गुल्मी की पार्वती बिश्वकर्मा र पाल्पाका प्रकाश ज्ञवालीको वास्तविक जिवन कथामा आधारित गीत “छाती चर्किन्छ” ले छोटो समयमा नै चर्चा बटुल्दै

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय एकपछि अर्को गरेर नयाँ नयाँ गीतहरु सार्वजनिक भईरहेका छन्। सोही क्रममा अन्तरजातिय प्रेम जोडी गुल्मी की पार्वती बिश्वकर्मा र पाल्पाका प्रकाश ज्ञवालीको वास्तविक जिवन कथामा आधारित गीत “छाती चर्किन्छ” केही दिन अघी सार्वजनिक भएको छ। यस गीतले छोटो समयमा नै चर्चा कमाउन थालेको छ।

यस गीतमा यी जोडी सामाजिक रुपमा बहिस्कार भएको कुरा र प्रकाश ज्ञवाली डिप्रेशनमा जानुको मुख्य कारण खुलाउनुको साथै हालः यी जोडीको अवस्था के कस्तो छ भनेर सम्पुर्ण जानकारी दिन खोजिएको छ। सामाजिक बहिस्कार र जातिय बिभेदले गर्दा समाजमा के कस्तो असर पर्छ भन्ने कुराको चित्रण गर्दै जातिय बिभेदको अन्त्य हुनुपर्छ भन्ने सन्देश दिन खोजिएको छ। गुल्मी की पार्वती बिश्वकर्मा र पाल्पाका प्रकाश ज्ञवालीले करिब ६ बर्ष अघी बिवाह गरेका थिए।

अन्तरजातिय बिवाह गरे कै कारण यो जोडी सामाजिक बहिस्कार हुनु परेको थियो। सामाजिक बहिस्कार र घरबाट बहिस्कार भएपछि यही कुरा सोच्दा सोच्दै प्रकाश ज्ञवाली डिप्रेशनको शिकार भएका थिए। उनी डिप्रेशनमा गएको ९ महिना भएको छ। शती प्रथा हट्यो, हली प्रथा हट्यो तर जातिय प्रथा, छुवाछुत प्रथा अझै हट्न सकेको छैन। २१ औं शताब्दीमा मानव जाती एउटै हो, केवल महिला र पुरुष मात्र हो भन्ने गरिन्छ। तर मानव मानव बिच तल्लो जात र माथिल्लो जात भनेर बिभेद गरिन्छ। यही बिभेदका कारण र सामाजिक बहिस्कारको कारणले गुल्मी की पार्वती बिश्वकर्मा र पाल्पाका प्रकाश ज्ञवालीले अनेकौ पिडा भोग्नु परेको छ।

पार्वती बिश्वकर्माले दोहोरी साँझमा गीत गाएर जिविकोपार्जन गर्ने र प्रकाश ज्ञवालीको औषधी उपचार गर्ने गर्छिन्। गुल्मी की पार्वती बिश्वकर्मा र पाल्पाका प्रकाश ज्ञवालीको वास्तविक जिवन कथामा आधारित गीत छाती चर्किन्छ मा पिडित स्वयम् पार्वती बिश्वकर्माकोे स्वर रहेको छ भने दिपेन्द्र पौडेल र सुजन बराईलीले स्वरमा साथ दिएका छन्। यस गीतमा पत्रकार प्रकाश बराईली “अभिब्यक्ति” को शब्द, सञ्चारकर्मी राज कुमार रायमाझीको संगीत रहेको छ। सो गीतको एरेञ्ज लक्षु प्रकाश मल्लले गरेका हुन् भने मनोज डंगोलले मिक्सिङ गरेका हुन्।

