गायिका रिता के.सी.को स्वरमा रहेको गीत “एउटै छ तन” सार्वजनिक (भिडियो सहित)

काठमाडौं । नेपाली सांगितिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गीतहरु सार्वजनिक गरिरहेका छन्
। सोही क्रममा गायिका रिता के.सी.को स्वरमा रहेको गीत “एउटै छ तन” को भिडिओ बजारमा आएको छ । गायिका के. सी. ले आफ्नै अफिसियल युट्युब च्यानल Rita K C बाट भिडिओ रिलिज गरेकी हुन् ।

नृपध्वज खड्काको शब्द रचना, राम धिमालको सङ्गीत र मनोहर सुनामको सङ्गीत संयोजन रहेको यस गीतमा भोला पौडेलले मिक्सिङ र माष्टरिङ गरेका छन् । वर्ल्डकभर मिडियाको पोष्ट प्रोडक्सनमा तयार भएको यस म्युजिक भिडिओमा वीरेन्द्र भाट “विपिन” को निर्देशन, सिनेम्याटोग्राफी र सम्पादन रहेको छ ।

मान्छेको तनको महिमा र महत्व वयान गरिएको यस गीतमा तनलाई सर्वोपरि ठानिएको छ । मन(मस्तिष्क अटाउने यही तन, कर्म गर्ने यही तन, जीवनरथ गुडाउने यही तन ।आफ्नो तन छ र त संसार छ िएकबारको जुनी आफू जे जस्तो छौं, यसैमा खुशी खोजौं गीतले भनेको छ । आम गीतहरु भन्दा फरक भाव र गहिरो जीवनदर्शन बोकेर आएको यस गीतले हरेक श्रोतालाई आफूलाई बुझ्न सिकाएको छ ।

हेर्नुहोसु भिडियो ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

जनसांकृतिक महासंघ नेपालले यही १८ गते प्रगतिशील श्रष्ठा सम्मान र जागरण सम्मान कार्यक्रम गर्ने

जनसांकृतिक महासंघ नेपालले यही १८ गते प्रगतिशील श्रष्ठा सम्मान र जागरण सम्मान कार्यक्रम गर्ने

वि.सं.२०८३ साउन १२ मंगलवार १०:४७

काठमाडौं। जनसांकृतिक महासंघ नेपालले साउन १८ गते ईतिहास मै पहिलो...

डिजिटल कन्टेन्ट मार्फत अन्तर्राष्ट्रिय पहिचान विस्तार गर्दै हृदय शर्मा

डिजिटल कन्टेन्ट मार्फत अन्तर्राष्ट्रिय पहिचान विस्तार गर्दै हृदय शर्मा

वि.सं.२०८३ साउन १० आइतवार १२:३९

मेलबर्न (अष्ट्रेलिया) — अष्ट्रेलियाको मेलबर्नमा बसोबास गर्दै आएका नेपाली मूलका...

तीज विशेष मौलिक गीत “नाच्ने आजै हो” लोकार्पण समारोह बिच सार्वजनिक

तीज विशेष मौलिक गीत “नाच्ने आजै हो” लोकार्पण समारोह बिच सार्वजनिक

वि.सं.२०८३ साउन ९ शनिवार १४:३५

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

“९ औँ राष्ट्रिय लोकदोहोरी अवार्ड – २०८३” को उत्कृष्ट पाँच मनोनयन सार्वजनिक कार्यक्रम भब्य रुपमा सम्पन्न

“९ औँ राष्ट्रिय लोकदोहोरी अवार्ड – २०८३” को उत्कृष्ट पाँच मनोनयन सार्वजनिक कार्यक्रम भब्य रुपमा सम्पन्न

वि.सं.२०८३ साउन ४ सोमवार ०९:१८

काठमाडौं। “अग्रजलाई सम्मान, नव प्रतिभालाई प्रोत्साहन” भन्ने मुल नारा सहित...

लोकप्रिय गायक एबं सर्जक बिष्णु खत्रीको नयाँ गीत “अस्ट्रेलिया सिड्नी” सार्वजनिक

लोकप्रिय गायक एबं सर्जक बिष्णु खत्रीको नयाँ गीत “अस्ट्रेलिया सिड्नी” सार्वजनिक

वि.सं.२०८३ साउन २ शनिवार १३:३२

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

राम कुमार कार्की र देबी घर्तीको स्वरमा मार्मिक गीत “डुब्नै लाग्या घामको” सार्वजनिक (भिडियो सहित)

राम कुमार कार्की र देबी घर्तीको स्वरमा मार्मिक गीत “डुब्नै लाग्या घामको” सार्वजनिक (भिडियो सहित)

वि.सं.२०८३ असार २७ शनिवार १२:०२

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...