चर्चित गायिका राधिका हमालको तीज बिशेष गीत “जिन्दगी मालमालै छ” ले लाखौ दर्शकहरुको मन जित्दै
वि.सं.२०८३ भदौ २९ सोमवार ०६:५३
काठमाडौं। चर्चित गायिका राधिका हमालको तीज बिशेष गीत “जिन्दगी मालमालै छ” ले लाखौ दर्शकहरुको मन जित्दै गएको छ। यस गीतले सार्वजनिक भएको एक महिना भित्र एक मिलियनको संघारमा पुग्न लागेको छ। गीतमा सामाजिक, यथार्थता भाब र महिलाहरुको बेदना बोक्नुका साथै बिगतमा महिलाहरुले समाजमा भोग्दै आएका कुराहरुलाई समेट्ने प्रयास गरिएको छ।
“जिन्दगी मालमालै छ” गीतमा राधिका हमालको स्वर, शब्द, संगीत रहेको छ। गीतको एरेञ्ज कृष्ण बहादुर पुनले गरेका हुन् भने कुमार रानाले मिक्सिङ गरेका हुन्। सो गीतको भिडियोमा स्मृती तिमिल्सिना (गुरु आमा) को निर्देशन तथा कोरियोग्राफी रहेको छ भने दुर्गा पौडेलको छायांकन, नबिन घर्ती मगरको सम्पादन रहेको छ।
उक्त गीतको भिडियोमा कबिता न्यौपाने, सफल पुन मगर (सकिरा), उषा सुबेदी आदीको अभिनय रहेको छ। यस गीतलाई रासिधका हमालको युटुब च्यानलबाट सार्वजनिक गरिएको हो।
भिडियो हेर्न तलको तलको लिंक क्लिक गर्नुहोला।
वि.सं.२०८३ भदौ २९ सोमवार ०६:५३