गीतको भिडियोमा पत्रकार प्रकाश बराईली “अभिब्यक्ति” को कथा, निर्देशन, छायांकन रहेको छ भने राजेश कुमारले सम्पादन गरेका हुन्। उक्त गीतको भिडियोमा शुरबिर पण्डित, पार्वती बिश्वकर्मा, प्रकाश ज्ञवाली, दिपेन्द्र पौडेल र सुजन बराईलीको अभिनय रहेको छ।

“छाती चर्किन्छ” गीतको प्रोडक्सन म्यानेजरको रुपमा रमेश शिबशंकर रहेका छन्। यस गीतलाई प्रकाश बराईली “अभिब्यक्ति” को युटुब च्यानलबाट सार्वजनिक गरिएको हो।

गीतको भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

राम कुमार कार्की र देबी घर्तीको स्वरमा मार्मिक गीत “डुब्नै लाग्या घामको” सार्वजनिक (भिडियो सहित)

राम कुमार कार्की र देबी घर्तीको स्वरमा मार्मिक गीत “डुब्नै लाग्या घामको” सार्वजनिक (भिडियो सहित)

वि.सं.२०८३ असार २७ शनिवार १२:०२

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

गायिका पार्वती बिश्वकर्माको आफ्नै जिवन कथामा आधारित गीत “तिम्रो याद” सार्वजनिक

गायिका पार्वती बिश्वकर्माको आफ्नै जिवन कथामा आधारित गीत “तिम्रो याद” सार्वजनिक

वि.सं.२०८३ असार २७ शनिवार ०९:२३

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

भारतको बिहार राज्यस्थित सहरसामा आयोजित “रक्तदाता महाकुम्भ–२” कार्यक्रममा नेपाली साहित्यकार, समाजसेवी तथा राजनीतिक व्यक्तित्व इन्दिरा निरौला सम्मानित

भारतको बिहार राज्यस्थित सहरसामा आयोजित “रक्तदाता महाकुम्भ–२” कार्यक्रममा नेपाली साहित्यकार, समाजसेवी तथा राजनीतिक व्यक्तित्व इन्दिरा निरौला सम्मानित

वि.सं.२०८३ असार २५ बिहीवार १३:३९

सहरसा (बिहार)। भारतको बिहार राज्यस्थित सहरसामा आयोजित "रक्तदाता महाकुम्भ–२" कार्यक्रममा...

नेपाली सङ्गीतमा छुट्टै पहिचान बनाएका यम बराललाई मल्टिपल माइलोमा (रक्त क्यान्सर) भएको पुष्टि

नेपाली सङ्गीतमा छुट्टै पहिचान बनाएका यम बराललाई मल्टिपल माइलोमा (रक्त क्यान्सर) भएको पुष्टि

वि.सं.२०८३ असार २५ बिहीवार ०९:१४

काठमाडौं। नेपाली सङ्गीत क्षेत्रमा आफ्नो सुमधुर स्वरले लाखौँ श्रोताको मन...

आर. आर. एण्ड भालेश्वर ट्रेड कम्पनीको चरम लापरबाही, यसरी भएको छ कर्मचारीको मिलेमतोमा करोडौंको भ्याट तथा कर छली

आर. आर. एण्ड भालेश्वर ट्रेड कम्पनीको चरम लापरबाही, यसरी भएको छ कर्मचारीको मिलेमतोमा करोडौंको भ्याट तथा कर छली

वि.सं.२०८३ असार २१ आइतवार ०७:०६

काठमाडौं। धुनीबेशी नगरपालिकामा आर. आर. एण्ड भालेश्वर ट्रेड कम्पनीलाई परेको...

साँस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् नेपालद्धारा आयोजित “संगीत र प्रबिधी बिषयक अन्तरक्रिया कार्यक्रम” सम्पन्न

साँस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् नेपालद्धारा आयोजित “संगीत र प्रबिधी बिषयक अन्तरक्रिया कार्यक्रम” सम्पन्न

वि.सं.२०८३ असार २० शनिवार १२:४७

काठमडौं। साँस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् नेपालद्धारा आयोजित "संगीत र...