ईन्टरनेशनल एचिभ्मेन्ट अवार्ड थाइलैण्डको बैंककमा भव्य रुपमा सम्पन्न

काठमाडौं। ईन्टरनेशनल एचिभ्मेन्ट अवार्ड थाइलैण्डको बैंककमा भव्य रुपमा सम्पन्न भएको छ ।
लामो समयदेखि आ- आफ्नो क्षेत्रमा उत्कृष्ट योगदान दिने प्रतिष्ठित व्यक्तित्वहरुलाई सम्मान गर्ने उक्त अवार्ड समारोहमा सहभागी हुन नेपाल सहित थाईलैण्ड,भियतनाम र कम्बोडियाका प्रतिष्ठित करिव ३ दर्जन वढि विशिष्ट व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।

 

 

एसमपी मिडियाको आयोजना तथा प्याजेन्ट नेपाल नेटवर्क र निकिला मिडियाको सहकार्यमा आयोजित अवार्डमा यो वर्षको विशेष रजत सम्मान वरिष्ठ गायक सीताराम पोखरेललाई प्रदान गरियो भने ,शव्द रचना तथा साहित्य तर्फ रजत सम्मान विश्वकिर्तिमानी गीतकार डा.डिआर उपाध्यायलाई प्रदान गरिएको छ । अन्य सम्मानित हुनेमा सामाजिक सेवाका लागि वरिष्ठ समाजसेवी सोमा खत्री, युवा सार्वजनिक सेवा सम्मान दिवाकर रेग्मि, कला तथा साहित्य सम्मान कमला राई, संचार सेवा सम्मान रुटिन अफ नेपाल बन्दका भिक्टर पौडेल, युवा उद्यमी सेवा सम्मानबाट प्रविन केसी, पर्यटन उद्यमी सम्मानबाट पोखराका प्यराग्लाइडिङ्ग पाईलट महेश रावललाई सम्मान प्रदान गरिएको थियो ।

 

थाई नेपाली समाजका पूर्व अध्यक्ष तथा व्यबसायी कुमार कार्की, बैंककका वरिष्ठ युवा व्यबसायी तवान नाम्हन्याएल, थाई सरकारकी राजश्व अफिसर कमोनन फोटीटाई,अन्तराष्ट्रीय रेडक्रस समिती एसीया तथा प्रशान्त क्षेत्रका आर्थिक सुरक्षा बिभाग प्रमुख बल भूजेल ,थाईलैण्डमा रहि लामो समयदेखि व्यापार व्यबसाय गर्दै आउनु भएका एनआरएनए,थाईलैण्डका उपाध्यक्ष आतिश श्रेष्ठ,जेम्स कार्की, सुनील खड्का, चर्चित डान्सर तथा मेरो डान्स युनीभर्सकी विजेता खुशी कार्की सुकी लगायतको हातबाट सम्मानित व्यक्तित्व तथा अवार्ड विजेताहरुलाई अवार्ड प्रदान गरिएको थियो ।

 

 

थाईलैण्डको बैंककमा रहेको होटल प्रिन्सटनमा आयोजित उक्त अवार्ड समारोहमा यस वर्षको उत्कृष्ट चरित्र अभिनेताको अवार्ड शिवहरि नेपाल बैरागीले हात पार्दा उत्कृष्ट दशकौ गायनको अवार्ड नरहरि प्रेमीले हात पारेका थिए । यसै गरि गायनतर्फबाटै अवार्ड जित्नेहरुमा दशकौं लोक गायक राम बहादुर गुरुङ्ग अक्कल बिरही, उत्कृष्ट लाईभ दोहोरी ठाडो भाका गायन (महिला)को अवार्ड अनिता गुरुङ्ग,उत्कृष्ट ठाडो भाका गायन (महिला)बाट सीतादेवी दुरा,उत्कृष्ट ठाडो भाका गायक पुरुषबाट बुद्धिमान गुरुङ्ग,उत्कृष्ट काठे गायक महिलाबाट शोभा क्षेत्री,उत्कृष्ट गायक डेब्यु महिलाबाट अन्शु उप्रेती रहेका थिए भने उत्कृष्ट गीतकार आधुनिकबाट युवराज अधिकारी, उत्कृष्ट संगीतकार आधुनिकबाट कृति न्यौपाने,उत्कृष्ट तामाङ्ग भाषा चलचित्र लेखकबाट रितुराज पाख्रिन,उत्कृष्ट तामाङ्ग सेलो मोडलबाट प्रबल थिङ्ग,उत्कृष्ट मोडलबाट संजित भण्डारी,उत्कृष्ट चरित्र अभिनेता पवन प्रसाद खतिवडा ‘बाबा’,उत्कृष्ट अभिनेत्री टेलिचलचित्रबाट रियाशा दाहाल,उत्कृष्ट डेब्यु मोडलबाट मेग सुवेदी, उत्कृष्ट सामाजिक अभियन्ताबाट केपी खनाल, उत्कृष्ट समाजसेवीबाट रन्जिता गुरुङ्ग,उत्कृष्ट कस्मेटोलोजीबाट मन्दिरा खड्का ‘हायु’ ,उत्कृष्ट महिला उद्यमीबाट अरुणा सुवेदीले यो वर्षको ईन्टरनेशनल एचिभ्मेन्ट अवार्ड हात पार्न सफल भएका थिए ।

