नेपाली गीत संगीतलाई धमिल्याउनेलाई बहिस्कार गर्नुपर्छ, मौलिकतालाई ध्यान दिन जरुरी छ : एरेञ्जर बिश्वास नेपाल

अर्घाखाची सन्धीखर्क नपा. वडा नं. मा ७ भुजुङ्गेमा बुवा स्व. डिल बहादुर नेपाली, आमाः स्व. ललिता नेपालीको जेष्ठ सुपुत्रको रुपमा जन्मिएका गायक, संगीतकार तथा पछिल्लो समयका ब्यस्त एरेञ्जर बिश्वास नेपाल बिगत बिसं. २०६२ साल देखी सांगीतिक क्षेत्रमा प्रबेश गरेका हुन् । सानैदेखी गीत संगीतमा रुची राख्ने उनको परिवारमै सांगीतिक माहोल रहेको थियो । उनले कक्षा ७ देखी स्कुलबाट जिल्ला स्तरिय प्रतियोगीतामा भाग लिए प्रथम, द्धितिय स्थान हासिल गर्थे । बि.सं. २०७२ सालदेखी औपचारिक रुपमा साउदी छौकी कतार गीतबाट उनले एरेञ्ज गर्न थालेका हुन् । हाल सम्म उनले १ हजार भन्दा बढी गीतमा एरेञ्ज गरिसकेका छन् । बिश्वास नेपालले एरेञ्ज गरेका गीतहरु बागलुङ बजार आउका मायालु, सारी फरर, नैना रेशम, भान्सा चलेन, भन साईली, मञ्जरी, सरर भागौला, हेर यो मुटुमा चिरा पर्‍या छ , जन्त जाम्ला, खै त हासेको, चट्ट कलम रेलीमै, छैन त मै राम्री छैन, पैसा सापटी लगायत थुप्रै गीत चर्चामा रहन सफल छन् । पछिल्लो समयका उनै चर्चित र ब्यस्त एरेञ्जर बिश्वास नेपालसँग हाम्रो यस अनलाईनका अध्यक्ष प्रकाश बराईली “अभिब्यक्ति” ले लिएको अन्तरबार्ताको सम्पादित अंश :

 

१, तपाईको सांगीतक क्षेत्रमा कसरी रुची लाग्यो ?

मेरो सानै देखी गीत संगीतमा रुची थियो । मेरो घर परिवारमा नै सांगीतिक माहोल थियो । दिदिहरु कलाकार हुनुहुन्थ्यो । सबैभन्दा पहिला त मलाई जन्मदिने मेरो आमाको प्रेरणा र हौसला थियो । त्यसैले पनि यस क्षेत्रमा प्रवेश गर्न सहज भयो ।

२, तपाईको बाल्यकालको अवस्था बताईदिनु न ।

मेरो बाल्यकाल हासेर खेलेर बित्यो । मैले ७ कक्षा पढ्दा देखी स्कुलबाटै जिल्ला स्तरिय प्रतियोगितामा भाग लिन जान्थे र प्रथम, द्धितिय स्थान हासिल गरेर फर्किन्थे । त भबिश्यमा कलाकार बन्छस् भनेर सबैले हौसला दिनुहुन्थ्यो ।

३, काठमाडौंमा कहिले प्रवेश गर्नुभयो ?

बि.सं. २०६२ साल तिर काठमाडौं प्रवेश गरे । मैले सांगीतिक क्षेत्रमा “कोशी कर्णाली” गीतबाट डेब्यु गरेको हुँ । बिस्तारै संघर्ष गर्दै जाँदा आफ्नो अनुभब बटुलेपछि २०७२ सालदेखी गीत एरेञ्ज गर्न पनि सुरुवात गरे । मैले एरेञ्ज गरेको पहिलो गीत दशैं बिशेष गीत “साउदी छौकी कतार” थियो ।

४, हाल सम्म कतिवटा गीतमा एरेञ्ज गर्नुभयो ?

हाल सम्म मैले १ हजार भन्दा बढी गीतमा एरेञ्ज गरेको छु ।

५, तपाईले गरेका गीतहरु कुन कुन चर्चामा रहन सफल भए ?

मैले एरेञ्ज गरेका गीतहरु बागलुङ बजार आउका मायालु, सारी फरर, नैना रेशम, भान्सा चलेन, भन साईली, मञ्जरी, सरर भागौला, हेर यो मुटुमा चिरा पर्‍या छ, जन्त जाम्ला, खै त हासेको, चट्ट कलम रेलीमै, छैन त मै राम्री छैन, पैसा सापटी लगायत थुप्रै गीत चर्चामा रहन सफल छन् ।

६, सांगीतिक कार्यक्रमको शिलशिलामा बिदेश जानु भएको छ की नाई ?

सांगीतिक कार्यक्रमको शिलशिलामा दुबईमा हारमोनियम बजाउन गएको छु ।

७, अहिले सम्म कुन कुन अवार्ड पाउन सफल हुनुभयो ?

मैले १२ औं बिन्ध्यावासिनी म्युजिक अवार्ड, ८ औं म्युजिक खबर अवार्ड, तीज अवार्ड, संगीत उधोग संघ अवार्ड पाउन सफल भएको छु ।

८, तपाईले पहिला संगीत सिक्नु भएको हो ?

