संगीत तथा चलचित्र उत्पादक समाज नेपालको ७ औं स्थापना दिवस र नेपाल संगीत उधोग संघको २२ औं स्थापना दिवस एक साथ भब्य रुपमा सम्पन्न

काठमाडौं / नेपाल

संगीत तथा चलचित्र उत्पादक समाज नेपालको ७ औं स्थापना दिवस एबम बार्षिक साधारण सभा र नेपाल संगीत उधोग संघको २२ औं स्थापना दिवस एक साथ भब्य रुपमा सम्पन्न भएको छ । सो कार्यक्रममा दुईवटै संस्थाका अध्यक्ष समेत रहेका सुर्य मगरको अध्यक्षता रहेको थियो भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननिय जीवनराम श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो ।

यस कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका संस्कृति महाशाखा प्रमुख एबम सह सचिब डा. सुरेश श्रेष्ठ, नेपाल प्रतिलिपी अधिकार रजिष्टार कार्यालयका रजिष्टार प्रहलाद पुडासैनी,  संगीत तथा चलचित्र उत्पादक समाज नेपालका निवर्तमान अध्यक्ष निर्मलराज ढकाल, प्रस्तोता समाजका अध्यक्ष शिव हमाल, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका पुर्व अध्यक्ष चन्द्र शर्मा, चर्चित निर्देशक शिव बिक, मोडल एबम संगीत ब्यवसायी बाबुराम बोहरा, चर्चित गायक एबम सर्जक रेशम सापकोटा, चर्चित मोडल सम्झना बुढाथोकी, नेपाल उधोग बाणिज्य महासंघका केन्द्रिय सदस्य तथा चलचित्र मनोरञ्जन फोरमका सभापति एबम चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, नेपाल उधोग बाणिज्य महासंघका केन्द्रिय सदस्य तथा स्वास्थ्य तथा सीप बिकाश समितिका सभापति हेमराज ढकाल, किर्तिपुर उधोग बाणिज्य संघकी अध्यक्ष राज्य लक्ष्मी शाह लगायत कलाकार र पत्रकारहरुको बाक्लो उपस्थिति रहेको थियो ।

सो कार्यक्रमको सञ्चालन नेपाल संगीत उधोग संघका महासचिव सुनिल लामिछानेले गरेका थिए भने मिडिया संयोजकको रुपमा पत्रकार प्रकाश बराईली “अभिव्यक्ति” रहेका थिए । उक्त कार्यक्रममा उपाध्यक्ष हुम गैरेले स्वागत मन्तव्य राखेका थिए ।

दुबै संस्थाको स्थापना दिवसको अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननिय जीवनराम श्रेष्ठद्वारा केक काटिएको थियो । सोही अवसरमा “दोस्रो ऐतिहासिक राष्ट्रिय म्युजिक अवार्ड – २०७९” को सार्वजनिक रुपमा घोषणा गरिएको थियो । समाजका संरक्षकद्वय भगवान कुमार श्रेष्ठ र शम्शेर श्रेष्ठलाई बार्षिक सम्मान २०७९ द्वारा सम्मान गरिएको थियो भने संगीत ब्यवसायी सम्मान तर्फ सुनिल लामिछाने, संगीत पत्रकारिता सम्मान तर्फ तुलसी गिरि “भाबुक”, तुलसी बास्कोटा र मिडिया संयोजकको भुमिका निभाएको भन्दै प्रकाश बराईली “अभिव्यक्ति” लाई सम्मान गरिएको थियो । कार्यक्रममा विभिन्न श्रस्टा तथा निर्माताहरुलाई सम्मान गरिएको थियो ।

संगीत तथा चलचित्र उत्पादक समाज नेपालको ७ औं र नेपाल संगीत उद्योग संघको २२ औं स्थापना दिवसको सु-अवसरमा संयुक्त रुपमा आयोजना गरिएको कार्यक्रममा गीत संगीत तथा चलचित्रका निर्माताहरुलाई रोयल्टी वितरण गरिएको थियो । आगामी दिनमा गीत संगीत निर्माता तथा चलचित्र निर्माताहरुको लागि आफू जे जस्तो अवस्थामा पनि ज्यान दिन तयार भएको कुरा बताउदै रोयल्टी संकलन र बितरणलाई अझै पारदर्शी रुपले लैजाने कुरामा अध्यक्ष सुर्य मगरले जोड दिएका थिए ।

