 

“छाती चर्किन्छ” गीतको प्रोडक्सन म्यानेजरको रुपमा रमेश शिबशंकर रहेका छन्। यस गीतलाई प्रकाश बराईली “अभिब्यक्ति” को युटुब च्यानलबाट सार्वजनिक गरिएको हो।

 

गीतको भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

“आठौँ म्याग्दी महोत्सव एवं प्रदेश स्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेला” सुरु

“आठौँ म्याग्दी महोत्सव एवं प्रदेश स्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेला” सुरु

वि.सं.२०८१ पुस २८ आइतवार ०८:३६

म्याग्दी जिल्लाको सदरमुकाम बेनी बजारमा आजदेखि "आठौँ म्याग्दी महोत्सव एवं...

सुप्रसिद्ध गायक तथा सङ्गीतकार गोविन्द मधुर आचार्यको नेतृत्वमा रापती समाज काठमाडौंको नयाँ कार्यसमिति चयन

सुप्रसिद्ध गायक तथा सङ्गीतकार गोविन्द मधुर आचार्यको नेतृत्वमा रापती समाज काठमाडौंको नयाँ कार्यसमिति चयन

वि.सं.२०८१ पुस २८ आइतवार ०७:१५

काठमाडौं-रापती समाज काठमाडौंले आफ्नो "१८औं वार्षिक साधारण सभा तथा नवौं...

रमेश श्रेष्ठको शब्द, कल्पना पराजुलीको संगीतमा “यो मन बैरागी” सार्वजनिक

रमेश श्रेष्ठको शब्द, कल्पना पराजुलीको संगीतमा “यो मन बैरागी” सार्वजनिक

वि.सं.२०८१ पुस २८ आइतवार ०६:५४

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

मोडल सञ्चिता शाहीको यस्तो अवस्था कसरी आयो ? (भिडियो सहित)

मोडल सञ्चिता शाहीको यस्तो अवस्था कसरी आयो ? (भिडियो सहित)

वि.सं.२०८१ पुस १९ शुक्रवार ०६:५९

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

बाल कलाकार सचिन परियारको उपचारको क्रममा निधन

बाल कलाकार सचिन परियारको उपचारको क्रममा निधन

वि.सं.२०८१ पुस १८ बिहीवार ०७:४७

काठमाडौँ । बाल कलाकार सचिन परियारको निधन भएको छ ।...

चौथो ललितपुर जिल्ला व्यापी तेक्वान्दो पुम्से प्रतियोगिता सम्पन्न

चौथो ललितपुर जिल्ला व्यापी तेक्वान्दो पुम्से प्रतियोगिता सम्पन्न

वि.सं.२०८१ पुस १८ बिहीवार ०४:२७

काठमाडौं। चौथो ललितपुर जिल्ला व्यापी तेक्वान्दो पुम्से प्रतियोगिता सम्पन्न भएको...