राम कुमार कार्कीको नयाँ गीत “भेट भो मेलैमा” सार्वजनिक, छोटो समयमा धेरै दर्शकहरुको मन जित्दै
वि.सं.२०८३ भदौ २३ मंगलवार १२:१२
काठमाडौं। चर्चित गायक एबं संगीतकार राम कुमार कार्कीको नयाँ गीत “भेट भो मेलैमा” केही साता अघी सार्वजनिक भएको छ। भेट भो मेलैमा गीतले सार्वजनिक भएको केही दिनमा धेरै दर्शकहरुको मन जित्न सफल भएको छ।
सो गीतमा राम कुमार कार्की र चर्चित गायिका दिपिका बयम्भु मगरको स्वर रहेको छ भने राम कुमार कार्की कै शब्द, संगीत रहेको छ।
गीतमा राकेश शोनीको एरेञ्ज, श्यामश्वेत रसाईलीको मिक्सिङ रहेको छ। गीतको भिडियोमा एकिन्द्र शारा शंकरको निर्देशन तथा कोरियोग्राफी, प्रकाश खड्काको छायांकन, मनोज कार्कीको सम्पादन रहेको छ।
उक्त गीतको भिडियोमा पार्वती श्रेष्ठ, अनिल पौडेल, केशव कार्की आदीको अभिनय रहेको छ। यस गीतलाई राम कुमार कार्की कै युटुब च्यानलबाट सार्वजनिक गरिएको हो।
भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला।
वि.सं.२०८३ भदौ २३ मंगलवार १२:१२















