नेपाली लोक सँस्कृतिको संरक्षण, सम्बर्द्धन र प्रबर्द्धन गर्ने उदेश्यले एभरेष्ट नेपाल कल्चरल ग्रुपको आयोजनामा “१२ औं अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला – २०८०” हुने

काठमाडौं । नेपाली लोक सँस्कृतिको संरक्षण, सम्बर्द्धन र प्रबर्द्धन गर्ने उदेश्यले एभरेष्ट नेपाल कल्चरल ग्रुपको आयोजनामा “१२ औं अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला – २०८०” हुने भएको छ । यस मेला काठमाडौंको कमलादी स्थित नेपाल प्रज्ञा प्रतिष्ठानको भवनमा यही फागुन १९ गते समुद्घाटन हुने भएको छ ।

 

पर्यटक कलाकारको स्वागत सत्कार, नेपाली लोक सँस्कृतीको आधार भन्ने मुल नारा सहित आयोजना गर्न लागिएकोे यस मेला फागुन २१ गते दाङ, घोराही, फागुन २३ गते पोखरा, फागुन २५ गते बसन्तपुर दरबार क्षेत्र काठमाडौं, फागुन २६ गते लालिगुरास नेशनल एकेडेमी, मनमैजु, काठमाडौंमा सम्पन्न हुने कुरा एभरेष्ट नेपाल कल्चरल ग्रुपका अध्यक्ष रामचन्द्र कोईराला (आर.सी.) ले जानकारी गराएका छन् ।

 

यस सस्थाले हाल सम्म ७५ भन्दा बढी राष्ट्रहरुमा नेपाली मौलिक कला संस्कृतीलाई प्रस्तुत गरी प्रचार प्रसार गरी थप टेवा पुराउने कार्य गरेको अध्यक्ष कोईरालाले दाबी गरे । एभरेष्ट नेपाल कल्चरल ग्रुपले बि.सं. २०५९ सालमा “प्रथम अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला” सम्पन्न गरेको थियो । “११ औं अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला” भब्य रुपमा सम्पन्न गरेको जानकारी गराउदै हालै आयोजना गर्न लागिएको “१२ औं अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला – २०८०” लाई पनि सभ्य र भब्य रुपमा सम्पन्न गराईदिन अध्यक्ष कोईरालाले अनुरोध गरेका छन् ।

 

“१२ औं अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला – २०८०” मा बिभिन्न ११ राष्ट्रका ३५० भन्दा बढी कलाकारहरुको प्रस्तुती रहने कुरा फागुन १० गते काठमाडौं स्थित होटल यलो पगोडामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको छ । पत्रकार सम्मेलनमा एभरेष्ट नेपाल कल्चरल ग्रुपका अध्यक्ष रामचन्द्र कोईराला (आर.सी.) को अध्यक्षता रहेको थियो भने चलचित्र निर्देशक एबं बरिष्ठ गायक नारायण रायमाझी, बरिष्ठ गायक दुर्गा रायमाझी, यसै संस्था कि महासचिव शितल आचार्य लगायत अन्य बिशिष्ट ब्यक्तिहरुको बिशेष आतिथ्यता रहेको थियो । पत्रकार सम्मेलन कार्यक्रमको सञ्चालन गायक चन्द्र शर्माले गरेका थिए ।

 

बिभिन्न राष्ट्रका कलाकारहरुलाई आउन जान र बस्न खाना यही संस्थाले ब्यहोर्ने कुरा आयोजक पक्षले जानकारी गराएको छ । “१२ औं अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला – २०८०” मा मुख्य आयोजक एभरेष्ट नेपाल कल्चरल ग्रुप रहने छ भने अन्य संघ संस्थाहरु स्थानिय आयोजक रहने कुरा पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो ।

 

“१२ औं अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला – २०८०” मा कार्यक्रम संयोजकको रुपमा अध्यक्ष रामचन्द्र कोईराला (आर.सी) स्वयम् रहने र चर्चित गायक चन्द्र शर्मा कार्यक्रम निर्देशक, बरिष्ठ नृत्य निर्देशक जोगेन्द्र केसी नृत्य बिभागको संयोजक, चर्चित मोडल एबं कोरियोग्राफर कृष्ण रसाल ईभेन्ट म्यानेजरको रुपमा रहने कुरा आयोजक पक्षले जानकारी गराएको छ । फागुन २१ गते दाङ, घोराहीमा सम्पन्न हुने यस मेलामा दाङ जिल्ला उधोग बाणिज्य संघ स्थानिय आयोजकको रुपमा रहने कुरा दाङ जिल्ला उधोग बाणिज्य संघका महासचिव महेन्द्र बुढाथोकीले जानकारी गराए ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

लक्षु प्रकाश मल्लको शब्द, संगीत र एरेञ्जमा मौलिक तीज गीत “छैनिन् मेरी आमा” टिकटकमा भाईरल हुँदै (भिडियो सहित)

लक्षु प्रकाश मल्लको शब्द, संगीत र एरेञ्जमा मौलिक तीज गीत “छैनिन् मेरी आमा” टिकटकमा भाईरल हुँदै (भिडियो सहित)

वि.सं.२०८३ भदौ १० बुधवार ०९:५५

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

एकै मञ्चमा १४ मौलिक तीज गीत विमोचन, टिका पुनलाई “मौलिक गायन सम्मान”

एकै मञ्चमा १४ मौलिक तीज गीत विमोचन, टिका पुनलाई “मौलिक गायन सम्मान”

वि.सं.२०८३ भदौ ९ मंगलवार १२:२६

काठमाडौँ । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको आयोजनामा एकै मञ्चमा १४...

“९ औँ राष्ट्रिय लोकदोहोरी अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न, को को भए त अवार्ड बिजेता र सम्मानित ?

“९ औँ राष्ट्रिय लोकदोहोरी अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न, को को भए त अवार्ड बिजेता र सम्मानित ?

वि.सं.२०८३ भदौ ७ आइतवार ०७:५६

काठमाडौं। “अग्रजलाई सम्मान, नव प्रतिभालाई प्रोत्साहन” भन्ने मुल नारा सहित...

चर्चित मोडल टिका जैसीको नयाँ गीत “गुस्सा किन” सार्वजनिक

चर्चित मोडल टिका जैसीको नयाँ गीत “गुस्सा किन” सार्वजनिक

वि.सं.२०८३ भदौ ३ बुधवार १३:१७

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

तीज नजिकिदै गर्दा शंकर बिसीको भाबुक स्टाटसः यसपाली म नेपाल नहुँदा खल्लो लागेको छ।

तीज नजिकिदै गर्दा शंकर बिसीको भाबुक स्टाटसः यसपाली म नेपाल नहुँदा खल्लो लागेको छ।

वि.सं.२०८३ भदौ २ मंगलवार १२:५५

काठमाडौं। लोकप्रिय मोडल एबं निर्देशक शंकर बिसी लोक दोहोरी क्षेत्रको...

चर्चित गायक राजु आर.डी. र सन्तोषी सुनारको स्वरमा “पोईला हिन्दिम होला” सार्वजनिक

चर्चित गायक राजु आर.डी. र सन्तोषी सुनारको स्वरमा “पोईला हिन्दिम होला” सार्वजनिक

वि.सं.२०८३ भदौ २ मंगलवार १२:००

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...