माधव पक्षले आइतबारको बैठक स्थगित गर्न आग्रह समेत गरेकाले बैठक सोमबारलाई सारियो

नेकपा एमालेले आज आइतबारका लागि बोलाएको केन्द्रीय समिति बैठक एक दिन पर सारेको छ । आवश्यक तयारी पुरा नभएकाले एक दिन पर सोमबारसम्मलाई बैठक सारेको एमाले नेताहरुले बताएका छन् । तर, कस्तो तयारी भन्नेबारे उनीहरुले केही खुलाएका छैनन् ।

‘केही तयारी पुरा भएन । अर्को तर्फ माधव पक्षले आइतबारको बैठक स्थगित गर्न आग्रह समेत गरेकाले बैठक सोमबारलाई सारिएको हो’, एमाले केन्द्रीय सदस्य तथा कार्यलय सचिव शेरबहादुर तामाङले भने,‘धेरै दिन सार्न समय छैन ।’

उनले माधव समुहका नेताहरुसँग छलफल समेत जारी रहेको बताए । ‘अनौपचारिक रुपमा नेताहरुबीच वार्ताहरु भइरहेका छन् । उहाँहरु अव भोलीको बैठकमा आउनुको विकल्प छैन । अव भोली नआउनेहरु छुट्छन्’, तामाङको भनाइ छ ।

यसैबीच आइतबार बिहानैबाट विघटित कार्यदलका नेताहरुबीच पार्टी एकताबारे छलफल भइरहेको छ । गोप्य रुपमा भएको छलफलमा पार्टी एकताको विन्दु पहिल्याउने प्रयास भइरहेको बुझिएको छ ।

‘पार्टी एकताबारे विभिन्न ढंगले कुराकानी भइरहेको छ’, कार्यदलका एक नेताले भने, ‘आज बेलुकासम्म कुनै परिणाम आउछ कि भन्ने छ ।’

गत शुक्रबार सम्पन्न माधव नेपाल पक्षको केन्द्रीय समिति बैठकले १० बुँदे सहमति एकताको आधार मान्न सकिने भएपनि त्यो नै पर्याप्त नभएको निश्कर्ष निकालेको थियो । साथै एकता प्रक्रिया चलिरहेका बेला अध्यक्ष ओली पक्षले अघि सारेका सांगठनिक गतिविधिले एकताको वातावरण बिथोलिने भन्दै त्यस्ता गतिविधि रोक्न ध्यानाकर्षण गराएको थियो । तर सोही दिन एमाले प्रवक्ता तथा ओली पक्षीय नेता प्रदीप ज्ञवालीले एकताका नाममा अनन्तकालसम्म पर्खन नसकिने जवाफ दिएका थिए ।

यता माधव नेपाल पक्षका कार्यदल संयोजक समेत रहेका नेता भीम रावलले शनिबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् । नेता रावल र राष्ट्रपतिकबीचको भेटवार्तामा समेत एमाले संकटबारे छलफल भएको बुझिएको छ ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

गायक एबं सर्जक मिन प्रकाश ओलीको देशप्रेमी गीत “के भयो जगतमा” सार्वजनिक

गायक एबं सर्जक मिन प्रकाश ओलीको देशप्रेमी गीत “के भयो जगतमा” सार्वजनिक

वि.सं.२०८३ वैशाख १५ मंगलवार १२:१४

काठमाडौं। नव बर्ष २०८३ को अवसर पारेर सांगीतिक क्षेत्रमा एकपछि...

सरला–कुमार अक्षय कोषद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

सरला–कुमार अक्षय कोषद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

वि.सं.२०८३ वैशाख १५ मंगलवार ०६:३५

काभ्रे — तत्कालीन माओवादी जनयुद्धका क्रममा राज्य र माओवादीबीचको भिडन्तमा...

नेपालमै पहिलो पटक आयोजना गरिएको “गौविज्ञान कथा” कार्यक्रम दुई दिनसम्म सञ्चालन भई सफलतापूर्वक सम्पन्न

नेपालमै पहिलो पटक आयोजना गरिएको “गौविज्ञान कथा” कार्यक्रम दुई दिनसम्म सञ्चालन भई सफलतापूर्वक सम्पन्न

वि.सं.२०८३ वैशाख १४ सोमवार ११:२०

काठमाडौं — नेपालमै पहिलो पटक आयोजना गरिएको "गौविज्ञान कथा" कार्यक्रम...

सार्वजनिक र सरकारी जग्गा बनाइएका बस्ती खाली गराउने कार्य जारी, ६८ परिवार सरकारको सम्पर्कमा

सार्वजनिक र सरकारी जग्गा बनाइएका बस्ती खाली गराउने कार्य जारी, ६८ परिवार सरकारको सम्पर्कमा

वि.सं.२०८३ वैशाख १२ शनिवार १३:२०

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका नदी किनार र जोखिमपूर्ण क्षेत्र...

पर्वते गायक सुजन बराईलीको मौलिक पञ्चेबाजा गीत “धौलागिरी शिर” सार्वजनिक

पर्वते गायक सुजन बराईलीको मौलिक पञ्चेबाजा गीत “धौलागिरी शिर” सार्वजनिक

वि.सं.२०८३ वैशाख ११ शुक्रवार १३:४१

काठमाडौं। नव बर्ष २०८३ को अवसर पारेर सांगीतिक क्षेत्रमा एकपछि...

बहुप्रतिभाका धनी कृष्ण रेउले र मेलिना राईको स्वरमा “हिमाली पाखैमा” सार्वजनिक

बहुप्रतिभाका धनी कृष्ण रेउले र मेलिना राईको स्वरमा “हिमाली पाखैमा” सार्वजनिक

वि.सं.२०८३ वैशाख ७ सोमवार १३:५१

काठमाडौं। नव बर्ष २०८३ को अवसर पारेर सांगीतिक क्षेत्रमा एकपछि...