नेपाली गीत संगीतलाई धमिल्याउनेलाई बहिस्कार गर्नुपर्छ, मौलिकतालाई ध्यान दिन जरुरी छ : एरेञ्जर बिश्वास नेपाल

अर्घाखाची सन्धीखर्क नपा. वडा नं. मा ७ भुजुङ्गेमा बुवा स्व. डिल बहादुर नेपाली, आमाः स्व. ललिता नेपालीको जेष्ठ सुपुत्रको रुपमा जन्मिएका गायक, संगीतकार तथा पछिल्लो समयका ब्यस्त एरेञ्जर बिश्वास नेपाल बिगत बिसं. २०६२ साल देखी सांगीतिक क्षेत्रमा प्रबेश गरेका हुन् । सानैदेखी गीत संगीतमा रुची राख्ने उनको परिवारमै सांगीतिक माहोल रहेको थियो । उनले कक्षा ७ देखी स्कुलबाट जिल्ला स्तरिय प्रतियोगीतामा भाग लिए प्रथम, द्धितिय स्थान हासिल गर्थे । बि.सं. २०७२ सालदेखी औपचारिक रुपमा साउदी छौकी कतार गीतबाट उनले एरेञ्ज गर्न थालेका हुन् । हाल सम्म उनले १ हजार भन्दा बढी गीतमा एरेञ्ज गरिसकेका छन् । बिश्वास नेपालले एरेञ्ज गरेका गीतहरु बागलुङ बजार आउका मायालु, सारी फरर, नैना रेशम, भान्सा चलेन, भन साईली, मञ्जरी, सरर भागौला, हेर यो मुटुमा चिरा पर्‍या छ , जन्त जाम्ला, खै त हासेको, चट्ट कलम रेलीमै, छैन त मै राम्री छैन, पैसा सापटी लगायत थुप्रै गीत चर्चामा रहन सफल छन् । पछिल्लो समयका उनै चर्चित र ब्यस्त एरेञ्जर बिश्वास नेपालसँग हाम्रो यस अनलाईनका अध्यक्ष प्रकाश बराईली “अभिब्यक्ति” ले लिएको अन्तरबार्ताको सम्पादित अंश :

 

१, तपाईको सांगीतक क्षेत्रमा कसरी रुची लाग्यो ?

मेरो सानै देखी गीत संगीतमा रुची थियो । मेरो घर परिवारमा नै सांगीतिक माहोल थियो । दिदिहरु कलाकार हुनुहुन्थ्यो । सबैभन्दा पहिला त मलाई जन्मदिने मेरो आमाको प्रेरणा र हौसला थियो । त्यसैले पनि यस क्षेत्रमा प्रवेश गर्न सहज भयो ।

२, तपाईको बाल्यकालको अवस्था बताईदिनु न ।

मेरो बाल्यकाल हासेर खेलेर बित्यो । मैले ७ कक्षा पढ्दा देखी स्कुलबाटै जिल्ला स्तरिय प्रतियोगितामा भाग लिन जान्थे र प्रथम, द्धितिय स्थान हासिल गरेर फर्किन्थे । त भबिश्यमा कलाकार बन्छस् भनेर सबैले हौसला दिनुहुन्थ्यो ।

३, काठमाडौंमा कहिले प्रवेश गर्नुभयो ?

बि.सं. २०६२ साल तिर काठमाडौं प्रवेश गरे । मैले सांगीतिक क्षेत्रमा “कोशी कर्णाली” गीतबाट डेब्यु गरेको हुँ । बिस्तारै संघर्ष गर्दै जाँदा आफ्नो अनुभब बटुलेपछि २०७२ सालदेखी गीत एरेञ्ज गर्न पनि सुरुवात गरे । मैले एरेञ्ज गरेको पहिलो गीत दशैं बिशेष गीत “साउदी छौकी कतार” थियो ।

४, हाल सम्म कतिवटा गीतमा एरेञ्ज गर्नुभयो ?

हाल सम्म मैले १ हजार भन्दा बढी गीतमा एरेञ्ज गरेको छु ।

५, तपाईले गरेका गीतहरु कुन कुन चर्चामा रहन सफल भए ?

मैले एरेञ्ज गरेका गीतहरु बागलुङ बजार आउका मायालु, सारी फरर, नैना रेशम, भान्सा चलेन, भन साईली, मञ्जरी, सरर भागौला, हेर यो मुटुमा चिरा पर्‍या छ, जन्त जाम्ला, खै त हासेको, चट्ट कलम रेलीमै, छैन त मै राम्री छैन, पैसा सापटी लगायत थुप्रै गीत चर्चामा रहन सफल छन् ।

६, सांगीतिक कार्यक्रमको शिलशिलामा बिदेश जानु भएको छ की नाई ?

सांगीतिक कार्यक्रमको शिलशिलामा दुबईमा हारमोनियम बजाउन गएको छु ।

७, अहिले सम्म कुन कुन अवार्ड पाउन सफल हुनुभयो ?