नेपालमा मात्र नभई ईन्टरनेशनल प्लेट फर्महरु जस्तै युटुब, टिकटक, फेसबुक लगायत अन्य डिजिटल प्लेट फर्म तथा प्रोड्युसरको ifpi संग लिने isrc नम्बर लगायतका बिबिध सम्झौताहरु र अधिकार प्राप्त गर्नुका साथै रोयल्टी संकलन तथा बितरण गर्दा समय सापेक्षिक मापदण्ड हेरफेर गर्नुपर्ने भएकोले कार्यक्रम कै दिन सर्वसम्मत रुपले नेपाल संगीत उधोग संघको बिधान संशोधन गरिएको छ । नेपाल संगीत उधोग संघद्वारा आयोजित “दोस्रो ऐतिहासिक राष्ट्रिय म्युजिक अवार्ड – २०७९” को फर्म खुल्ला भएको कुरा अध्यक्ष सुर्य मगरले सोही कार्यक्रममा जानकारी गराएका थिए ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

लक्षु प्रकाश मल्लको शब्द, संगीत र एरेञ्जमा मौलिक तीज गीत “छैनिन् मेरी आमा” टिकटकमा भाईरल हुँदै (भिडियो सहित)

लक्षु प्रकाश मल्लको शब्द, संगीत र एरेञ्जमा मौलिक तीज गीत “छैनिन् मेरी आमा” टिकटकमा भाईरल हुँदै (भिडियो सहित)

वि.सं.२०८३ भदौ १० बुधवार ०९:५५

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

एकै मञ्चमा १४ मौलिक तीज गीत विमोचन, टिका पुनलाई “मौलिक गायन सम्मान”

एकै मञ्चमा १४ मौलिक तीज गीत विमोचन, टिका पुनलाई “मौलिक गायन सम्मान”

वि.सं.२०८३ भदौ ९ मंगलवार १२:२६

काठमाडौँ । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको आयोजनामा एकै मञ्चमा १४...

“९ औँ राष्ट्रिय लोकदोहोरी अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न, को को भए त अवार्ड बिजेता र सम्मानित ?

“९ औँ राष्ट्रिय लोकदोहोरी अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न, को को भए त अवार्ड बिजेता र सम्मानित ?

वि.सं.२०८३ भदौ ७ आइतवार ०७:५६

काठमाडौं। “अग्रजलाई सम्मान, नव प्रतिभालाई प्रोत्साहन” भन्ने मुल नारा सहित...

चर्चित मोडल टिका जैसीको नयाँ गीत “गुस्सा किन” सार्वजनिक

चर्चित मोडल टिका जैसीको नयाँ गीत “गुस्सा किन” सार्वजनिक

वि.सं.२०८३ भदौ ३ बुधवार १३:१७

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

तीज नजिकिदै गर्दा शंकर बिसीको भाबुक स्टाटसः यसपाली म नेपाल नहुँदा खल्लो लागेको छ।

तीज नजिकिदै गर्दा शंकर बिसीको भाबुक स्टाटसः यसपाली म नेपाल नहुँदा खल्लो लागेको छ।

वि.सं.२०८३ भदौ २ मंगलवार १२:५५

काठमाडौं। लोकप्रिय मोडल एबं निर्देशक शंकर बिसी लोक दोहोरी क्षेत्रको...

चर्चित गायक राजु आर.डी. र सन्तोषी सुनारको स्वरमा “पोईला हिन्दिम होला” सार्वजनिक

चर्चित गायक राजु आर.डी. र सन्तोषी सुनारको स्वरमा “पोईला हिन्दिम होला” सार्वजनिक

वि.सं.२०८३ भदौ २ मंगलवार १२:००

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...