“राष्ट्रिय खुल्ला दोहोरी गीत प्रतियोगिता र स्रष्टा सम्मान एबम् इन्द्रेणी कार्यक्रम” मा ४८ समुहको सहभागिता, २ दिन म्याद थप गरियो

प्रकाश बराईली “अभिव्यक्ति”
कास्की /पोखरा

“लोक संस्कृति जोगाऔ, हाम्रो चिनारी बचाऔ” भन्ने मुल नारालाई आत्मसाथ गर्दै कल्याण शेरचन स्मृति प्रतिष्ठानद्वारा आयोजित “राष्ट्रिय खुल्ला दोहोरी गीत प्रतियोगिता र स्रष्टा सम्मान एवंम इन्द्रेणी कार्यक्रम” पोखरा स्थित सभागृहमा तेस्रो भब्य रुपले सञ्चालन भैरहेको छ । प्रतियोगिता सञ्चालन भएको तेस्रो दिन पनि दर्शकहरुको उत्साहजनक सहभागिता रहेको छ ।

लोक स्रष्टा, साधक तथा शिल्पी कल्याण शेरचनको ७६ औं जन्मजयन्तीको अवसरमा आयोजित सो प्रतियोगिता कल्याण शेरचनको शालिक निर्माण सहयोगार्थ आयोजना गरिएको कुरा आयोजक पक्षले जानकारी गराएको छ । कल्याण शेरचन स्मृति प्रतिष्ठान नेपालले आयोजना गरेको सो प्रतियोगिताका सहभागीहरु बीच दोस्रो चरणको प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको तेस्रो दिन दोस्रो चरणमा ३२ टोलीले प्रतिस्पर्धा गर्ने भएका छन् ।

 

साउन १२ गते देखि पोखरा सभागृहमा भएको प्रतियोगिता साउन १४ गते प्रतियोगिता सम्पन्न गर्ने आयोजकको योजना भएतापनी प्रतियोगीहरु धेरै भएको र समयको अभाब भएको कारणले २ दिन म्याद थप गरि साउन १६ गते प्रतियोगितालाई सम्पन्न गर्ने कुरा आयोजक पक्षले बताएको छ । प्रतियोगितामा सहभागिताका लागि विभिन्न जिल्ला र समूहबाट गरी ४८ टिमको सहभागीता रहेको छ।

 

गण्डकी प्रज्ञा–प्रतिष्ठान प्रमुख सहकार्यमा रहेको छ भने पोखरा महानगरपालिका प्रबर्द्धक, पोखरा प्रज्ञा–प्रतिष्ठान, राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल केन्द्रिय समिति संगै प्रतिष्ठान मातहतका विभिन्न प्रदेश र जिल्ला शाखाहरु, इन्द्रेणी सांस्कृतिक समाज, काठमाण्डौ र हिमाली साँस्कृतिक परिवार, पोखरा लगायतको सहकार्य गरेका छन् । प्रतियोगिताको तेस्रो दिन जीवन दाहाल र प्रजापति पराजुलीले सहजीकरण गर्दै प्रतियोगिता सञ्चालन गरेका छन् ।

 

प्रतियोगिताको तेस्रो दिन पनि कल्याण शेरचनको शालिक निर्माणका लागि सहयोग उठ्ने क्रम जारी छ । साथै कार्यक्रमलाई अझै सभ्य तथा भब्य रुपमा सफल बनाउन आर्थिक / नैतिक / भौतिक रुपमा सहयोग गरिदिन आयोजक पक्षले अनुरोध गरेको छ ।

 

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

सम्बन्धमा खटपट भएपछी पहिलो घरबार छोडेको कथामा, श्रीजन र संगमको “पहिलो घरबार” (भिडियो सहित)

सम्बन्धमा खटपट भएपछी पहिलो घरबार छोडेको कथामा, श्रीजन र संगमको “पहिलो घरबार” (भिडियो सहित)

वि.सं.२०८३ असार ३ बुधवार ०४:०१

काठमाडौं। कुनै एक युवा र युवती बीच दिनप्रतिदिन मायाँ झाँगिदै...

“९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३” को उपाधि निशान्त विक र संगीना थापा मगर प्रथम हुन सफल, अरु को को भए त बिजेताहरु ?

“९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३” को उपाधि निशान्त विक र संगीना थापा मगर प्रथम हुन सफल, अरु को को भए त बिजेताहरु ?

वि.सं.२०८३ असार १ सोमवार १३:३५

काठमाडौं। "९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३" को उपाधि निशान्त...

गायक एबं संगीतकार सुरज श्रेष्ठको नयाँ गीत “माया प्यारो भो” सार्वजनिक

गायक एबं संगीतकार सुरज श्रेष्ठको नयाँ गीत “माया प्यारो भो” सार्वजनिक

वि.सं.२०८३ जेठ २९ शुक्रवार १२:४५

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

“पाँचौ काव्य म्युजिक अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न

“पाँचौ काव्य म्युजिक अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न

वि.सं.२०८३ जेठ २९ शुक्रवार १२:१७

काठमाण्डौ । नेपाली कला र संस्कृतिको क्षेत्र उत्थानका निमित्त स्थापना...

म्यूजिक खबर म्यूजिक अवार्डको १३ औं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

म्यूजिक खबर म्यूजिक अवार्डको १३ औं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

वि.सं.२०८३ जेठ २८ बिहीवार १३:१८

काठमाडौं । विगत १३ वर्षदेखि निरन्तर रुपमा आयोजना हुँदै आएको...