दिपाशा बिसीको १३ औं पुन्यतिथीको अवसरमा अमेरिका देखी शंकर बिसीको खुल्ला पत्र, अर्काे जुनी लियौ भने कलाकार नहुनु बहिनी

काठमाडौं । मोडल तथा नायिका दिपाशा बिसीको कार्तिक २३ गते बिहिबार निधन भएको थियो । उनको जन्म सुर्खेतमा २०४९ असार २८ गतेका दिन भएको थियो । उनले कार्तिक २२ गते बुधबार बिष सेवन गरेपछि उनलाई थापाथली स्थित नर्भिक हस्पिटलमा लगिएको थियो र उनको निधन भएको घोषणा भईसकेपछि बिहिबार पोष्टमार्टमका लागी टिचिङ लगिएको थियो । उनको आमा दुबईबाट २५ गते शनिबार आईसकेपछि पोष्टमार्टम गरि शबयात्रा गरी पशुपती आर्यघाटमा लगेर अन्त्यष्टी गरिएको थियो ।

ऋण अनि चर्को ब्याजका कारण तनाबग्रस्त भएर मृत्युको बाटो रोजेर आफ्नो ब्युटी पार्लरका स्टाफहरुलाई भिडियो कल गर्दै बिष सेवन गरेको निकट ब्यक्तिहरुले बताएका छन् । उनले काठमाडौं मलमा ब्युटी पार्लर ब्यवसाय गर्दै आईरहेकी थिईन् । उनले ब्युटी पार्लर ब्यवसाय सुरु गरे लगत्तै केही महिनापछि कोरोनाको महामारीका कारण केही समय ब्यवसाय ठप्प पनि भएको थियो । लकडाउनका कारण धेरै ब्यवसायी र नेपाली जनताहरु मारमा परे । यसै कारण पनि उनी ऋणको भारी बोकेको अनुमान गर्न सकिन्छ । दिपाशा बिसीले काठमाडौं मलमा मासिक रुपमा १ लाख २० हजार भाडा तिर्ने गर्थिन् भन्ने कुुरा उनका निकट साथीहरुबाट जानकारी आएको छ ।

 

उनी घरको जेठी छोरी थिईन् । उनले जेठो छोराको सरह सम्पुर्ण ब्यबहार सम्हालेकी थिईन् । साथै भाई र बहिनीलाई पनि आफैले पढाएकी थिईन् । उनका एक भाई र एक बहिनी छन् । दिपाशा बिसीको निधनले सिंगो कलाकारिता क्षेत्र स्तब्ध भएको छ । सबै कलाकारहरु भाबुक भएका छन् । धेरै कलाकारहरुले दिपाशा बिसीले किन यस्तो गरिन्, किन गलत बाटो रोजिन् भनेका छन् । पछिल्लो समय सांगीतिक क्षेत्र पनि धरासायी बन्दै गएको छ । सोचेको अनी राम्रो गीतले पनि बजार पाउन सकेको स्थिती छैन । पछिल्लो समय सांगीतिक क्षेत्रमा कमै ब्यक्तिहरुले मात्र सफलता पाएका छन् । सोचे जस्तो सफलता नपाएका कलाकारहरु डिप्रेशनको शिकार पनि बनेका छन् ।

 

दिपाशा बिसीमा हरेक प्रकारमा क्षमता हुँदापनि सांगीतिक क्षेत्रको बजार ओरालो लाग्ने स्थिती देखेर, ऋणको भारी अनी चर्को ब्याजका कारण डिप्रशनमा पुगेर बिष सेवन गर्न बाध्य भएको अनुमान गर्न सकिन्छ । उनी बि.सं. २०६८ सालमा फिल्म दुलही रानीबाट चलचित्र क्षेत्रमा डेब्यु गरेकी उनले बिरानो माया, चाल, दुलही रानी र झेली, चौबन्दी आदी चलचित्रमा अभिनय गरेकी थिईन् । उनी जलपरी नामले समेत मोडलिङ र फिल्ममा परिचित थिइन् । दिपाशा बिसीलाई टर्चर दिने ब्यक्तिहरुलाई मंसिर ५ गते अर्थात उनको १३ औं पुन्यतिथी पश्चात प्रहरीको सहकार्यमा अनुसन्धान गरी दोषी माथी कडा भन्दा कडा कारबाहीको माग गर्ने पारिवारिक स्रोतले जानकारी गराएको छ । उनै स्व. दिपाशा बिसीको बारेमा भाबुक हुँदै लोकप्रिय मोडल तथा निर्देशक शंकर बिसीले खुल्ला पत्र लेखेका छन् ।

