सिन्दुर लगाएका र सिन्दुर लगाउन रहर भएकाहरुको कथामा बन्यो “एक चिम्टी सिन्दुर” (भिडियो सहित)

काठमाडौं । नेपाली सांगितिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गीतहरु सार्वजनिक गरिरहेका छन्

सोही क्रममा सेन्टिमेन्टल गीत “एक चिम्टी सिन्दूर” म्यूजिक खबर यूट्यूब च्यानल मार्फत् सार्वजनिक भएको छ । गायिका अन्जु पन्तको स्वरमा रहेको गीत “एक चिम्टी सिन्दूर” मा गीतकार सबिता पोखरेलको शब्द एवं सरोज कोइरालाको सङ्गीत रहेको छ । “एक चिम्टी सिन्दूर” को सङ्गीत संयोजन विष्णु अधिकारीले गरेका हुन् भने मिक्सिङ विप्लव अधिकारीले गरेका छन् ।

यस भिडिओमा लोकप्रिय कलाकार सागर लम्साल ‘बले’, अन्जली अधिकारी र समीक्षा क्षेत्रीको त्रिकोणात्मक कथा जोडिएको छ । माया प्रेमभित्र समेटिएको रोदनमा ‘एक चिम्टी सिन्दूर’को महत्व र अभावलाई झल्काइएको छ । ‘एक चिम्टी सिन्दूर’ कोही लाएर रुन्छन् कोही लाउन नपाएर रुन्छन् भन्ने भावभित्र मायाप्रेम, धोका र विश्वासघातका विषयहरु जोडिएका छन् । नारी लम्पट पुरुषको द्वैध चरित्र देखाईएको यस भिडिओमा कसैलाई सिन्दुर लाउने रहर त कसैलाई सिन्दुर लाउनु नै अभिशाप भएको कुरा देखाईएको छ ।

यथार्थपरक सामाजिक कथावस्तुमा आधारित रहेको यस गीत तथा भिडिओले हाम्रो समाजभित्रको एउटा घिनलाग्दो पाटोलाई उजागर गरेको छ l भिडिओमा नवराज उप्रेतीको छायाङ्कन र नवीन उप्रेतीको सम्पादन रहेको छ । मेकअप आर्टिष्टको रुपमा सविना उप्रेती रहेकी छन् भने कला ग्रेडिङको काम मिलन विश्वकर्माले गरेका छन् ।

हेर्नुहोस् भिडियो ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

“९ औँ राष्ट्रिय लोकदोहोरी अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न, को को भए त अवार्ड बिजेता र सम्मानित ?

“९ औँ राष्ट्रिय लोकदोहोरी अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न, को को भए त अवार्ड बिजेता र सम्मानित ?

वि.सं.२०८३ भदौ ७ आइतवार ०७:५६

काठमाडौं। “अग्रजलाई सम्मान, नव प्रतिभालाई प्रोत्साहन” भन्ने मुल नारा सहित...

चर्चित मोडल टिका जैसीको नयाँ गीत “गुस्सा किन” सार्वजनिक

चर्चित मोडल टिका जैसीको नयाँ गीत “गुस्सा किन” सार्वजनिक

वि.सं.२०८३ भदौ ३ बुधवार १३:१७

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

तीज नजिकिदै गर्दा शंकर बिसीको भाबुक स्टाटसः यसपाली म नेपाल नहुँदा खल्लो लागेको छ।

तीज नजिकिदै गर्दा शंकर बिसीको भाबुक स्टाटसः यसपाली म नेपाल नहुँदा खल्लो लागेको छ।

वि.सं.२०८३ भदौ २ मंगलवार १२:५५

काठमाडौं। लोकप्रिय मोडल एबं निर्देशक शंकर बिसी लोक दोहोरी क्षेत्रको...

चर्चित गायक राजु आर.डी. र सन्तोषी सुनारको स्वरमा “पोईला हिन्दिम होला” सार्वजनिक

चर्चित गायक राजु आर.डी. र सन्तोषी सुनारको स्वरमा “पोईला हिन्दिम होला” सार्वजनिक

वि.सं.२०८३ भदौ २ मंगलवार १२:००

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

७ करोड लगानीमा “टप दरबार रोधी क्लब” सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

७ करोड लगानीमा “टप दरबार रोधी क्लब” सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

वि.सं.२०८३ भदौ २ मंगलवार ११:३४

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७...

चर्चित गायिका निशा सुनारको नयाँ गीत “झ्याप छौ की साईलो दाई” सार्वजनिक

चर्चित गायिका निशा सुनारको नयाँ गीत “झ्याप छौ की साईलो दाई” सार्वजनिक

वि.सं.२०८३ साउन ३१ आइतवार १३:१३

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...