पर्वत जिल्लामा घटेको अप्रिय घट्नामा आधारित गीत “मल्लाजको घट्ना” सार्वजनिक (भिडियो सहित)

काठमाडौं । पर्वतको जलजला गाउँपालिका–२ मल्लाजको दहमा एक दम्पतीको हत्या भएको आज १८ दिन पुगेको छ । गत चैत २० गतेदेखि प्रहरीले अनुसन्धान गरेको भए पनि अहिलेसम्म घटनामा संलग्न दोषी पत्ता लागेको छैन ।

चैत १९ गते सोमबार राति स्थानीय ६९ वर्षीय सूर्यबहादुर जिसी र उनकी ६७ वर्षीय श्रीमती गमला जिसीको हत्या भएको अवस्थामा घरभित्रै शव फेला परेको थियो । घटनाको अनुसन्धानका लागि एक सातादेखि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोली समेत घटनास्थल वरिपरीनै अनुसन्धान गरिरहेको छ । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरीक्षक खुमलाल भुसालको नेतृत्वमा २५ जना प्रहरीको टोली घटनास्थल मै खटिएको छ ।

गण्डकी प्रदेश प्रहरी कार्यालयको प्राविधिक टोलीले समेत अुनसन्धानलाई तीव्रता दिएको भए पनि दोषी पहिचान गर्न सकस भइरहेको पर्वतका प्रहरी नायब उपरीक्षक खुमलाल भुसालले जानकारी दिए । यही घट्नालाई मध्यनजर गर्दै पर्वत, मल्लाजमा जन्मिएका गायक सुजन बराईलीको नयाँ गीत “मलाजको घट्ना” सार्वजनिक भएको छ ।

हत्यारा पत्ता लगाउन सहज होस् भनी यस घट्नामा भएका कुराहरुलाई गीतमा उतार्ने कोसिस गरी दबाब स्वरुप यस गीत सार्वजनिक गरिएको कुरा गायक सुजन बराईलीले जानकारी गराएका छन् । अपराधीलाई खोजी गर्न र मृतक परिवारको न्यायका लागी यस गीतले महत्वपुर्ण भुमिका खेल्ने छ भन्ने बिश्स्त समेत रहेको गायक बराईलीले बताए । साथै अपराधीलाई पत्ता लगाई कानुन बमोजिम कडा भन्दा कडा कारबाही गर्न गायक सुजन बराईलीको पनि जोडदार माग छ ।

“मल्लाजको घट्ना” नामक गीतमा गायक सुजन बराईलीको स्वर, शब्द, संगीत रहेको छ । यस गीतलाई समित परियारले एरेञ्ज गरेका हुन् भने रमेश सेञ्चुरीले मिक्सिङ गरेका हुन् । यस गीतको भिडियोलाई पत्रकार प्रकाश बराईली “अभिब्यक्ति” ले निर्देशन गरेका हुन् भने महेश महारको छायांकन र रबिन बिको सम्पादन रहेको छ ।

गीतको भिडियोमा गायक सुजन बराईली, शोभित बिश्वकर्मा, रमेश सेञ्चुरी र अन्य ब्यक्तिहरुको अभिनय रहेको छ । यस गीतलाई सुजन बराईलीको युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।

हेर्नुहोस् भिडियो ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

लक्षु प्रकाश मल्लको शब्द, संगीत र एरेञ्जमा मौलिक तीज गीत “छैनिन् मेरी आमा” टिकटकमा भाईरल हुँदै (भिडियो सहित)

लक्षु प्रकाश मल्लको शब्द, संगीत र एरेञ्जमा मौलिक तीज गीत “छैनिन् मेरी आमा” टिकटकमा भाईरल हुँदै (भिडियो सहित)

वि.सं.२०८३ भदौ १० बुधवार ०९:५५

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

एकै मञ्चमा १४ मौलिक तीज गीत विमोचन, टिका पुनलाई “मौलिक गायन सम्मान”

एकै मञ्चमा १४ मौलिक तीज गीत विमोचन, टिका पुनलाई “मौलिक गायन सम्मान”

वि.सं.२०८३ भदौ ९ मंगलवार १२:२६

काठमाडौँ । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको आयोजनामा एकै मञ्चमा १४...

“९ औँ राष्ट्रिय लोकदोहोरी अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न, को को भए त अवार्ड बिजेता र सम्मानित ?

“९ औँ राष्ट्रिय लोकदोहोरी अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न, को को भए त अवार्ड बिजेता र सम्मानित ?

वि.सं.२०८३ भदौ ७ आइतवार ०७:५६

काठमाडौं। “अग्रजलाई सम्मान, नव प्रतिभालाई प्रोत्साहन” भन्ने मुल नारा सहित...

चर्चित मोडल टिका जैसीको नयाँ गीत “गुस्सा किन” सार्वजनिक

चर्चित मोडल टिका जैसीको नयाँ गीत “गुस्सा किन” सार्वजनिक

वि.सं.२०८३ भदौ ३ बुधवार १३:१७

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

तीज नजिकिदै गर्दा शंकर बिसीको भाबुक स्टाटसः यसपाली म नेपाल नहुँदा खल्लो लागेको छ।

तीज नजिकिदै गर्दा शंकर बिसीको भाबुक स्टाटसः यसपाली म नेपाल नहुँदा खल्लो लागेको छ।

वि.सं.२०८३ भदौ २ मंगलवार १२:५५

काठमाडौं। लोकप्रिय मोडल एबं निर्देशक शंकर बिसी लोक दोहोरी क्षेत्रको...

चर्चित गायक राजु आर.डी. र सन्तोषी सुनारको स्वरमा “पोईला हिन्दिम होला” सार्वजनिक

चर्चित गायक राजु आर.डी. र सन्तोषी सुनारको स्वरमा “पोईला हिन्दिम होला” सार्वजनिक

वि.सं.२०८३ भदौ २ मंगलवार १२:००

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...