 

शंकर बिसीले भाबुक हुँदै लेखेको खुल्ला पत्र यस्तो छ :

 

मेरो प्यारो बहिनी दिपाशा… कसरी के लेखौं तिमीलाई…घरमा आमा अनी साना साना भाईबहिनी अनी घरको सम्पुर्ण जिम्मेवारी तिमीमा थियो । घरको जेठो छोराले गर्नुपर्ने कर्तब्य सबै तिमीले नै गरेकी थियौं । घरको आर्थिक स्थिती सुधार्न, भाई बहिनीलाई पढाउन अनी आमालाई केही खुसी दिन सक्छु की भनी काठमाडौं आएकी थियौं अनी कलाकारिता क्षेत्रमा । तिम्रो कलाकारिताले सबैको मन जित्यौ । साच्ची नै भन्ने हो भने तिम्रो टिपिकल नृत्यको म फ्यान नै हुँ । नृत्य संगै सबैलाई आदर गर्ने हसिलो स्वभाबले तिमी सबैकी प्यारी थियौ । सायद त्यो स्वभाव दैबलाई पनि मन परेछ क्यारे आज दैबको पनि प्यारो भयौ । कलाकारितामा जती देखिन्छ त्यती हुँदैन । त्यसैले तिम्रो सपनाहरु पुरा गर्न दिनरात खटी रह्यौ । हरेक कार्यक्रममा तिम्रो सहभागिताले उज्यालो हुन्थ्यो कार्यक्रम । तिमी संग प्रसस्तै पैसा नभएपनि, रिन धन सरसापट गरी ब्युटी सैलुन खोल्यौ । सायद त्यो बेला रिन धन गरेर आफ्नो सपनालाई साकार पार्नु तिम्रो उदेश्य थियो । त्यही बेला कोरोनाले पनी संसार स्तब्ध बनायो । सायद तिमीलाई पनि आर्थिक भार पर्यो होला । ६ महिना अगाडीको भेटमा रिन छ दाई गाह्रो भाको छ भन्दै थियौ । उता भाई बहिनी पढाउनु पर्ने, यता सैलुनको रिनले गर्दा तिमीलाई धेरै गाह्रो भाको रैछ नानी । नानी जिन्दगीमा उत्तारचढाव हुन्छ । यस्तो बाधाहरु आउछन् । यस्तो निर्णय नलिएको भए हुन्थ्यो । त्यो दिन राती ४ बजे फेसबुक हेर्दा तिम्रो त्यो खबरले आकाश खसे जस्तो भएको थियो । धर्ती भासिए झै भएको छ । सधै हासिरहने तिमीले सबैलाई रुवाएर संसारबाट बिदा लिएकी छौ । तिम्रो मनमा यती धेरै पिडा थियो भने शेयर गरेको भएपनि हुन्थ्यो । मनमा पिडा लुकाएर पनि हास्न सक्ने तिमी र तिम्रो महानतालाई सधै सम्झीरहने छु । तिम्रो सपना टुटेको छ । तिम्रो आमा भाई बहिनीलाई ठुलो चोट परेको छ । हे भगवान यो पिडा सहन सक्ने शक्ति देउ यो परिवार अनी हामीलाई । सारा ईन्डस्ट्री रोएको छ । सारा संसार रोएको छ । त्यो दिन हाम्रो लागी कालो दिन भएको छ । अब त हामी चाहेर पनि भेट्न सक्दैनौ है हामी । तिम्रो हसिलो मुस्कान कहाँ हेर्न पाईएला र अब । नानी सुनेको थिए तिमीलाई टर्चर दिएर यस्तो भएको रे । म चाहन्छु फोनको चेकजाच गरी टर्चर दिने माथी शक्त कारबाही होस् । जस्ले सामान्य लेनदेनमा मृत्युको शैयामा पुराउने टर्चर थियो उस्लाई तुरुन्त कारबाही होस् । नानी तिम्रो बैकुण्ठमा बास हस् । अर्को जन्म पाईछौ भने कलाकार भएर नजन्मनु । चलुन्जेल हाई हाई गर्छन् अनी चल्न छोडेपछि बाई बाई गर्छन् । स्वार्थी छ हाम्रो कलाकारिता क्षेत्र… भाबुक भएर तिम्रो सम्झनामा रुमल्लिएको पनि १३ दिन पुगेछ । १३ औं पुन्यतिथीको अवसरमा हार्दिक श्रद्धाञ्जली । तिम्रो स्वर्गमा बास होस् दिपाशा बहिनी ।