मैले पहिला भारतको लखनउ स्थित भात खण्डे संगीत युनिभर्सिटीमा २ बर्ष संगीत सिकेको हुँ ।

९, तपाईको आगामी योजना के छ ?

गीत संगीतमा केही नयाँपन ल्याउन कोसिस गर्ने मेरो योजना छ ।

१०, गीत संगीतमा लागेर जिबिकोपार्जन गर्न गाह्रो छ भन्छन् नी ?

गीत संगीतमा लागेर टिकेको छु । धेरै कलाकारहरुको साथ सपोर्ट भएमा आगामी दिनमा पनि टिक्ने छु ।

११, पछिल्लो समय नेपाली गीत संगीतमा आएको बिकृतीबारे के भन्नुहुन्छ ?

नेपाली गीत संगीतलाई धमिल्याउनेलाई बहिस्कार गर्नुपर्छ । नेपाली गीत संगीतमा मौलिकतालाई ध्यान दिन जरुरी छ ।

१२, तपाई दोहोरी साँझमा काम गर्नु भएको अनुभब छ की छैन ?

म दोहोरी साँझमा १२ बर्ष काम गरेको ब्यक्ति हुँ । दोहोरी साँझले धेरै कलाकारहरुलाई काठमाडौं टिकाएको छ । म दोहोरी साँझलाई मन्दिर मान्छु ।

१३, एरेञ्ज गरेपछि तपाईको अन्य उपलब्धी केही छ ?

मैले एरेञ्ज गरेपछि नेपाल टेलिभिजनद्धारा २ बर्ष अघी प्रसारित लोक दोहोरी च्याम्पियनमा ब्याकराउण्ड म्युजिक स्कोरिङ गर्ने अवसर प्राप्त गरेको छ ।

१४, अन्तमा नव आगन्तुक कलाकारलाई के भन्न चाहनुहुन्छ ?

केही सिकेर आउनुहोस्, आफ्नो दक्षता जे बिधामा छ त्यही बिधा रोज्नुहोस् । अरुको देखासिकी गरेर नआउनुहोस् । आफ्नो दक्षता अनुसार संघर्ष गर्दै गएमा एकदिन अवश्य सफल हुनुहुन्छ भन्न चाहन्छु ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

“मधु बनैमा” र “अंगुर अमिलो” गीत पछि बिमलराज क्षत्री र कस्तुप पन्तको सहकार्यमा “कसो गरम म” सार्वजनिक

“मधु बनैमा” र “अंगुर अमिलो” गीत पछि बिमलराज क्षत्री र कस्तुप पन्तको सहकार्यमा “कसो गरम म” सार्वजनिक

वि.सं.२०८० असोज ६ शनिवार १७:०१

काठमाडौं। नेपाली सांगितिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो...

“ईन्डो नेपाल सुजन म्युजिक अवार्ड – २०२३” को मनोनयन फारम खुल्ला

“ईन्डो नेपाल सुजन म्युजिक अवार्ड – २०२३” को मनोनयन फारम खुल्ला

वि.सं.२०८० असोज ४ बिहीवार ०७:५६

काठमाडौं । नेपाली गीत संगीतलाई उत्थान गर्ने उदेश्यले "ईन्डो नेपाल...

प्रसिद्ध गायिका साधना सरगमले गाएको गीत “शान्ति” को भिडियो सार्वजनिक

प्रसिद्ध गायिका साधना सरगमले गाएको गीत “शान्ति” को भिडियो सार्वजनिक

वि.सं.२०८० असोज ४ बिहीवार ०५:२०

काठमाडाैं । प्रसिद्ध गायिका साधना सरगमले गाएको गीत "शान्ति" को...

चौथो संस्करणको जिनियस म्युजिक अवार्ड सम्पन्न

चौथो संस्करणको जिनियस म्युजिक अवार्ड सम्पन्न

वि.सं.२०८० असोज ४ बिहीवार ०५:०९

काठमाडौं । चौथो संस्करणको जिनियस म्युजिक अवार्ड सम्पन्न भएको छ...

भकुन्डे सामुदायिक क्लव, बेनी न.पा. २, म्याग्दीको आयोजनामा “हरितालिका तीज मेला – २०८०” भब्य रुपले सम्पन्न

भकुन्डे सामुदायिक क्लव, बेनी न.पा. २, म्याग्दीको आयोजनामा “हरितालिका तीज मेला – २०८०” भब्य रुपले सम्पन्न

वि.सं.२०८० असोज ३ बुधवार १६:४७

म्याग्दी । महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा भकुन्डे सामुदायिक...

धिताल फिल्मस् एण्ड म्युजिक प्रा.लि.को आयोजनामा “तीज म्युजिक अवार्ड – २०८०” भब्य रुपले सम्पन्न

धिताल फिल्मस् एण्ड म्युजिक प्रा.लि.को आयोजनामा “तीज म्युजिक अवार्ड – २०८०” भब्य रुपले सम्पन्न

वि.सं.२०८० भदौ ३० शनिवार १८:०१

काठमाडौं । धिताल फिल्मस् एण्ड म्युजिक प्रा.लि.को आयोजनामा "तीज म्युजिक...