भजन संस्कृती प्रबर्द्धन सहितको “बृहत् जनचेतनामूलक साँस्कृतिक कार्यक्रम एबम बुढानिलकण्ठ उत्सब – २०८३” हुदै

काठमाडौं। लोपोन्मुख लोक कला संस्कृति एबम पर्यटन प्रबर्द्धन गर्ने उद्देश्य सहित काठमाडौंको बुढानिलकण्ठ न. पा. वडा नम्बर १२ कपन खरिबोटमा भजन संस्कृती प्रबर्द्धन सहितको “बृहत् जनचेतनामूलक सांस्कृतिक कार्यक्रम एबम बुढानिलकण्ठ उत्सब – २०८३” आयोजना हुने भएको छ।

बुढानिलकण्ठ नगरपालिकाको संरक्षकत्वमा आयोजित कार्यक्रममा वडा नम्बर १२ प्रबर्द्धकको रुपमा रहेको छ। “जोगाऔँ सम्पदा, संस्कृती र सभ्यता” भन्ने मुल नारा सहित सन्चालन हुन लागेको कार्यक्रम कपन खरिबोट स्थित त्री-ज्योती माध्यमिक बिध्यालयको प्राङ्गणमा यहि जेष्ठ महिनाको १६ गते शनिबार हुदैछ। कार्यक्रममा राष्ट्रिय स्तरका करिब दुई दर्जन कलाकारहरुको प्रस्तुती हुने भएको छ।

लागू औषध दुर्ब्यशन, सर्ने नसर्ने रोगहरु, सामाजिक संजालको दुरुपयोग, महिला हिँसा, लैङ्गिक हिंसा, सुर्तिजन्य पदार्थको नियन्त्रण लगायतका बिषय बस्तुमा आधारित एक घन्टाको सडक नाटक समेत प्रस्तुत हुने कुरा कार्यक्रमका संयोजक एबम लोकप्रिय लोक दोहोरी गायक नवीन पौडेलले बताए। कार्यक्रमलाई संस्कृती पर्यटन तथा सहकारी मन्त्रालय र सोही मन्त्रालय अन्तर्गतको पर्यटन कार्यालय काठमाडौंले सहयोग गरेको छ।

राष्ट्रिय स्तरका कलाकारहरु खुमन अधिकारी, सुश्मिता जि विश्व, नारायण खनाल, नवीन पौडेल, गिता भट्टराई, कबिता खत्री, नृत्यंगना स्वीकृति पौडेल, फुट्टी शेर्पा, सुमित्रा कोइराला, आशा लामा, राधिका ढकाल, भिमसेन खतिवडा, सुमन थापा मगर, सिन्धुली कलाघर, राजेन्द्र गिरि (गुन्द्रुक साधेर)जादुगर, श्रीदेबी देबकोटा, उमा बिडारी, निस्चल सिलवाल, सन्जय खड्का, निशा खड्का, सपना सुनाम, पुनम बस्याल, देबि हमाल, रेखा लामा, सुष्मा लामा, मुकुन्द घिमिरे, रोजि कुमाल लगायत कलाकारहरुको बेजोड प्रस्तुती रहनेछ।

कार्यक्रमलाई बुढानिलकण्ठ न.पा. वडा नम्बर १० र १२ भित्रका आरकारी तथा संस्थागत बिध्यालयहरुले सहयोग गरेका छन। कार्यक्रममा बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारी प्रमुख अतिथिको रुपमा रहनु हुनेछ। कार्यक्रमलाई सफल एबम प्रभाबकारी बनाउन वडा नम्बर १२ का वडाध्यक्ष शम्भु प्रसाद भट्टराईले वडाबासी सबैलाइ आह्वान गर्नु भएको छ। कार्यक्रम स्वीकृति इभेण्ट म्यानेजमेन्टले आयोजना गरेको हो भने सह आयोजकमा रास्ट्रीय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपाल रहेको छ।

