उपत्यका समन्वय चाबहिल समितिको आयोजनामा “नौमती पञ्चेबाजा प्रतियोगिता – २०७९” भब्यताका साथ सम्पन्न”

काठमाडौं । लोप हुन लागेको नौमती बाजाको संरक्षण गर्ने उदेश्यका साथ राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय चाबहिल समितिको आयोजनामा “नौमती पञ्चेबाजा प्रतियोगिता – २०७९ भब्यताका साथ सम्पन्न” भएको छ । सो कार्यक्रम काठमाडौं, जमल स्थित राष्ट्रिय नाच घरमा सम्पन्न भएको हो ।

यस कार्यक्रम सोही समितीका अध्यक्ष राम कुमार नेपालीको अध्यक्षतामा सम्पन्न भएको थियो भने ८ औं केन्द्रिय महाधिबेशनबाट हालैः निर्वाचित केन्द्रिय अध्यक्ष रिता थापा मगरको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा चर्चित कलाकार र अनुज कलाकारहरुको उपस्थिती रहेको थियो ।

नौमती पञ्चेबाजा प्रतियोगिता २०७९ मा कमलादी समिती प्रथम, चाबहिल समिती द्धितिय, नयाँ बसपार्क समिती तृतिय हुन सफल भएका थिए भने उत्कृष्ट ब्यक्तिको रुपमा चाबहिल समितीका सुदिप जैरु चयन भएका थिए । नौमती पञ्चेबाजा प्रतियोगिता २०७९ मा निर्णायकको रुपमा बरिष्ठ संगीत संयोजक तथा संगीतकार आशिष अबिरल, बरिष्ठ नृत्य निर्देशक याम गुरुङ कुशल बाजा प्रशिक्षक सुर्य गौतम रहेका थिए । प्रतियोगितामा आयोजक (चाबहिल समिती) सहित ९ वटा समतिीले भाग लिएका थिए । कार्यक्रमलाई बागेश्वरी खड्का हाउजिङ डेभ्लपर्सले मुख्य प्रायोजन गरेको थियो ।

नौमती पञ्चेबाजा प्रतियोगिता २०७९ को अवसरमा हालै सम्पन्न महाधिबेशन तथा अधिबेशनबाट निर्वाचित केन्द्रिय कार्य समिती र उपत्यका समन्वय समितीका नव निर्वाचित पदाधिकारीहरुलाई बधाई तथा सम्मान पत्र सहित सम्मान गरिएको थियो ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

गायक एबं सर्जक मिन प्रकाश ओलीको देशप्रेमी गीत “के भयो जगतमा” सार्वजनिक

गायक एबं सर्जक मिन प्रकाश ओलीको देशप्रेमी गीत “के भयो जगतमा” सार्वजनिक

वि.सं.२०८३ वैशाख १५ मंगलवार १२:१४

काठमाडौं। नव बर्ष २०८३ को अवसर पारेर सांगीतिक क्षेत्रमा एकपछि...

सरला–कुमार अक्षय कोषद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

सरला–कुमार अक्षय कोषद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

वि.सं.२०८३ वैशाख १५ मंगलवार ०६:३५

काभ्रे — तत्कालीन माओवादी जनयुद्धका क्रममा राज्य र माओवादीबीचको भिडन्तमा...

नेपालमै पहिलो पटक आयोजना गरिएको “गौविज्ञान कथा” कार्यक्रम दुई दिनसम्म सञ्चालन भई सफलतापूर्वक सम्पन्न

नेपालमै पहिलो पटक आयोजना गरिएको “गौविज्ञान कथा” कार्यक्रम दुई दिनसम्म सञ्चालन भई सफलतापूर्वक सम्पन्न

वि.सं.२०८३ वैशाख १४ सोमवार ११:२०

काठमाडौं — नेपालमै पहिलो पटक आयोजना गरिएको "गौविज्ञान कथा" कार्यक्रम...

सार्वजनिक र सरकारी जग्गा बनाइएका बस्ती खाली गराउने कार्य जारी, ६८ परिवार सरकारको सम्पर्कमा

सार्वजनिक र सरकारी जग्गा बनाइएका बस्ती खाली गराउने कार्य जारी, ६८ परिवार सरकारको सम्पर्कमा

वि.सं.२०८३ वैशाख १२ शनिवार १३:२०

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका नदी किनार र जोखिमपूर्ण क्षेत्र...

लोक दोहोरी गायिका बिमला सुनारको कौराह गीत “कालीगंगा” सार्वजनिक

लोक दोहोरी गायिका बिमला सुनारको कौराह गीत “कालीगंगा” सार्वजनिक

वि.सं.२०८३ वैशाख १२ शनिवार १३:०१

काठमाडौं। नव बर्ष २०८३ को अवसर पारेर सांगीतिक क्षेत्रमा एकपछि...

पर्वते गायक सुजन बराईलीको मौलिक पञ्चेबाजा गीत “धौलागिरी शिर” सार्वजनिक

पर्वते गायक सुजन बराईलीको मौलिक पञ्चेबाजा गीत “धौलागिरी शिर” सार्वजनिक

वि.सं.२०८३ वैशाख ११ शुक्रवार १३:४१

काठमाडौं। नव बर्ष २०८३ को अवसर पारेर सांगीतिक क्षेत्रमा एकपछि...