टिका पुन सांगीतिक साँझ सम्पन्न भएको उपलक्ष्यमा “धन्यबाद ज्ञापन तथा सम्मान पत्र बितरण कार्यक्रम – २०७९” सम्पन्न

काठमाडौं । टिका पुन सांगीतिक साँझ सम्पन्न भएको उपलक्ष्यमा “धन्यबाद ज्ञापन तथा सम्मान पत्र बितरण कार्यक्रम – २०७९” सम्पन्न भएको छ । यस कार्यक्रममा दर्पण संगीतालयले आयोजना गरेको हो ।

 

कार्यक्रममा दर्पण संगीतालयका अध्यक्ष उदिराम खड्काको अध्यक्षता रहेको थियो भने बरिष्ठ गायक प्रेमराजा महतको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै बरिष्ठ गायक एबं चलचित्र निर्देशक नारायण रायमाझी, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका पुवृ अध्यक्ष चन्द्र शर्मा, चर्चित गायक रामजी खाण, चर्चित गायक एबं सर्जक किरणबाबु पुन, राष्ट्रिय लोक सञ्चारकर्मीका उपाध्यक्ष चन्द्रमणी गौतम, चर्चित गायिका राधिका हमाल लगायत थुप्रै कलाकार र पत्रकारहरुको उपस्थिती रहेको थियो ।

 

यस कार्यक्रम सञ्चालन हरी पुन मगरले गरेका थिए भने मिडिया संयोजकको रुपमा पत्रकार प्रकाश बराईली “अभिब्यक्ति” रहेका थिए । कार्यक्रममा “टिका पुन सांगीतिक साँझ” लाई भब्य रुपमा सफल पार्न आर्थिक, नैतिक, भौतिक रुपमा सहयोग गर्ने ब्यक्तिहरु र बिभिन्न मिडियाका पत्रकारहरुलाई प्रमुख अतिथीको रुपमा रहेका बरिष्ठ गायक प्रेमराजा महत, बरिष्ठ गायक एबं चलचित्र निर्देशक नारायण रायमाझी, दर्पण संगीतालयका अध्यक्ष उदिराम खड्का र टिका पुनको हातबाट सम्मान गरिएको थियो ।

 

“टिका पुन सांगीतिक साँझ” लाई भब्य रुपमा सफल पार्न सहयोग गर्ने, प्रयोजक, सहयोगीदाता र पत्रकारहरु प्रती आभार प्रकट गर्दै टिका पुनले यो सहयोग कहिल्यै नबिर्सिने प्रतिबद्धता ब्यक्त गरेकी छिन् । कार्यक्रमको मिती घोषणा भए देखी कार्यक्रमको अन्तिम दिन सम्म न भोक न निन्द्रा गरेर खटिए भन्दै भाबुक हुँदै पनी बोलिन् । कतिपय ब्यक्तिले मलाई बाचा गरेर पनि धोका दिनुभयो । कतिपय ब्यक्तीले मलाई चित्त पनि दुखाउनु भयो । मलाई सुर्खेत भेरी तिरका ब्यक्तिहरुले सहयोग गर्नु भएन । सुर्खेतले आफ्नो चेलीलाई हेला गर्‍यो । तर पनि दर्शकहरुको मायाले हल भरिएर खचाखच भयो । कतिपय ब्यक्ति त हलमा नअटाएर फर्किन परो भन्दै गुनासो समेत ब्यक्त गरिन् । मनमा धेरै गुनासोहरु थिए तर यहाँ भनेर सम्भब छैन । जे जस्तो गुनासो भएपनि कार्यक्रम भब्य रुपमा सफल भयो । यसैमा खुसी छु भन्दै सबैलाई धन्यबाद दिदै आगामी दिनमा पनि यस्तै साथ सपोर्टको अपेक्षा राखेको कुरा टिका पुनले बताईन् ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

गायिका दिपा रोकायाको नयाँ गीत “मुटु हौं तिमी” सार्वजनिक

गायिका दिपा रोकायाको नयाँ गीत “मुटु हौं तिमी” सार्वजनिक

वि.सं.२०८३ जेठ १५ शुक्रवार १६:४१

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

भजन संस्कृती प्रबर्द्धन सहितको “बृहत् जनचेतनामूलक साँस्कृतिक कार्यक्रम एबम बुढानिलकण्ठ उत्सब – २०८३” हुदै

भजन संस्कृती प्रबर्द्धन सहितको “बृहत् जनचेतनामूलक साँस्कृतिक कार्यक्रम एबम बुढानिलकण्ठ उत्सब – २०८३” हुदै

वि.सं.२०८३ जेठ १५ शुक्रवार १६:१०

काठमाडौं। लोपोन्मुख लोक कला संस्कृति एबम पर्यटन प्रबर्द्धन गर्ने उद्देश्य...

प्रल्हाद सुबेदीको शब्द, बसन्त थापाको संगीतमा “एकै बित्ताको डोरी” सार्वजनिक

प्रल्हाद सुबेदीको शब्द, बसन्त थापाको संगीतमा “एकै बित्ताको डोरी” सार्वजनिक

वि.सं.२०८३ जेठ १२ मंगलवार ११:४३

नेपाली संगीत क्षेत्रमा नयाँ स्वाद बोकेको गीत ‘एकै बित्ताको दूरी’...

“रानी फूलैमा” बाट चर्चामा अस्मिता बुढा मगर, पहिलो मोडलिङमै दर्शकको मन जितिन्

“रानी फूलैमा” बाट चर्चामा अस्मिता बुढा मगर, पहिलो मोडलिङमै दर्शकको मन जितिन्

वि.सं.२०८३ जेठ १० आइतवार १६:१२

काठमाडौं । रोल्पा जिल्लामा २०६० साल पौष ६ गते बुवा...

खेम र रन्जिताको आवाजमा प्रकाश र अञ्जलीको एकसाथ रोमान्स

खेम र रन्जिताको आवाजमा प्रकाश र अञ्जलीको एकसाथ रोमान्स

वि.सं.२०८३ जेठ ९ शनिवार ०५:२३

काठमाडौं। लामो समयपछि चर्चित कलाकार जोडी प्रकाश सपुत र अञ्जली...

लोकप्रिय गायक उत्साह कान्त मैनालीको स्वरमा नया गीत “यहाँ कति आए” सार्बजनिक (भिडियो सहित )

लोकप्रिय गायक उत्साह कान्त मैनालीको स्वरमा नया गीत “यहाँ कति आए” सार्बजनिक (भिडियो सहित )

वि.सं.२०८३ जेठ ८ शुक्रवार ०५:१९

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...