बुढानिलकण्ठ नगरपाली वडा नम्बर १२ तथा विभिन्न संघ संस्थाहरुको सहयोग रहने उक्त कार्यक्रममा स्थानिय लोपोन्मुख लोक भजन,कला संस्कृती र परम्पराको संरक्षण संगै नया पुस्तालाइ नेपाली मौलिक संस्कृति संग जोड्ने र विभिन्न बिशयबस्तुमा आधारित जनचेतना फैलाउने उद्देश्य रहेको कुरा आयोजकले बताए। सोही अबसरमा समाजमा उल्लेखनीय योगदान पुर्याउनुहुने संस्कृतीकर्मी, पर्यटनकर्मी, शिक्षासेवि, समाजसेबी एबम पत्रकारहरुलाइ सम्मान गर्ने कार्यक्रम समेत रहेको छ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

राम कुमार कार्की र देबी घर्तीको स्वरमा मार्मिक गीत “डुब्नै लाग्या घामको” सार्वजनिक (भिडियो सहित)

राम कुमार कार्की र देबी घर्तीको स्वरमा मार्मिक गीत “डुब्नै लाग्या घामको” सार्वजनिक (भिडियो सहित)

वि.सं.२०८३ असार २७ शनिवार १२:०२

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

गायिका पार्वती बिश्वकर्माको आफ्नै जिवन कथामा आधारित गीत “तिम्रो याद” सार्वजनिक

गायिका पार्वती बिश्वकर्माको आफ्नै जिवन कथामा आधारित गीत “तिम्रो याद” सार्वजनिक

वि.सं.२०८३ असार २७ शनिवार ०९:२३

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

भारतको बिहार राज्यस्थित सहरसामा आयोजित “रक्तदाता महाकुम्भ–२” कार्यक्रममा नेपाली साहित्यकार, समाजसेवी तथा राजनीतिक व्यक्तित्व इन्दिरा निरौला सम्मानित

भारतको बिहार राज्यस्थित सहरसामा आयोजित “रक्तदाता महाकुम्भ–२” कार्यक्रममा नेपाली साहित्यकार, समाजसेवी तथा राजनीतिक व्यक्तित्व इन्दिरा निरौला सम्मानित

वि.सं.२०८३ असार २५ बिहीवार १३:३९

सहरसा (बिहार)। भारतको बिहार राज्यस्थित सहरसामा आयोजित "रक्तदाता महाकुम्भ–२" कार्यक्रममा...

नेपाली सङ्गीतमा छुट्टै पहिचान बनाएका यम बराललाई मल्टिपल माइलोमा (रक्त क्यान्सर) भएको पुष्टि

नेपाली सङ्गीतमा छुट्टै पहिचान बनाएका यम बराललाई मल्टिपल माइलोमा (रक्त क्यान्सर) भएको पुष्टि

वि.सं.२०८३ असार २५ बिहीवार ०९:१४

काठमाडौं। नेपाली सङ्गीत क्षेत्रमा आफ्नो सुमधुर स्वरले लाखौँ श्रोताको मन...

आर. आर. एण्ड भालेश्वर ट्रेड कम्पनीको चरम लापरबाही, यसरी भएको छ कर्मचारीको मिलेमतोमा करोडौंको भ्याट तथा कर छली

आर. आर. एण्ड भालेश्वर ट्रेड कम्पनीको चरम लापरबाही, यसरी भएको छ कर्मचारीको मिलेमतोमा करोडौंको भ्याट तथा कर छली

वि.सं.२०८३ असार २१ आइतवार ०७:०६

काठमाडौं। धुनीबेशी नगरपालिकामा आर. आर. एण्ड भालेश्वर ट्रेड कम्पनीलाई परेको...

साँस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् नेपालद्धारा आयोजित “संगीत र प्रबिधी बिषयक अन्तरक्रिया कार्यक्रम” सम्पन्न

साँस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् नेपालद्धारा आयोजित “संगीत र प्रबिधी बिषयक अन्तरक्रिया कार्यक्रम” सम्पन्न

वि.सं.२०८३ असार २० शनिवार १२:४७

काठमडौं। साँस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् नेपालद्धारा आयोजित "संगीत र...