पार्वती बिश्वकर्मा र प्रकाश ज्ञवालीको वास्तविक कथामा आधारित गीत “कुरिती कु-संस्कार” सार्वजनिक

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय एकपछि अर्को गरेर नयाँ नयाँ गीतहरु सार्वजनिक भईरहेका छन्। सोही क्रममा “समाज परिवर्तन नेपाल” को प्रस्तुतीमा नयाँ गीत “कुरिती कु-संस्कार” सार्वजनिक भएको छ। यस गीतमा अन्तरजातिय जोडी पार्वती बिश्वकर्मा र प्रकाश ज्ञवालीको वास्तविक कथालाई समेटिएको छ।

 

गुल्मीकी पार्वती बिश्वकर्मा र पाल्पाका प्रकाश ज्ञवाली बिच केही बर्ष अघी प्रेम बिवाह भएको थियो। अन्तरजातिय बिवाह भएकै कारण यो जोडीलाई घर परिवार र समाजबाट बहिस्कार गरिएको थियो। बहिस्कार भएपछि यो जोडी काठमाडौं आएर संघर्ष गरिरहेका थिए। यिनै कुराहरु सम्झिदा प्रकाश ज्ञवाली एक बर्ष अघि देखी डिप्रेशनको शिकार भए।

 

मानसिक बिरामी भएपछि प्रकाश ज्ञवालीले औषधी प्रयोग गरिरहेका छन्। प्रकाश ज्ञवालीको श्रीमती पार्वती बिश्वकर्माले दोहोरी साँझमा गीत गाउछिन्। दोहोरी साँझमा गाएको र अरुले दिएको टिप्सकै भरले जिविकोपार्जन गर्नुका साथै प्रकाशको उपचार गराउने र औषधी खुवाउने गर्छिन्। गीतमा यो अन्तरजातिय जोडीको यिनै वास्तविक, कारुणिक कथालाई समेट्ने कोसिस गरिएको छ।

 

“कुरिती कु-संस्कार” गीतमा बरिष्ठ गायक बिमलराज क्षत्री र पार्वती बिश्वकर्माको स्वर रहेको छ भने पत्रकार प्रकाश बराईली “अभिब्यक्ति” को शब्द, रमेश बिक्रम रत्नको संगीत रहेको छ। यस गीतलाई रमेश सेञ्चुरीले एरेञ्ज गरेका हुन् भने मनोज डंगोलले मिक्सिङ गरेका हुन्।

 

सो गीतको भिडियोमा पत्रकार प्रकाश बराईली “अभिब्यक्ति” को कथा, निर्देशन, छायांकन, सम्पादन रहेको छ भने राजेश कुमारले रंग संयोजन गरेका हुन्। उक्त गीतको भिडियोमा सुरबिर पण्डित (दाह्री बा), धन कुमारी गौचन, पार्वती बिश्वकर्मा, प्रकाश ज्ञवालीको अभिनय रहेको छ। यस गीतलाई प्रकाश बराईली “अभिब्यक्ति” को युटुब च्यानलबाट सार्वजनिक गरिएको हो।

 

भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

रौतहटकी सान प्रतिभाशाली गायिका वर्षा दास

रौतहटकी सान प्रतिभाशाली गायिका वर्षा दास

वि.सं.२०८२ माघ १ बिहीवार ०५:४१

गायिका वर्षा दास यतिबेला चीनको ल्हासामा छिन् । ल्हासा स्थित...

म्याग्देली गायक राजन भुजेल बिश्वकर्माको नयाँ मौलिक गीत “दुई खोली दोभान” सार्वजनिक

म्याग्देली गायक राजन भुजेल बिश्वकर्माको नयाँ मौलिक गीत “दुई खोली दोभान” सार्वजनिक

वि.सं.२०८२ पुस ३० बुधवार ०५:४३

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

“म्युजिक भिडियो कलाकार संघ नेपाल” को आठौं साधारण सभा तथा चौथो अधिबेशन माघ २४ गते सम्पन्न हुने

“म्युजिक भिडियो कलाकार संघ नेपाल” को आठौं साधारण सभा तथा चौथो अधिबेशन माघ २४ गते सम्पन्न हुने

वि.सं.२०८२ पुस २९ मंगलवार १३:०३

काठमाडौं। म्युजिक भिडियो कलाकारहरुको छाता संगठन “म्युजिक भिडियो कलाकार संघ नेपाल”...

लोकप्रिय गायिका टिका पुनको मौलिक कौडा गीत  “आकाशैमा तारा र जुन छन्” सार्वजनिक (भिडियो सहित)

लोकप्रिय गायिका टिका पुनको मौलिक कौडा गीत  “आकाशैमा तारा र जुन छन्” सार्वजनिक (भिडियो सहित)

वि.सं.२०८२ पुस २८ सोमवार १३:१८

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

पाँचौं ललितपुर खुला तेक्वान्दो पुम्से प्रतियोगिता-  २०८२” सम्पन्न

पाँचौं ललितपुर खुला तेक्वान्दो पुम्से प्रतियोगिता-  २०८२” सम्पन्न

वि.सं.२०८२ पुस २३ बुधवार १२:३५

ललितपुर । "पाँचौं ललितपुर खुला तेक्वान्दो पुम्से प्रतियोगिता-  २०८२"  मंसिर...