 

 

आयोजक समितिका अध्यक्ष नायक श्रीदेव भट्टराईको सभापतित्वमा सम्पन्न उक्त समारोहको व्यबस्थापन संचारकर्मी राज लुईटेलले गरेका थिए भने संचालन ईभेन्ट डाईरेक्टर सोनीत राज ढुंगेलले गरेका थिए ।

 

 

समारोहमा उपस्थित अतिथीहरुले नेपाली कला साहित्य,भाषा भाषीको संसार भर चिनाउने महान लक्ष्य बोकेर यसरी आयोजकले देशको पहिचान बढाउने काम गरेकामा आयोजकलाई धन्यवाद दिदै यस्तो उपलव्धी मुलक समारोहमा उपस्थित हुन पाउनुमा निकै गौरवान्वित महशुस भएको कुरा बताएका थिए भने अन्य उपस्थिती विशेष अतिथीहरुले पनि विदेशमा यस्तो भव्य कार्यक्रम गर्न सफल भएकोमा आयोजक संस्थालाई वधाई तथा धन्यवाद दिएका थिए । अवार्ड विजेता तथा सम्मानित व्यक्तित्वहरुलाई एनआरएनए,थाईलैण्डका अध्यक्ष भविन्द्र बस्नेतले शुभकामना तथा वधाई सहित विदाई गरेका थिए ।

 

 

राष्टखवर,पव्लिक सूचना, नेपाल एयरलाईन्स,बोन ट्राभल्स लगायतको सहयोग रहेको कार्यक्रम अघि भियतनाम तथा कम्बोडियामा ग्लोबल टुरिज्म कन्फ्रेन्सको समेत आयोजना गरिएको आयोजक समितिका अध्यक्ष नायक भट्टराईले जानकारी दिए ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बाढीबाट प्रभावित कलाकार तथा उनीहरूका परिवारलाई राहत तथा सहयोग उपलब्ध गराउने

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बाढीबाट प्रभावित कलाकार तथा उनीहरूका परिवारलाई राहत तथा सहयोग उपलब्ध गराउने

वि.सं.२०८३ भदौ १९ शुक्रवार ११:११

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बाढीबाट...

गायिका सपना रोकाको नयाँ गीत “त्यो केटाले हेर्‍यो” चर्चामा

गायिका सपना रोकाको नयाँ गीत “त्यो केटाले हेर्‍यो” चर्चामा

वि.सं.२०८३ भदौ १९ शुक्रवार १०:४०

काठमाडौं। प्रतियोगितात्मक दोहोरी गायिका तथा ‘इन्द्रेणी दोहोरी तारा’ सपना रोकाको...

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै रमेश बिक्रम रत्नको गीत “रसुवामा भेल” सार्वजनिक

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै रमेश बिक्रम रत्नको गीत “रसुवामा भेल” सार्वजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार ११:३५

काठमाडौं। भदौ १० गतेका दिन तिब्बतबाट रसुवा तर्फ आएको भोटेकोसीको...

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै सुजन बराईलीको “रसुवाको बाढी र पहिरो” नामक गीत सार्वजनिक

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै सुजन बराईलीको “रसुवाको बाढी र पहिरो” नामक गीत सार्वजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार ११:०९

काठमाडौं। भदौ १० गतेका दिन तिब्बतबाट रसुवा तर्फ आएको भोटेकोसीको...

चर्चित गायिका टीका पुनको स्वरमा “धनले के गर्‍यो” बोलको मर्मस्पर्शी तीज गीत सार्वजनिक

चर्चित गायिका टीका पुनको स्वरमा “धनले के गर्‍यो” बोलको मर्मस्पर्शी तीज गीत सार्वजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार १०:२०

काठमाडौं । हरितालिका तीज नजिकिँदै गर्दा नेपाली सांगीतिक बजारमा नयाँ–नयाँ...

राम प्रसाद पाठक र राधिका हमालको स्वरमा “अब त लाहुरे आउँछ भनेर” गीत सार्बजनिक

राम प्रसाद पाठक र राधिका हमालको स्वरमा “अब त लाहुरे आउँछ भनेर” गीत सार्बजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार १०:१४

काठमाडौ। गायक तथा पत्रकार रामप्रसाद पाठक र गायिका राधिका हमालको...