उही तिम्रो दाई शंकर बिसी
हालः अमेरिका

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

बैदेशिक रोजगारीमा पठाईदिन्छु भन्दै ठगी गर्ने कलाकार तथा मेकअप आर्टिष्ट शान्ती लिम्बु बिरुद्ध ठगी मुद्धामा जाहेरी, नेपाल प्रहरीद्धारा खोजी कार्य जारी

बैदेशिक रोजगारीमा पठाईदिन्छु भन्दै ठगी गर्ने कलाकार तथा मेकअप आर्टिष्ट शान्ती लिम्बु बिरुद्ध ठगी मुद्धामा जाहेरी, नेपाल प्रहरीद्धारा खोजी कार्य जारी

वि.सं.२०८३ वैशाख २३ बुधवार ०७:१४

काठमाडैं। केही बर्ष यता बैदेशिक रोजगारीको शिलशिलामा ठगी गर्ने गिरोह...

म्युजिक भिडियो कलाकार संघ नेपालद्धारा बिशिष्ट कलाकार र बरिष्ठ कलाकारहरुको रुपमा को को भए त सम्मानित ? (बिबरण सहित)

म्युजिक भिडियो कलाकार संघ नेपालद्धारा बिशिष्ट कलाकार र बरिष्ठ कलाकारहरुको रुपमा को को भए त सम्मानित ? (बिबरण सहित)

वि.सं.२०८३ वैशाख १९ शनिवार १४:२३

काठमाडौं। म्युजिक भिडियो कलाकारहरुको छाता संगठन म्युजिक भिडियो कलाकार संघ...

गायक एबं सर्जक मिन प्रकाश ओलीको देशप्रेमी गीत “के भयो जगतमा” सार्वजनिक

गायक एबं सर्जक मिन प्रकाश ओलीको देशप्रेमी गीत “के भयो जगतमा” सार्वजनिक

वि.सं.२०८३ वैशाख १५ मंगलवार १२:१४

काठमाडौं। नव बर्ष २०८३ को अवसर पारेर सांगीतिक क्षेत्रमा एकपछि...

सरला–कुमार अक्षय कोषद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

सरला–कुमार अक्षय कोषद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

वि.सं.२०८३ वैशाख १५ मंगलवार ०६:३५

काभ्रे — तत्कालीन माओवादी जनयुद्धका क्रममा राज्य र माओवादीबीचको भिडन्तमा...

नेपालमै पहिलो पटक आयोजना गरिएको “गौविज्ञान कथा” कार्यक्रम दुई दिनसम्म सञ्चालन भई सफलतापूर्वक सम्पन्न

नेपालमै पहिलो पटक आयोजना गरिएको “गौविज्ञान कथा” कार्यक्रम दुई दिनसम्म सञ्चालन भई सफलतापूर्वक सम्पन्न

वि.सं.२०८३ वैशाख १४ सोमवार ११:२०

काठमाडौं — नेपालमै पहिलो पटक आयोजना गरिएको "गौविज्ञान कथा" कार्यक्रम...

सार्वजनिक र सरकारी जग्गा बनाइएका बस्ती खाली गराउने कार्य जारी, ६८ परिवार सरकारको सम्पर्कमा

सार्वजनिक र सरकारी जग्गा बनाइएका बस्ती खाली गराउने कार्य जारी, ६८ परिवार सरकारको सम्पर्कमा

वि.सं.२०८३ वैशाख १२ शनिवार १३:२०

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका नदी किनार र जोखिमपूर्ण क्षेत्र...