मैले १२ औं बिन्ध्यावासिनी म्युजिक अवार्ड, ८ औं म्युजिक खबर अवार्ड, तीज अवार्ड, संगीत उधोग संघ अवार्ड पाउन सफल भएको छु ।

८, तपाईले पहिला संगीत सिक्नु भएको हो ?

मैले पहिला भारतको लखनउ स्थित भात खण्डे संगीत युनिभर्सिटीमा २ बर्ष संगीत सिकेको हुँ ।

९, तपाईको आगामी योजना के छ ?

गीत संगीतमा केही नयाँपन ल्याउन कोसिस गर्ने मेरो योजना छ ।

१०, गीत संगीतमा लागेर जिबिकोपार्जन गर्न गाह्रो छ भन्छन् नी ?

गीत संगीतमा लागेर टिकेको छु । धेरै कलाकारहरुको साथ सपोर्ट भएमा आगामी दिनमा पनि टिक्ने छु ।

११, पछिल्लो समय नेपाली गीत संगीतमा आएको बिकृतीबारे के भन्नुहुन्छ ?

नेपाली गीत संगीतलाई धमिल्याउनेलाई बहिस्कार गर्नुपर्छ । नेपाली गीत संगीतमा मौलिकतालाई ध्यान दिन जरुरी छ ।

१२, तपाई दोहोरी साँझमा काम गर्नु भएको अनुभब छ की छैन ?

म दोहोरी साँझमा १२ बर्ष काम गरेको ब्यक्ति हुँ । दोहोरी साँझले धेरै कलाकारहरुलाई काठमाडौं टिकाएको छ । म दोहोरी साँझलाई मन्दिर मान्छु ।

१३, एरेञ्ज गरेपछि तपाईको अन्य उपलब्धी केही छ ?

मैले एरेञ्ज गरेपछि नेपाल टेलिभिजनद्धारा २ बर्ष अघी प्रसारित लोक दोहोरी च्याम्पियनमा ब्याकराउण्ड म्युजिक स्कोरिङ गर्ने अवसर प्राप्त गरेको छ ।

१४, अन्तमा नव आगन्तुक कलाकारलाई के भन्न चाहनुहुन्छ ?

केही सिकेर आउनुहोस्, आफ्नो दक्षता जे बिधामा छ त्यही बिधा रोज्नुहोस् । अरुको देखासिकी गरेर नआउनुहोस् । आफ्नो दक्षता अनुसार संघर्ष गर्दै गएमा एकदिन अवश्य सफल हुनुहुन्छ भन्न चाहन्छु ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

सम्बन्धमा खटपट भएपछी पहिलो घरबार छोडेको कथामा, श्रीजन र संगमको “पहिलो घरबार” (भिडियो सहित)

सम्बन्धमा खटपट भएपछी पहिलो घरबार छोडेको कथामा, श्रीजन र संगमको “पहिलो घरबार” (भिडियो सहित)

वि.सं.२०८३ असार ३ बुधवार ०४:०१

काठमाडौं। कुनै एक युवा र युवती बीच दिनप्रतिदिन मायाँ झाँगिदै...

“९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३” को उपाधि निशान्त विक र संगीना थापा मगर प्रथम हुन सफल, अरु को को भए त बिजेताहरु ?

“९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३” को उपाधि निशान्त विक र संगीना थापा मगर प्रथम हुन सफल, अरु को को भए त बिजेताहरु ?

वि.सं.२०८३ असार १ सोमवार १३:३५

काठमाडौं। "९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३" को उपाधि निशान्त...

गायक एबं संगीतकार सुरज श्रेष्ठको नयाँ गीत “माया प्यारो भो” सार्वजनिक

गायक एबं संगीतकार सुरज श्रेष्ठको नयाँ गीत “माया प्यारो भो” सार्वजनिक

वि.सं.२०८३ जेठ २९ शुक्रवार १२:४५

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

“पाँचौ काव्य म्युजिक अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न

“पाँचौ काव्य म्युजिक अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न

वि.सं.२०८३ जेठ २९ शुक्रवार १२:१७

काठमाण्डौ । नेपाली कला र संस्कृतिको क्षेत्र उत्थानका निमित्त स्थापना...

म्यूजिक खबर म्यूजिक अवार्डको १३ औं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

म्यूजिक खबर म्यूजिक अवार्डको १३ औं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

वि.सं.२०८३ जेठ २८ बिहीवार १३:१८

काठमाडौं । विगत १३ वर्षदेखि निरन्तर रुपमा आयोजना हुँदै आएको...

गायक एबं संगीतकार सुजन बराईलीको नयाँ गीत “ए साईली” सार्वजनिक

गायक एबं संगीतकार सुजन बराईलीको नयाँ गीत “ए साईली” सार्वजनिक

वि.सं.२०८३ जेठ २८ बिहीवार १३:०९

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...